२५ वर्षअघि कक्षा ११ र १२ को अध्ययन अध्यापनको लक्ष्यसहित स्थापित सीसीआरसी कलेजले निरन्तर प्रगतिको यात्रा तय गर्दै हजारौं प्रतिभाशाली विद्यार्थी उत्पादन गरिसकेको छ । युरोप, अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयहरूमा छात्रवृत्तिमा पुगेका विद्यार्थीहरूले विश्वभर नेपालको नाम प्रख्यात बनाइरहेका छन् । डाक्टर, इन्जिनियर, वैज्ञानिक र नेतृत्वकर्ताका रूपमा देश निर्माणमा लागेका विद्यार्थीहरू सीसीआरसीका मात्र नभएर राष्ट्रकै गौरव हुन् । आज सीसीआरसी राजधानीका प्रतिष्ठित कलेजमध्ये अग्रस्थानमा रहँदै आएको छ । यस वर्ष उल्लासमय रजतजयन्ती मनाइरहेको यो संस्था विद्यार्थी र अभिभावकमार्फत समर्पण, सफलता र प्रेरणाको प्रतीक बनिसकेको छ । शैक्षिक उत्कृष्टताको उज्यालो दियो बनेको क्यापिटल मावि (सीसीआरसी)कोटेश्वर स्थापनाकालदेखि नै नेपालभर सर्वोत्कृष्ट माविमा दरिंदै आएको छ ।
विद्यार्थीहरूको एन.ई.बी. परीक्षामा उच्च प्राप्ताङ्क, मेडिकल, इन्जिनियरिङ लगायतका राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका छात्रवृत्ति परीक्षामा प्राप्त उच्च सफलता यसको शैक्षिक स्तरीयताको प्रमाण हो । अनुभवी शिक्षक, सन्तुष्ट अभिभावक, समर्पित व्यवस्थापन, सुसज्जित भौतिक पूर्वाधार र समाजसेवामूलक गतिविधिहरूले सीसीआरसीलाई मात्र विद्यालय नभई सपनाहरूको थलो बनाएका छन् । त्यसैले शिक्षा, शिल्प र समर्पणको थलो बनेको छ- सीसीआरसी ।
सीसीआरसी कलेज : चिकित्सा शिक्षामा सफलताको गौरवगाथा
सपना छ, मिहिनेत छ, साथमा सीसीआरसी कलेजको सहयात्रा छ । यही संयोजनले मेडिकल क्षेत्रमा इतिहास रच्दै आएको छ सीसीआरसीले । वि.सं. २०२४/२५ मा सीसीआरसीका ४२ जना विद्यार्थीले एकैपटक चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएस अध्ययनका लागि लिइएको प्रवेश परीक्षा (सी.ई.ई.) मा पूर्ण छात्रवृत्ति कोटामा नाम निकालेर विगतको यात्राको निरन्तरतालाई कायम गरेका थिए । २०२२/२३ मा पनि ४३ जना विद्यार्थीले एकै साथ एमबीबिएस अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा छात्रावृत्ति कोटामा नाम निकालेर रेकर्ड कायम गरेका थिए । सीसीआरसीका विद्यार्थी केवल सफल मात्र भएका होइनन्, उनीहरूले प्रथम स्थानसम्मको यात्रा पनि पूरा गरेका छन् । सन्देश पण्डित, ईशा अमात्य र निरञ्जन अधिकारीजस्ता प्रतिभाहरूले राष्ट्रियस्तरमै पहिलो स्थानमा नाम लेखाएर कलेजको गौरव बढाए । सन्देश पण्डितले महाराजगञ्जको एमबीबिएस प्रवेश परीक्षमा पाएको ९७ अङ्क आजसम्मकै उच्चतम् अङ्क हो । यस संस्थानमा अहिलेसम्म दुई-दुई पटक दोस्रो स्थान पनि सीसीआरसीकै विद्यार्थीले प्राप्त गरेका छन् ।

वि.सं. २०७४ मा जगतकिरण ओलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पहिलो स्थानमा नाम निकालेर कलेजको अर्को सफलता थपे । त्यसै गरी यस कलेजका पाँचपाँच जना विद्यार्थीले जगदम्बा गुठीको छात्रवृत्तिमा कलकत्ता मेडिकल कलेज (भारत)मा अध्ययन गरिसकेका छन् । तीमध्ये केही अहिले वरिष्ठ चिकित्सकका रूपमा कार्यरत पनि छन् ।
सफलताको यो यात्रा केवल संयोग मात्र होइन । कक्षा ११ र १२ को बलियो शैक्षिक ढाँचा र प्रवेश परीक्षाको निरन्तर तयारी प्रक्रियाले यो नतिजा सम्भव भएको हो । सीसीआरसी कलेज अब केवल शिक्षालय होइन, मेडिकल सपना साकार पार्ने एक प्रेरणादायी थलो पनि बनेको छ ।
सफलताको शिखरतर्फ उडान : सीसीआरसीको ऐतिहासिक उपस्थिति, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा
शैक्षिक उत्कृष्टता मात्र होइन, कीर्तिमान निर्माणमा समेत अग्रणी क्यापिटल मावि (सीसीआरसी) कोटेश्वरले आफ्नो ऐतिहासिक पहिचान आई.ओ.ई. (इन्जिनियरिङ अध्ययन संस्थान) पुल्चोकको प्रवेश परीक्षामा पनि स्थापित गरेको छ । वर्ष २०२४/२५ मा सीसीआरसीका ५७ जना विद्यार्थीले एकैपटक बी.ई. अध्ययनका लागि छात्रवृत्तिमा नाम निकालेर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । यसै वर्ष सीसीआरसीका छात्र गौरवकुमार साहले नवौं स्थानमा नाम निकालेर यस कलेजको उपलब्धिलाई राष्ट्रियस्तरमै जीवन्त बनाएका छन् । केवल एक-दुई पटक र वर्षमात्र होइन, वर्ष २०२२/२३ मा पनि ५६ जना विद्यार्थीहरुले छात्रवृत्तिमा नाम निकाल्नु सीसीआरसीको शैक्षिक प्रतिबद्धताको स्पष्ट प्रमाण हो ।

यो उपलब्धि निरन्तर अभ्यास, प्रेरणा र समर्पणको उपज हो । यसभन्दा पहिले पनि वि.सं. २०७३, २०७७ र २०७८ मा यही कलेजका मेधावी छात्रहरू क्रमशः सुदीप भण्डारी, सुमन तामाङ र निराजन साहले प्रवेश परीक्षामा प्रथम स्थान हासिल गरी सीसीआरसीलाई राष्ट्रिय गौरवको शिखरमा पुर्याएका थिए । विशेषतः निराजन साहद्वारा प्राप्त १३७.८ अङ्क आई.ओ.ई.को हालसम्मकै सर्वोच्च अङ्क हो, जुन स्वयम्मा इतिहास बनेको छ ।
स्थापनाकालदेखि अहिलेसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितात्मक परीक्षाहरूमा सीसीआरसीका विद्यार्थीहरूको प्रभावशाली उपस्थिति र असाधारण उपलब्धिले देखाउँछ; यो संस्था केवल शिक्षाको केन्द्र मात्र नभएर नेतृत्व उत्पादनको केन्द्रबिन्दु नै बनेको छ । सीसीआरसी साँच्चिकै सपना देखाउने मात्र होइन, सपना साकार पार्ने संस्था हो ।
सीसीआरसीको राष्ट्रिय परीक्षा बोर्ड (एन.ई.बी.)मा अब्बल उपस्थिति : सफलता, गौरव र प्रेरणा
सीसीआरसी कलेज स्थापनाकालदेखि नै शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षामा प्रतिबद्ध एक अग्रणी संस्था हो, जसले राष्ट्रिय परीक्षा बोर्ड (एन.ई.बी.)को परीक्षामा निरन्तर प्रभाव जनाउँदै आइरहेको छ । जेहेनदार, मेधावी र परिश्रमी विद्यार्थीहरूको पहिलो रोजाइ बन्न सफल यो कलेज एन.ई.बी. नतिजामा हरेक वर्ष सर्वोत्कृष्ट सफलता हासिल गर्नमा अग्रसर रहँदै आएको छ ।

वि.सं. २०८१ मा सम्पन्न एन.ई.बी. परीक्षामा सीसीआरसीका विद्यार्थी राजाबाबु दासले ३.९६ जी.पी.ए. प्राप्त गरी देशभरिमै सर्वोच्च स्थान हासिल गर्नु गौरवको कुरा मात्र होइन, सीसीआरसीको शिक्षण परम्पराको जीवन्त प्रमाण हो । यसै गरी वर्ष २०८० मा पनि सीसीआरसीका सिजन कार्कीले समान ३.९६ जी.पी.ए. प्राप्त गरी कलेजको गौरवमय परम्परालाई कायम राख्न सफल भएका छन् । यसरी उनले पनि वर्ष २०८० मा एन.ई.बी. बोर्डमा प्रथम स्थान नै प्राप्त गरेका थिए । वि.सं. २०८१ मा सीसीआरसीको पास प्रतिशत ९९.७ रहेको छ, जुन उपलब्धि उत्कृष्ट व्यवस्थापन, समर्पित शिक्षकमण्डल र परिश्रमी विद्यार्थीहरूको संयुक्त सफलताको उपज हो ।
यसप्रकार अघिल्ला ५ वर्षको नतिजा हेर्दा समेत कलेजको औसत पासप्रतिशत ९८.५ रहेको पाइन्छ, जुन राष्ट्रियस्तरमै सर्वोत्कृष्ट हो ।

सीसीआरसीको इतिहासमा छात्राहरू सरु न्हिसुतु र शैलजारत्न पाण्डेल एन.ई.बी. परीक्षामा सर्वोच्च अंक प्राप्त गर्दै नेपाल छात्रा विद्यापदक प्राप्त गरेको सन्दर्भ प्रेरणादायी छ, जसले छात्रा सशक्तीकरण र शैक्षिक समानतामा कलेजको भूमिकालाई उजागर गर्छ । यस्तै सीसीआरसीले एन.ई.बी. नतिजामा हालसम्म चारपटक प्रथम र आठ पटक द्वितीय स्थान प्राप्त गरेर आफ्नो शैक्षिक पहिचानलाई देशव्यापी रूपमा स्थापित गरिसकेको छ ।
सीसीआरसी केवल अध्ययनको केन्द्रमात्र होइन, यो ज्ञान, अनुशासन र प्रेरणाको सशक्त थलो हो । यहाँबाट दीक्षित भएका हजारौं विद्यार्थी आज राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न क्षेत्रमा सफलता हासिल गरिरहेका छन् । एस.ई.ई. परीक्षामा उच्च ग्रेड प्राप्त गर्ने विद्यार्थीका लागि सीसीआरसी एउटा स्वप्न संस्था साबित भएको छ । यस ठाउँमा विद्यार्थीरको क्षमता र सम्भावनाले सही दिशा पाउँछ ।
शैक्षिक क्षेत्रमा वैज्ञानिक दृष्टिकोण, मूल्य-मान्यता र समर्पित प्रयासका साथ अघि बढिरहेको सीसीआरसीले प्रत्येक वर्ष उत्कृष्टता र प्रेरणाका नयाँ आयाम निर्माण गरिरहेको छ । यस कलेजको सफलताको कथाले शिक्षा क्षेत्रमा विश्वास, निष्ठा र मिहिनेततले कसरी अविश्वसनीय उपलब्धिहरू सम्भव बनाउँछ भन्ने उदाहरण प्रस्तुत गर्छ । सीसीआरसीको यो यात्राले भविष्यका विद्यार्थीलाई उत्कृष्टताको बाटोमा हिँड्न प्रेरणा दिइरहोस् । त्यसैले के भन्न सकिन्छ भने सपनाहरू शिक्षासँग बाँच्न सिक्ने ठाउँ हो- सीसीआरसी ।
विश्वका प्रतिष्ठित विश्वविद्यालयमा सीसीआरसीका विद्यार्थीहरू
कुनै पनि राष्ट्रको समृद्धि, त्यहाँ रहेका शैक्षिक तथा दक्ष जनशक्तिका माध्यमबाट मूल्याङ्कन गरिन्छ । सीसीआरसी शैक्षिक तथा दक्ष जनशक्ति उत्पादन गर्न सफल चौतारी हो । देशका लागि उपयुक्त शैक्षिक दक्ष जनशक्ति उत्पादनमा सीसीआरसीले अग्रणी भूमिका खेलेको छ । हजारौंको संख्यामा डाक्टर, इन्जिनियर, सीए, कृषि तथा वन वैज्ञानिकहरू उत्पादन गरेको यस संस्थाका विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विश्वविद्यालयमा अध्ययन गरेका छन् ।

विश्वकै नम्बर एक संयुक्त राज्य अमेरिकाको एमआईटी लगायत हार्वर्ड विश्वविद्यालय, न्युयोर्क विश्वविद्यालयजस्ता अनेकौं सम्मानित विश्वविद्यालयबाट दीक्षित भएका कयौं विद्यार्थीहरूले आफ्नै जन्मभूमिलाई कर्मथलो बनाएर आफ्नो कौशल उजागर गर्दै आइरहेका छन् । सीसीआरसीका मेधावी विद्यार्थी प्रमोद कँडेल, महेश थापा तथा रूचि भट्टले संसारकै एक नम्बर मानिएको एमआईटी विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा उच्च अध्ययन गरेका छन् भने सरोज कँडेलले हार्वर्ड विश्वविद्यालयबाट आफ्नो उच्च अध्ययन पूरा गरेका छन् । सीसीआरसीका छात्र/छात्राहरूले बर्सेनि दर्जनौंको संख्यामा संसारकै उच्च तथा सम्मानित विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्दै आएका छन् । यसै वर्ष २०२५ मा समिर चौलागाईं तथा अमोद पौडेलले न्युयोर्क विश्वविद्यालयमा फुल राइड छात्रवृत्तिमा उच्च अध्ययन गर्ने मौका प्राप्त गरेका छन् भने वर्ष २०२४ मा पनि अभिषेक सुवेदी र रूक्मिणी घोरासैनीले सोही विश्वविद्यालयमा फुल राइड छात्रवृत्तिमा उच्च अध्ययन गर्ने मौका प्राप्त गरेका थिए ।
विदेशमा गएर पूर्ण छात्रवृत्तिमा उच्च अध्ययन गरेर आफ्नो दक्षता राष्ट्र निर्माणमा खर्च गर्न चाहने युवा जनशक्ति उत्पादनले प्रत्यक्ष रूपमा देश विकासलाई टेवा दिने गर्दछ । राष्ट्रिय तथा सामाजिक दायित्व बोध सहित देशको माटोलाई माया गर्ने यस्ता दर्जनौं विज्ञहरूको उत्पादनमा आफ्नो अहम् भूमिकालाई आत्मसात् गर्दै सीसीआरसी कलेजले प्रत्यक्ष रुपमा देश निर्माणलाई सहयोग गर्दै आएको छ ।
भविष्य निर्माणको सशक्त प्रारम्भ
सीसीआरसी कलेजले कक्षा ११ देखि नै प्रि–इन्जिनियरिङ, प्रि–मेडिकल र प्रि–सीएका तयारी कक्षाहरू सञ्चालन गर्दै आएको छ । यसले विद्यार्थीहरूमा आत्मबल, अनुशासन र परिश्रमको संस्कृति विकास गर्न सघाएको छ । यी तयारी कक्षाहरूका कारण हरेक वर्ष दर्जनौं विद्यार्थीहरू इन्जिनियरिङ, मेडिकल, सीए, कृषि, वनजस्ता प्रतिष्ठित संस्थाहरुमा उच्च अंकसहित छानिदै आएका छन् । यसरी भविष्य निर्माणको प्रारम्भिक आधार बनाउँदै सीसीआरसीले विद्यार्थीहरूको सपना साकार पार्ने सशक्त मञ्च प्रदान गर्दै आएको छ ।
सामाजिक उत्तरदायित्व र समग्र व्यक्तित्व विकासतर्फ सीसीआरसीको अग्रसरता
सीसीआरसी कलेज केवल ज्ञानको चौतारी होइन । यो विद्यार्थीहरूको समग्र विकासको प्रेरणास्रोत हो, जहाँ शैक्षिक उत्कृष्टतासँगै सामाजिक दायित्वको भावना पनि समान रूपमा सशक्त पारिन्छ । यहाँका विद्यार्थीहरु कलेजका १४ वटा क्लबहरूमा आबद्ध हुँदै हाजिरीजवाफ्, कविता प्रतियोगिता, वैज्ञानिक अनुसन्धान, रक्तदान, चेतनामूलक र्याली, बृद्धाश्रम तथा अनाथालयलाई सहयोग, वृक्षारोपण र सरसपफइ जस्ता सामाजिक कार्यहरुमा सक्रिय सहभागिता जनाउँछन् ।
सीसीआरसीले विद्यार्थीहरूलाई हिसान र राष्ट्रियस्तरका खेलकुदमा पनि बरोबर सहभागी गराउँछ । वार्षिक रूपमा मनाइने खेलकुद सप्ताहसँगै हिसान कप लगायतका खेलकुद कार्यक्रममा पनि विद्यार्थीहरूको सशक्त भूमिका रहँदै आएको छ । सीसीआरसी ३ पटक हिसान बास्केटबलमा प्रथम भएको छ भने १७ पटक राष्ट्रियस्तरका अन्य बास्केटबल प्रतियोगितामा प्रथम भएको छ । यसै गरी यो कलेज ९ पटक विभिन्न क्रिकेट प्रतियोगितामा प्रथम, ७ पटक विभिन्न फुटबल प्रतियोगितामा प्रथम र २२ पटक विभिन्न टेबलटेनिस प्रतियोगितामा प्रथम भएको छ ।
यी र यस किसिमका गतिविधिमार्फत विद्यार्थीहरूले न केवल आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्छन्, त्यसभन्दा बढी समाजप्रतिको संवेदनशीलता र उत्तरदायित्व पनि आत्मसात् गर्छन् । माथि उल्लेख गरेझैं खेलकुदमा पनि सीसीआरसीले अतुलनीय सफलता हासिल गर्दै आएको छ । यसै गरी यस कलेजले बास्केटबल, क्रिकेट, फुटबल र टेबलटेनिसजस्ता प्रतियोगितामा बारम्बार प्रथम हुँदै हिसान र राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाएको छ ।
शिक्षा भनेको केवल किताबी ज्ञानमात्र होइन, त्यससँगसँगै जीवनका मूल्य र व्यवहार सिकाउने यात्रासमेत हो । विद्यार्थीहरूको सामाजिक उत्तरदायित्व र समग्र व्यक्तित्व विकासमार्फत सीसीआरसीको समर्पित यात्राले यसैलाई प्रमाणित गर्छ । यही भावनाले यहाँका विद्यार्थीहरूलाई भावी जिम्मेवार नागरिकका रूपमा तयार गरिरहेको छ, जो ज्ञान, निष्ठा र सेवाभावले भरिपूर्ण हुन्छन् ।
