६ वर्षमा एनआईसी एशिया बैंकको सूचकांकहरुमा छलाङ, २००९ प्रतिशतसम्म वृद्धि 

एडभर्टोरियल

बैंकले उपलब्ध गराएको तथ्यांकका अनुसार आर्थिक वर्ष २०७३÷७४ देखि आर्थिक वर्ष २०८०÷०८१ को पौष मसान्तसम्म आइपुग्दा कुल कर्जा प्रवाहमा एन आई सी एशिया बैंक समग्र बैकिङ्ग क्षेत्रभन्दा निकै अगाडि रहेको छ । यस अवधिमा समग्र बैकिङ्ग क्षेत्रको औसत कुल कर्जा संकलन १७ खर्ब ३५ अर्ब ३२ करोडबाट १५९ प्रतिशतले वृद्धि भएर ४४ खर्ब ९१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । जब कि यस अवधिमा यस बैंकको कुल कर्जा प्रवाह ७२ अर्ब ५६ करोड २० लाख रुपैयाँबाट ३१७ प्रतिशतले वृद्धि भएर चालु आव २०८०÷०८१ को पुस मसान्तसम्म आइपुग्दा ३ खर्ब २ अर्ब ६५ करोड ६० लाख पुगेको छ । 

निक्षेप संकलनमा समग्र बैंकिङ क्षेत्रमा २० खर्ब ९३ अर्ब २५ करोडबाट १५९ प्रतिशतले वृद्धि भएर ५४ खर्ब २९ अर्ब ६८ करोड हुँदा यस बैंकको भने ८६ अर्ब ६९ करोडबाट ३४० प्रतिशतले वृद्धि भएर ३ खर्ब ८१ अर्ब ३९ करोड भन्दा धेरै भइसकेको छ । 

त्यस्तै, वासलातको आकारमा पनि यो बैंकले ९९ अर्ब २७ करोड ४० लाखबाट ३३७ प्रतिशतले वृद्धि भएर ४ खर्ब ३३ अर्ब ६१ करोड रुपैयाँभन्दा धेरै पुगेको छ जब कि यस अवधिमा समग्र बैकिङ्ग क्षेत्र २५ खर्ब ६५ अर्ब ९८ करोड रुपैयाँबाट १५७ प्रतिशतले वृद्धि भएर ६५ खर्ब ९३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । 

कुल बचत तथा चल्ति निक्षेप (कासा) तर्फ यस बैंकले २८ अर्ब ६५ करोड ६० लाखबाट ३६३ प्रतिशतले वृद्धि भएर १ खर्ब ३२ अर्ब ७१ करोड रुपैयाँभन्दा धेरै पुगेको छ । जब कि यस शीर्षकमा समग्र बैकिङ्ग क्षेत्रमा ९ खर्ब २८ अर्ब ८२ करोडबाट १०७ प्रतिशतले वृद्धि भएर १९ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । 

प्रति शेयर आम्दानी र प्रति शेयर नेटवर्थमा समग्र बैंकिङ क्षेत्र नकारात्मक वृद्धि हुँदा यस बैंकको प्रगति भने निकै राम्रो छ । यस बैंकको प्रति शेयर आम्दानी २३.०६ रुपैयाँबाट ११ प्रतिशत वृद्धि भएर २५.५९ रुपैयाँ पुगेको छ भने समग्र बैकिङ्ग क्षेत्र २४.९८ रुपैयाँबाट ३८ प्रतिशतले घटेर १५.४६ रुपैयाँमा झरेको छ । त्यस्तै, यस बैंकको प्रति शेयर नेटवर्थ पनि १५१ रुपैयाँबाट ३६ प्रतिशत अर्थात ५४.१० रुपैयाँले वृद्धि भएर २०५.१० रुपैयाँ पुगेकोमा समग्र बैंकिङ क्षेत्र १८२.६१ रुपैयाँबाट १ प्रतिशत अर्थात २.६२ रुपैयाँले घटेर १७९.९९ रुपैयाँमा झरेको छ । 

स्वःपूँजीमा प्रतिफल समग्र बैंकिङ क्षेत्र १७.५२ प्रतिशतबाट ५० प्रतिशतले घटेर ८.७१ प्रतिशतमा झरेको छ भने एनआईसी एशिया बैंक भने १६.८४ बाट १२.७३ मा, अर्थात २४ प्रतिशतले मात्र कमी आएको छ । 

यस बैंकको निष्क्रिय कर्जा अनुपात निकै कम छ । समग्र बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा अनुपात औसतमा ३.६३ प्रतिशत रहँदा एन आई सी एशिया बैंकका निष्क्रिय कर्जा अनुपात १.१९ प्रतिशतमात्र रहेको छ । 

यस बैंकको ग्राहक संख्या ५ लाख ५४ हजारबाट ६४१ प्रतिशतले वृद्धि भएर ४१ लाख ७ हजारभन्दा धेरै पुगिसकेका छन् । समग्र बैकिङ्ग क्षेत्रमा ग्राहक संख्या १ करोड ६१ लाखबाट १८५ प्रतिशतले वृद्धि भएर ४ करोड ५९ लाख पुगेका छन् । 

त्यस्तै, यस बैंकका डेविट कार्ड प्रयोगकर्ता १ लाख ६० हजारबाट १११२ प्रतिशतले वृद्धि भएर १९ लाख ४४ हजारभन्दा धेरै भइसकेका छन् । जब कि यस अवधिमा समग्र बैकिङ्ग क्षेत्रको डेविट कार्ड प्रयोगकर्ता ४६ लाख ९४ हजारबाट १५० प्रतिशतले बढेर १ करोड १७ लाख ३६ हजार पुगेको छ । 

मोबाइल बैंकिङ प्रयोगकर्तामा यस बैंकले छलाङ मारेको छ । यस अवधिमा यस बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता १ लाख २० हजारबाट २००९ प्रतिशतले वृद्धि भएर २५ लाख ४१ हजारभन्दा धेरै पुगेका छन् । जब कि समग्र बैंकिङ क्षेत्रमा २४ लाख ३८ हजारबाट ७२१ प्रतिशतले बढेर २ करोड पुगेका छन् ।