नेपाल लिकर्सद्वारा भ्रामक समाचारको विषयमा खण्डन

एडभर्टोरियल

नेपाल लिकर्सद्वारा भ्रामक समाचारको विषयमा खण्डन

प्रेस विज्ञप्ति

भ्रामक समाचारको विषयमा खण्डन

यस नेपाल लिकर्स प्रा.लि.(कम्पनी)लाई लक्षित गरि मिति २०८२ जेठ १३ गते एक अनलाईन पोर्टलमा प्रकाशित समाचार “बर्सेनि कर बढ्दा संकटमा परेको एउटा चर्चित मदिरा उद्योग, व्यवसाय सिध्याइदिने की राजस्व जोगाउने”  शीर्षकको समाचार  भ्रामक रहेको तथा यस कम्पनीको विषयमा गलत तथ्यको आधारमा नियतबश समाचार प्रकाशन गरी कम्पनीको मानमर्दन गरिएको प्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।यस्ता भ्रामक, बेबुनियाद समाचार प्रति यस कम्पनीको गम्भीर आपत्ती रहेको जानकारी गराउदै यस कम्पनीस‘ग सम्बन्धित् सम्पूर्ण सरोकारवालाहरुलाई समेत यस्ता भ्रामक समाचारलाई विश्वास नगर्न आग्रह गर्दछौं ।

कम्पनीका अध्यक्ष श्री राजेश बिर सिंह तुलाधरले कम्पनीले व्यवसाय संचालनमा कुनै प्रकारको संकट नरहेको तथा नियमित रुपले कम्पनीले आफ्नो उत्पादन गरिरहेको समेत जानकारी गराउनु भएको छ । कम्पनीले प्रचलित कानून बमोजिम नियमित रुपले तिर्न बुझाउनु पर्ने अन्तः शुल्क, मुल्य अभिवृद्धि कर (भ्याट) लगायतका सम्पूर्ण करहरु समेत भुक्तानी गरिरहेको तथा कम्पनीको नाममा कायम रहेको जग्गाहरु समेत बिक्री गर्ने हाल कुनै योजना नरहेको स्पष्ट गराउन चाहन्छौं । 

यस कम्पनीको संचालन क्षेत्र, आर्थिक क्षेत्र, राजश्व लगायतका विभिन्न विषयहरुका सम्बन्धमा उक्त समाचारमा प्रेसित कपोकल्पित, भ्रामक तथा आधारहीन समाचारहरु पूर्ण रुपले झुठ्ठा तथा प्रमाणहीन रहेको छ ।

यस कम्पनीलाई लक्षित गरि प्रकाशित भ्रामक समाचार प्रति नेपालको प्रचलित कानून बमोजिम आवश्यक कार्यावाही गर्ने हक सुरक्षित रहने छ । कम्पनीस‘ग सम्बन्धित् सम्पूर्ण सरोकारवालाहरुलाई कम्पनी प्रति देखाउनु भएको विश्वासलाई कदर गर्दै यस्ता भ्रामक समाचारहरु प्रति विश्वास नगर्नहुन समेत अनुरोध गर्दछौं । 

नेपाल लिकर्स प्रा. लि.

Link copied successfully