सर्वोत्कृष्ट मावि (+२) : क्यापिटल मावि (सीसीआरसी)

एडभर्टोरियल

क्यापिटल मावि (सीसीआरसी) कोटेश्वर, स्थापना कालदेखि नै देश भरिका सर्वोत्कृष्ट माविमा पर्न सफल रहँदै आएको छ । यसरी सीसीआरसीका विद्यार्थी तथा अभिभावकबीच सर्वोत्कृष्ट माविमा पर्न सफल हुनुमा यस कलेजले बोर्ड परीक्षामा प्राप्त गरेको सफलताका साथै बोर्ड परीक्षामा विद्यार्थीले प्राप्त गरेको उच्च प्राप्ताङ्क, यस संस्थाबाट अध्ययन गरेका विद्यार्थीहरूले एमबिबिएस, इन्जिनियरिङ लगायत अन्य क्षेत्रमा प्राप्त छात्रवृत्ति प्रमुख कारण हुन् । यसका अतिरिक्त यस कलेजमा अध्यापनरत अनुभवी शिक्षक/शिक्षिकाहरू, अन्तर्राष्ट्रिय प्रतिष्ठित विश्वविद्यालयमा यस माविका विद्यार्थीहरूले प्राप्त गरेका छात्रवृत्ति, विद्यार्थी तथा अभिभावकज्यूहरूको सन्तुष्टि, यस माविको भौतिक पूर्वाधार लगायत सामुदायिक क्रियाकलापहरुले पनि यस सीसीआरसी कलेजलाई सर्वोत्कृष्ट हुनुमा महत्त्वपूर्ण भूमिका रहेको छ ।।


आईओई (पुल्चोक) प्रवेश परीक्षामा सीसीआरसी पुनः प्रथम

२०७८ मा हालसम्मकै उच्च अंक सहित निराजन शाह सर्वोत्कृष्ट

काठमाडौं । वर्ष २०७८/७९ यस वर्ष इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकले बीई अध्ययनको लागि लिएको प्रवेश परीक्षामा सीसीआरसीका निराजन साहले हालसम्म कै उच्च अङ्क १३७.८ सहित प्रथम स्थान हासिल गरी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा अध्ययनरत छन् । साहसँगै सीसीआरसीका अन्य २७ जना विद्यार्थीहरु पनि आईओइ (पुल्चोक)मा पूर्ण छात्रवृत्तिमा अध्ययनरत छन् ।

गत वर्ष पनि सीसीआरसीका सुमन तामाङमा इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षामा प्रथम स्थानमै नाम निकालेका थिए भने उनीसँगै अन्य ३३ जना विद्यार्थीहरु छात्रवृत्तिमा छनौट हुन सफल भएका थिए । यसै गरी वर्ष २०७३ मा पनि सुदिप भण्डारीले प्रथम स्थानमै नाम निकालेका थिए । यसरी सीसीआरसीका विद्यार्थीहरुले आईओई मा प्रथम स्थानमा ह्याट्रिक सहित राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

स्थापनाकालदेखि नै हरेक वर्ष सीसीआरसीका विद्यार्थीहरुले हासिल गरेको छात्रवृत्ति अन्य कलेजहरुको दाँजोमा उच्च रहँदै आएको पाइन्छ ।


सीसीआरसीका विद्यार्थीहरु विश्व प्रतिष्ठित विश्वविद्यालयमा

यस वर्ष अमेरिका अध्ययनका लागि फुलब्राइट छात्रवृत्तिमा छनौट भएका विद्यार्थीहरु

काठमाडौं । सीसीआरसीका विद्यार्थीहरु आफ्नो +२ अध्ययन पछि उच्च शिक्षाका लागि विश्वको उत्कृष्ट विश्वविद्यालयहरु एम आई टी, हार्वर्ड, कोर्नेल आदीमा छात्रवृत्तिमा छनौट भई अध्ययन गर्दै आइरहेका छन् । यस वर्ष २०७९ मा यस कलेजकी छात्रा रूची भट्टले इन्जिनियरिङ अध्ययनका लागि विश्व मै एक नम्बर रहँदै आएको अमेरिकाको एम आई टि (म्यासाचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजी) मा फुलब्राइट छात्रवृत्ति सहित इन्जिनियरिङ अध्ययनको लागि छनौट भएकी छिन् । यस वर्ष उक्त छात्रवृत्ति पाउने उनी नेपालकी एक मात्र विद्यार्थी हुन् । यस अघि पनि सीसीआरसीका प्रमोद कँडेल, महेश थापाले एम आइटीमा पूर्ण छात्रवृत्ति सहित इन्जिनियरिङ अध्ययन गर्ने मौका प्राप्त गरेका थिए ।

वर्ष २०७९ मै यस कलेजका विद्यार्थीहरु आशिष पन्त, स्मृती न्यौपाने र अन्शुराज सेढाईं पनि फूलब्राइट छात्रवृत्तिमा अमेरिका अध्ययनका लागि छनौट भएका छन् । यसै वर्ष अन्य २ दर्जन विद्यार्थीहरुले पनि अमेरिकामा विभिन्न छात्रवृत्ति अन्तर्गत अध्ययन गर्ने अवसर प्राप्त गरेका छन् ।

सीसीआरसीले विद्यार्थीहरुलाई विभिन्न सेमिनार तथा अन्य कार्यक्रमहरु मार्फत् उच्च शिक्षाका लागि कलेज विश्व प्रतिष्ठित विश्वविद्यालयहरुमा छनौट तथा छात्रवृत्ति पाउनको लागि सहयोग पुर्‍याउँदै आईरहेको छ ।


एमबीबीएस प्रवेश परीक्षामा सीसीआरसीको राष्ट्रिय किर्तिमान

आई ओ एमको प्रथम स्थानमा पनि ह्याट्रिक

वर्ष २०७८/७९ मा एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले लिने एकिकृत प्रवेश परीक्षा (सिईई)मा सीसीआरसीका १५ जना विद्यार्थीहरुले पूर्ण छात्रवृत्ति कोटामा नाम निकालेका छन् । गतवर्ष पनि सीसीआरसीका १६ जना विद्यार्थीहरुले पूर्ण छात्रवृत्ति कोटामा प्रवेश परीक्षा पास गरेका थिए ।

सीसीआरसीका विद्यार्थीले हालसम्म तीन पटक आईओएमद्वारा एमबीबीएस अध्ययनका लागि लिइने प्रवेश परीक्षामा प्रथम स्थानमा तथा दुई जना विद्यार्थीहरुले दोस्रो स्थानमा नाम निकालेर ह्यायाट्रिक सहित राष्ट्रिय किर्तिमान कायम गरेका छन् । यसरी प्रथम स्थान मै नाम निकालेर ह्याट्रिक गर्ने सीसीआरसी पहिलो राष्ट्रिय कलेज हो । सीसीआरसीका विद्यार्थी संदेश पण्डितले ९७ % अङ्क सहित आईओएम, महाराजगञ्जको प्रवेश परीक्षामा प्रथम स्थान सहित हालसम्मकै उच्च अंकको रेकर्ड कायम गरेका छन् । यसै कलेजका छात्रा ईशा अमात्य र छात्र निराजन अधिकारीले पनि आईओएम प्रवेश परीक्षाको प्रथम स्थानमा नाम निकालेका थिए ।

साथै सीसीआरसीका विद्यार्थीले बीपीकेआईएचएस, धरानको प्रवेश परीक्षामा पनि प्रथम स्थान हासिल गरेका छन् भने पाँच पटकसम्म जगदम्बा गुठीद्वारा कोलकाता मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि प्रदान गरिने छात्रवृत्तिमा छनौट भएका छन् ।


राष्ट्रिय परीक्षा बोर्ड (एनईबी)को नतिजामा सीसीआरसी सधैं अब्वल

काठमाडौं । विसं २०५७ मा स्थापित क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर (सीसीआरसी), आफ्नो स्थापनाकालदेखि नै जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरुको पहिलो रोजाईको कलेज बन्दै आएको छ । दुई दशकको आफ्नो यात्रामा, सीसीआरसीले, अनेकौं राष्ट्रिय किर्तिमान कायम गरेको छ ।

एनईबी बोर्डको परीक्षाको विगत पाँच वर्षको नतिजालाई विश्लेषण गर्ने हो भने यस कलेजको पास प्रतिशत ९८.५ % रहेको पाइन्छ । हरेक वर्ष सीसीआरसीका विद्यार्थीहरु राष्ट्रियस्थतरमा नै उत्कृष्ट ग्रेड हासिल गर्न सफल हुँदै आएका छन् । स्थापनाकालदेखि विसं २०७६ सम्म सीसीआरसीका विद्यार्थीहरु उल्लेख्य संख्यामा हरेक वर्ष एनईबी बोर्डको उत्कृष्ट १० स्थानमा पर्दै आइरहेका छन् । २०७७/७८ मा कोभिड का कारणले आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशित गरिएको थियो ।

यस कलेजका छात्राहरु क्रमशः सरु न्हिसुतु र शैलजा रत्न पाण्डेले एनईबी परीक्षा बोर्डमा प्रथम स्थान प्राप्त गरी सम्माननीय राष्ट्रपती ज्यूबाट 'नेपाल छात्रा विद्या पदक'बाट विभुषित भएका छन् । उक्त पदकबाट सम्मानित हुने सीसीआरसी एक मात्र कलेज रहेको छ ।


सीसीआरसीमा प्रि-मेडिकल, प्रि-इन्जिनियरिङ तथा प्रि-सिए तयारी कक्षा ११ बाटै

काठमाडौं । क्यापिटल कलेज एण्ड रिर्सच सेन्टर (सीसीआरसी)लेकक्षा ११ बाट नै नियमित रुपमा प्रि-मेडिकल, प्रि-इन्जिनियरिङ तथा प्रि-सिए प्रवेश परीक्षाका लागि तयारी कक्षा सञ्चालन गर्दै आएको छ ।

भविष्यमा डाक्टर, इन्जिनियर, पाइलट, वैज्ञानिक, सिए आदि बन्ने सपना लिएर अधिराज्यभरिबाट यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई नियमित रुपमा प्रि-मेडिकल, प्रि-इन्जिनियरिङ तथा प्रि-सिएको कक्षा सञ्चालन गर्दा विद्यार्थीहरुले विषयवस्तु सहज रुपमा बुझ्न सक्दछन् । यस किसिमका कक्षाहरु नियमित रुपमा सञ्चालन गर्ने गरेकोले पनि यस कलेजका विद्यार्थीहरुले एकैपल्ट ठूलो संख्यामा मेडिकल, इन्जिनिरिङलगायत अन्य विषय अध्ययनको प्रवेश परीक्षाको छात्रवृत्तिमा पनि सफलता पाइरहेका छन् ।


सीसीआरसीका विद्यार्थीहरु सामाजिक क्रियाकलापमा जोडिँदै

सीसीआरसीका विद्यार्थीहरु कलेजमा स्थापित विभिन्न क्लबहरुमा आवद्ध भइ सामाजिक तथा अतिरिक्त क्रियाकलापमा सहभागी हुँदै आइरहेका छन् । कलेजमा स्थापित विभिन्न क्लबहरुका क्रियाकलाप मार्फत विद्यार्थीहरुको ज्ञान, सिप र शिक्षालाई समुदायसँग जोड्दै, मानवीय मूल्य र मान्यतालाई शिक्षा प्रणालीमा समायोजन गर्ने यस कलेजको मुख्य उद्देश्य रहँदै आएको छ । विद्यार्थी क्लब तथा समाजले वार्षिक रुपमा विभिन्न कार्यक्रमहरु जस्तैः रक्तदान, अनाथालय तथा बृद्धाश्रममा सहयोग, हाजिरी जवाफ, खेलकुद प्रतियोगिता, वृक्षारोपण, कविता प्रतियोगिता, विज्ञान प्रदर्शन, प्रविधिको प्रयोगलगायत समाजमा घट्ने विपद जस्तैः बाढीपहिरो, आगजनीमा सहयोग लगायत सडक जागरण जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको पाइन्छ ।

यसरी विद्यार्थीहरुलाई अध्ययनको साथसाथै सामुदयिक क्रियाकलापमा संलग्न गराउँदै लैजादा अन्तत्वोगत्वा उनीहरु आफ्नो समाज, परिवार र आफै प्रति उत्तरदायी हुँदै जान्छन् । जुन कुरा सकारात्मक समाज रुपान्तरणका लागि हाम्रो शैक्षिक प्रणालीमा जोडिनु अपरिहार्य नै हो ।