खाना, पोशाक, यात्रा–चीनमा एक दशकमा आएको बदलाव

एडभर्टोरियल

खाना, पोशाक, यात्रा–चीनमा एक दशकमा आएको बदलाव

फेसन डिजाइनर छु यानको स्टुडियोमा परम्परागत खुकुलो चीनियाँ पोशाकहरू सजिएका देखिन्छन् जुन मध्ये एउटा शीतकालिन बेइजिङ ओलम्पिकमा चर्चित बनेको थियो ।

छु परम्परागत चीनियाँ कपडाहरूलाई पुनर्उत्थान गर्ने र प्राचिन वस्तुहरूलाई आधुनिक स्वरुप प्रदान गर्ने कामको लागि चिनिन्छिन् । उनी बेइजिङ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीमा अभ्यापन गर्नुको साथै आफ्नै स्टुडियो पनि सञ्चालन गर्छिन् ।

शीतकालिन बेइजिङ ओलम्पिकको पदक समारोहको डिजाइनमा पनि उनले काम गरेकी थिइन् । यसका लागि उनले कुनैवेला प्राचिन माटोले वनेको वस्तु (सेरामिक्स) मा पाईने ‘बाव सियाङ्ग हुवा’ अर्थात फूल, पतिङ्गर र वटारिएको कागजवाट हाइव्रिड पुष्प लहर तयार गरी त्यसमा हिमकणको तस्वीर मिसाएर डिजाइन तयार पारिन् ।

शीतकालिन बेईजिङ्ग ओलम्पिक एउटा अन्तर्राष्ट्रिय मञ्च हो र जसले “आधुनिक चीनियाँ सौन्दर्यलाई संसारसामु ल्याउन सकिने” कुरामा उनी विश्वास गर्छिन् । “म १२ वर्षको हुँदा नै फेसनको वारेमा पत्रिका (म्यागेजिन) मा लेखिएको कुराहरू पढ्न निकै मन पराउँथे र आफ्नो जीवनको लक्ष्य नै डिजाइनर बन्ने राखें,” उनले भनिन् । विभिन्न देशबाट फेसनको वारेमा गहिरो अध्ययन गरेपछि उनमा परम्परागत चीनियाँ पोशाकमाा रूची बढ्यो ।

परम्परागत चीनियाँ शैली र संस्कृति समेटिएको घरेलु व्राण्ड र उत्पादनको लोकप्रियता बढेसंगै छुको पेशा (करिअर) विगत एक दशकमा निकै फस्टायो । यो रुझानलार्ई ‘गुओ छाओ’ वा ‘चाइना चिक’ भनिन्छ ।

“नयाँ पुस्ताका डिजाइनरले उच्च लक्ष राख्नु पर्छ । चीनियाँ सौन्दर्यलाई संसारसामु देखाउने मात्र होइन विश्व फेसनलाई नै नेतृत्वगर्ने उद्धेश्य राख्नुपर्छ,” उनले भनिन् ।


गत साल माघ २२ गते (फेब्रुअरी ५ २०२२ मा) चीनको राजधानी बेइजिङमा आयोजित शीतकालिन बेइजिङ्ग ओलम्पिक–२०२२ को पदक वितरण समारोहमा सहभागी एकजना कर्मचारी परम्रागत चीनियाँ पहिरनमा । (सिन्ह्वा/उ चुवाङ्ग)


थप राम्रोको लागि परिवर्तन

विगत एक दशकमा चीनियाँ नागरिकले के लगाउँछन् भन्ने कुरामा निकै परिवर्तन आएको छ । ठूला फेशन कम्पनीहरूले उत्पादन गर्ने महङ्गा कपडा बेच्ने पसलहरूमा सौखिन ग्राहकको कमी पनि छैन ।

दीर्घकालिन आकर्षणको सूचीमा थपिएको बाहिर लगाउने खुला पोशाक (रोब्स) र ताङ्ग सुटमा ‘हान्फु’ पनि थपिएको छ जुन एउटा परम्परागत कपडा हो ।

एक अनुसन्धान संस्था ‘आई आई मिडिया रिसर्च’ को तथ्याङ्क अनुसार हान्फुको व्यापार सन् २०१५ देखि २०२० सम्ममा १९ करोड युआन (२ करोड ६७ लाख अमेरिकी डलर) बाट नाटकीय रुपमा बढेर ६ अर्ब ३६ करोड युआन पुगेको थियो । हान्फुको वजार विस्तारमा सामाजिक सञ्जाल प्रभावक र लाईभ स्ट्रिमरको पनि ठूलो योगदान रहेको छ । उनीहरू हान्फु लगाई ऐतिहासिक नाटक मञ्चनको सेटवाट बाहिर निस्किए जसरी प्रस्तुत हुन्छन् ।

“अहिले चीनियाँ संस्कृतिको सम्पन्न माटोमा आधुनिक पुनर्जागरण फक्रिरहेको देखिएको छ । कपडा उद्योगले पक्कै पनि अझ धेरै मौलिक सृजनाहरू देख्ने छ,” बेइविङ्ग टेक्सटाइल तथा गार्मेन्ट संघका उपनिर्देशक वाङ्ग वेनसेङ्ग भन्छन् ।

चीनको कुल ग्राहस्थ उत्पादन सन् २०१२ मा ५० खर्ब युआनबाट दोब्बर भन्दा पनि बढी बढेर ११४ खर्व युआन पुगेको छ । दशवर्ष पहिला चीनियाँ नागरिकको प्रतिव्यक्ति आय ६,००० अमेरिकी डलर थियो जुन गत वर्षसम्ममा बढेर १२,००० डलर पुगेको छ । वढ्दो आयका कारण मासिसहरूले छनौटको विविधता धान्न सकेका छन् ।

सियाबु सियाबुको हटपट चेन (सञ्जाल)मा काम गर्ने चाङ्ग यानमेइ, हटपट सुपमा आएको परिवर्तन सम्झिदै यसो भन्छन्- “केही वर्षअघिसम्म सुपका धेरै स्वादहरू (फ्लेवर) उपलब्ध थिएनन् । अहिले हामीसँग थाई टम युम कुङ्ग फ्लेवर, इष्डियन करी फ्लेवर र अझ डुरियन चिकन फ्लेवरका साथै लगभग सबै फ्लेवर तपाईको ढोकामै पुर्‍याउन सकिन्छ,” उनी भन्छिन् ।

“क्याटरिङ्ग उद्योगमा पनि नयाँ ब्राण्ड र चेन (सञ्जाल) हरू थपिइरहेका छन् र व्यापार विदेशतिर पनि वृद्धि भईरहेको छ,” उनी भन्छिन् ।
विगत एक दशकलाई फर्केर हेर्दा, मानिसको भ्रमण गर्ने र वरीपरी घुम्ने शैलीमा पनि परिवर्तन भइरहेको छ । कोइलामा धनी उत्तरी चीनियाँ प्रदेश शान्सीको सदरमुकाम ताईयुआन का वासिन्दा चाओ चिरोङ्गले पछिल्लो समय विद्युतीय कारको संख्यामा व्यापक विस्तार भएको देखेका छन् । यो वर्ष जुन महिनासम्म चीनमा एक करोड नयाँ विद्युतीय गाड्रीहरू थिए ।

चाओले पनि आफ्नी श्रीमतीको यात्रा तथा बच्चालाई विद्यालय पुर्‍याउनको लागि एउटा विद्युतीय गाडी किनेका छन् । “धेरै मानिसहरूले विद्युतीय गाडी किनिरहेका छन् । ती निकै सुविधाजनक पनि छन्, उनी भन्छन् ।

तिब्र गतिको रेलवे सेवा अर्को क्षेत्र हो जसले चीनको यातायातको क्षेत्रमा निकै ठुलो फड्को मारिरहेको छ ।

“चीनियाँ तिब्र गतिको रेलवे प्रविधिले साधारण जनतालाई सुविधा पुर्‍याउन (यातायातका) नयाँ सिमाहरू भत्काईरहेको छ,,” बेइजिङ्ग जियाओटोङ्ग विश्वविद्यालयका अन्तर्गत स्कूल अफ सिभिल इञ्जिनियरिङ्गका प्रमुख गाओ लियाङ्ग भन्छन् ।

सन् २०१२ देखि सन् २०२१ को अन्तसम्म चीनको रेलवे र हाइवे (सडक) को कुल लम्वाई ११ लाख किलोमिटर बढेको तथ्याङ्कले देखाउँछ ।


यस वर्षको भदौ १२ गते (अगष्ट २८, २०२२) मा पुर्वी चीनको साङघाइमा आयोजित मध्य शरद चाड (मिड अटम फेस्टिभल)मा परम्परागत चीनियाँ पहिरन हानफुमा सजिएकी एकजना पर्यटक फोटोको लागि पोज दिंदै । (सिन्हवा/छेन फेइ)

विकासको नियम

“आविस्कारमुखी, समन्वयात्मक, हरित ,खुल्ला र साझा विकासले विगतको एक दशकलाई डोर्‍याएको छ । यसले चीनको सामाजिक तथा आर्थिक विकासमा निकै ठुलो परिवर्तन ल्याएको छ,” पेकिङ्ग विश्वविद्यालयका प्राध्यापक गु हाइलियाङ्ग भन्छन् ।

“विकासको यो अवधारणको विस्तृत तथा इमान्दार कार्यान्वयनमार्फत चीन उच्च गुणस्तरको विकास थपअघि बढ्नुका साथै उसले आफ्नो प्रतिस्पर्धात्मक क्षमता पनि बढाउँदै लग्ने छ,” उनी भन्छन् ।

महामारीको वीचमा पनि चीन यो वर्षको जनवरी देखि जुन महिनाको विचमा २.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सफल भयो । चीन थप आर्थिक पुनर्उत्थान दिशामै रहेको देखिन्छ ।

सन् २०१२ देखि यता मात्र चीनले करिव १० करोड ग्रामिण वासिन्दालाई चरम गरिवीको रेखाबाट मुक्त गर्न सफल भएको छ । यसको लागि गरिएको प्रमुख कामहरूमा ९६ लाख मानिसहरूलाई कम जनघनत्व भएको स्थानबाट सुविधा सम्पन्न वातावरण भएको स्थानमा स्थान्तरण गरेको थियो ।

गरिवी विरुद्धको चीनको अभियानले मानब इतिहासमै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ, । यसले पार्टी (चीनियाँ कम्युनिष्ट पार्टी) नेतृत्वको वल, यसको जनता केन्द्रित सिद्धान्तको प्रभावकारिता र साँगठनिक शक्ति जनाउने अवलोकनकर्ताहरूको भनाई छ ।

राष्ट्रिय आर्थिक तथा सामाजिक विकासको लागि तयार पारिएको १४ औ पञ्चवर्षिय योजना (२०२१–२०२५) र दिर्घकालिन लक्ष्य –२०३५ मार्फत चीनले आगामी वर्षहरूमा पनि जनता केन्द्रित दृष्टिकोणलाई निरन्तरता दिने पुनर्प्रतिवद्धता जनाएको छ । यो दृष्टिकोणमार्फत चीनले विकास जनताको लागि र जनतामै आधारित विकास र यसको फल पनि सबै जनताले नै पाउने कुरामा जोड दिएको छ ।

आगामी दिनको लागि चीनले विकासको नयाँ लक्ष्यहरू राख्नुको साथै साझा समृद्धि हासिल गर्ने कुरालाई आफ्नो नीतिको केन्द्रविन्दुमा राखेको छ । यसको अर्थ हो चीनको सम्वृद्धिवाट सवै जनताले फाइदा लिन सकुन् ।

“चेजियाङ्ग प्रान्तले कसरी साझा समृद्धि हासिल गर्ने भन्ने कुरामा उदाहरणीय बनेको छ र सो दिशामा निरन्तर अगाडि बढिरहेको छ,” चेजियाङ्ग गोङ्गशाङ विश्वविद्यालयका अध्यक्ष यु जियानसिङ भन्छन् ।

“चेजियाङ्गको अभ्यासहरूले हामीलाई साझा समृद्दि हासिल गर्नु भन्नुको मतलव के हो भन्ने कुरा गहिराईमा बुझ्न मद्दत गर्नुको साथै लक्ष्य हासिल गर्ने जमीन तयार गर्न पनि सघाउ पुर्‍याएको छ,” उनी भन्छन् ।
  यस सालको असार ६ गते (जुन २०, २०२२) मध्ये वेइजिङ–ग्वाङचाओ हाइ स्पिड रेलवेको बेइजिङ–उहान खण्डमा चल्दै गरेको एक हाइ स्पिड रेल । उहान मध्य चीनको हुवेई प्रान्तमा पर्दछ । सिन्ह्वा/सियाओ यीजीउ)


यस वर्ष वैशाख १३ (अप्रिल २६, २०२२) गते हवाइजहाजबाट लिइएको यो फोटोमा नदीको किनारमा अवस्थित पुर्वी चीनको हाङचाउ स्थित छाङगुवा शहरको दृश्य देखिन्छ । यो शहर पूर्वी चीनको चेजियाङ्ग प्रान्तमा पर्दछ । (सिन्ह्वा/सु यु)




Link copied successfully