तराई-मधेशमा आगलागीको विपद्, नियन्त्रण पूर्वतयारीमा के गर्दै छन् स्थानीय सरकार ?

प्राकृतिक विपत्तिमा सहरभन्दा भित्री गाउँ बढी प्रभावित हुन्छन् । लामखुट्टे भगाउने भन्दै जथाभाबी आगो सल्काउँदा तराई-मधेशका बस्तीले क्षति बेहोर्नुपरेको छ ।

चैत्र १६, २०८१

शिव पुरी र नवराज सुवेदी

Fire disaster in Terai-Madhesh, what is the local government doing in preparation for control?

रौतहट/झापा — रौतहटको माधवनारायण नगरपालिका–४ मानपुर बिसुनपूर्वाका ५० वर्षीय महेश मुखिया गाउँकै एक घरको कुनामा बुधबार टोलाइरहेका थिए । २०७९ चैत २८ गते दिउँसोको कहालीलाग्दो आगजनीको घटना उनले अहिलेसम्म बिर्सन सकेका छैनन् । घर जलेर खरानी बनेपछि उनी आफन्तको घरमा शरण लिई बसेका छन् ।

छिमेकी बद्री भगतको घरबाट सुरु भएको आगोले पालैपालो गरी महेशलगायत २१ जनाको घर हेर्दाहेर्दै खरानी बनायो । आगोले महेशका २ वटा बाख्रा र १ वटा खसी मरे । झन्डै २ घण्टापछि आगो नियन्त्रणमा आयो ।

‘त्यो अकल्पनीय घटना सोच्न पनि सक्दिनँ । यस्तो विपत् कसैलाई नपरोस्,’ महेश भन्छन्, ‘हेर्दाहेर्दै घर खरानी बन्यो । लत्ताकपडा, अन्नपात केही निकाल्न पाइएन । अहिले बिजोग भएर आफन्तकहाँ बसेको छु ।’ 

त्यस दिन महेश र उनका परिवार खेतमा काम गर्न गएका थिए । घरमा कान्छा छोरा विशाल मात्र थिए । घटना थाहा पाएपछि विशाल ज्यान जोगाउन घरबाहिर निस्के । घटनापछि पीडित परिवारलाई माण्डवी संस्थाका अध्यक्ष अन्जु झाले प्रतिपरिवार एक लाख ५० हजारका दरले सहयोग रकम उपलब्ध गराएकी थिइन् । तर त्यतिले घर बनाउन सम्भव नभएको महेशले दुखेसो पोखे । आगलागीबाट पीडित धेरैले घर बनाइसकेका छन् । तर महेशलाई भने आर्थिक संकट परेकाले सकेका छैनन् ।  

बिहानदेखि चलेको हावाहुरीका कारण आगो नियन्त्रणमा आउन नसकेपछि क्षति बढी भएको थियो । घटनामा मानवीय क्षति नभए पनि अधिकांशको पशु र खाद्यान्न लगायतका लत्ताकपडा, नगद र गरगहना जल्यो । आगो लागेको झन्डै २ घण्टापछि चन्द्रपुर र सदरमुकाम गौरबाट वारुणयन्त्र (दमकल) पुगेको थियो । समयमा दमकल पुग्न नसकेर क्षति बढी भएको स्थानीय समाजसेवी पारस भण्डारीले सुनाए ।

‘आगलागी सुरु हुनासाथ वारुणयन्त्र पठाउन स्थानीयले प्रहरीलाई अनुरोध गरे । सदरमुकाम गौर र चन्द्रपुर नगरपालिकामा मात्र भएकाले समयमा पुग्न सकेन,' उनले भने, ‘यही कारण बढी क्षति भयो । समयमा वारुणयन्त्र पुगेको भए क्षति कम हुन्थ्यो ।’ 

आगोको रापले हातमा पोलेर स्थानीय बालिका रुपनी मुखिया सामान्य घाइते भइन् । हरेसी मुखिया, महेशी मुखिया, इन्द्रदेव भगत, दिनकर मुखिया, उपेन्द्र मुखिया, वीरेन्द्र मुखिया बद्री भगत, सुरेन्द्र मुखिया, जितेन्द्र मुखिया, बिकाउ मुखिया, जयकरण मुखिया लगायत २१ जनाको घर जलेर नष्ट भयो ।  

गएको बुधबार बिहान गरुडा नगरपालिका-४ तरकारी बजारस्थित पसलमा अचानक आगलागी भयो । आगलागीबाट स्थानीय व्यापारी शेख कमाउद्दिनको फुसको घर, मासु पसल, नेवालाल चौरसियाको किराना पसल, जयमंगल चौधरीको घर र खाजा पसल, राजेन्द्र साहको फुसको घर, सुजितकुमार चौधरीको घर, खाजा पसल, सतेन्द्र ठाकुरको घर र फलामको समान बनाउने पसल, कृष्ण दासको पक्की घर र कपडा पसलमा ठूलो क्षति भएको गरुडाका डीएसपी राजन कार्कीले बताए ।  

कटहरिया–४ बलिरामपुर टोलमा वैशाख १३ गते सुजाई मियाँको गहुको भुसमा आगलागी हुँदा ६५ वर्षीया श्रीमती असिमा खातुनको जलेर मृत्यु भयो । नजिकै खेतमा काम गरिरहेकी खातुन आगो लागेको देखेर निभाउन जाँदा गम्भीर घाइते भइन् । आगोको रापमा परेर शरीरका विभिन्न भागमा गम्भीर चोट लाग्यो । थप उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौंमा लगिएका उनको उपचार क्रममै मृत्यु भयो ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका ३० वर्षीय देवनारायण पण्डित (कुम्हाल) वैदेशिक रोजगारीमा जाने तयारीमा थिए । चैत ६ गते बिहान आगलागी हुँदा उनको घरसँगै अन्नपात, लुगाफाटो मात्रै जलेन, वैदेशिक रोजगारीमा जान लिएको ऋणको रकम पनि जल्यो । गाउँकै महाजनसित उनले दुई लाख रुपैयाँ ऋण लिएका थिए । 

Fire disaster in Terai-Madhesh, what is the local government doing in preparation for control?

रकम जलेपछि वैदेशिक रोजगारीमा कसरी जाने चिन्ताले देवनारायणलाई भतभती पोलेको छ । ‘उठाएको ऋण कसरी तिर्ने टुंगो भएन, चर्को घाममा त्रिपालमुनि बस्नुपर्दा बालबालिकालाई ज्यादै कठिन भइरहेको छ,’ उनले भने, ‘राहतमा खाद्यान्न पाए, घर बनाउन पनि सहयोग पाएको भए सहज हुन्थ्यो ।’ 

उनका श्रीमती, तीन छोरी र दुई छोरा छन् । आगलागीमा उनीसहित रामेश्वर पण्डित, धनराज पण्डित र जुगेश्वर पण्डितका गरी आठ वटा घर जल्यो । आगलागीमा दुई वटा खसी र एउटा भैंसी मरेको छ । फर्निचर, भाँडा, मोबाइल, सुन र चाँदीसमेत जलेर साढे १८ लाख रुपैयाँको क्षति भएको छ । गाउँपालिकाले उनीहरुलाई राहतस्वरुप प्रतिपरिवार २५ किलो चामल, ३ किलो दाल र नुन, २ लिटर खाने तेल र ५ किलो भुजा, ४ किलो चिउरा र १ थान त्रिपालबाहेक केही उपलब्ध गराउन सकेको छैन । दस दिनदेखि त्रिपालमुनि गुजारा चलाइरहेका देवनारायण लगायतका अग्नि पीडितको दैनिकी कष्टकर बनेको छ ।

गएको वैशाख २० गते भारतसँग सीमा जोडिएको सर्लाहीको विष्णु गाउँपालिका–१ को एक बस्तीमा दिउँसो आगलागी हुँदा ७२ घर जले । बिकी राउत, रामु राउत, चन्द्रेश्वर राउत, श्यामु राउत, चतुरभुज राउत लगायतको घर जलेर नष्ट भयो । प्रहरीका अनुसार शत्रुघन राउतको घरको ग्यास सिलिन्डर विस्फोटभएपछि आगो गाउँतिर फैलिएको थियो । 

रौतहटको फतुवा विजयपुर नगरपालिका–१ स्थित बैरगिनिया गाउँमा २०७८ पुस ६ गते आगलागीमा परी जोकु राय यादवकी तीन वर्षकी छोरी आराध्याकुमारीको मृत्यु भएको थियो । स्थानीय राम विश्वास राय यादवले आफ्नो खाली जग्गामा दाइँ गर्न थुपारेको धानमा नजिक खेल्दै गरेको बालबालिकाले आगो सल्काएपछि घटना भएको हो । घटनामा सञ्जीव साहको दुई वर्षका छोरा रोहित जलेर घाइते भए ।  Fire disaster in Terai-Madhesh, what is the local government doing in preparation for control?

तराई-मधेशमा हरेक वर्ष आगलागी, डुबान, बाढीपहिरो, शीतलहरले मृत्यु भएका, विस्थापित, घरबारविहीन र त्यसको आर्थिक मूल्यको भार बढिरहेको पाइन्छ । यसका लागि सरकारले चासो दिने दिन कहिले आउँछ भन्ने प्रश्न लिएर पीडित बसिरहेका छन् । 

वर्षा होस् वा हिउँद तराई मधेशमा आगलागी, बाढी, शीतलहरले बर्सेनि थुप्रैले ज्यान गुमाउँछन् । प्राकृतिक विपत्तिमा सहरभन्दा भित्री गाउँ बढी प्रभावित हुन्छन् । लामखुट्टे भगाउने भन्दै जथाभाबी आगो सल्काउँदा थप समस्या हुने गरेको पाइएको छ । 

प्राकृतिक विपत्तिबाट हुने क्षति रोक्न सरकारले दीर्घकालीन रुपमा लाग्नुपर्ने मुख्यमन्त्री सतिशकुमार सिंहले बताए । ‘हामी पनि सचेत हुनुपर्ने अवस्था आएको छ । चैत-वैशाखका बेला जथाभाबी आगो बाल्छौं,’ उनले भने, ‘अब पनि हेक्का राख्न सकेनौं भने मधेशले विपत्तिको सामना गरी नै रहनुपर्छ ।’ 

मधशेमा अव्यवस्थित बसोबासको मुख्य समस्या छ । अधिकांश घर हावा राम्ररी पास नहुने गरी बनाइएका हुन्छन् । आगलागी भयो भने जाने बाटोसमेत हुँदैन । रिक्सासमेत छिर्न नसक्ने गरी स्थानीयले बाटो मिचेर घर बनाउँछन् । सरकारले गरिबकेन्द्रित योजना नबनाएसम्म बाढी, आगलागी र जाडोबाट तराईमा बढी क्षति भइरहने सांसद देवप्रसाद तिमल्सिनाले बताए । ‘गरिब परिवारलाई सहज रुपमा बाँच्न सक्ने योजना ल्याउन जरुरी छ,' उनले भने, ‘यसका लागि कसरी विपत् कम गराउने भन्ने बृहत् छलफल जरुरी छ । सरकारले समयमा ध्यान दिनुपर्छ । घटना भएपछि मात्र चासो देखाएर हुन्न ।’ प्राकृतिक समस्याभन्दा लापरबाही, मानवीय त्रुटि वा  बेवास्ताले पनि विपद्‌का घटना बढेको उनले बताए ।

आगलागीको घटनापछि खानेबस्ने, जीवन गुजारा गर्ने जटिल परिस्थिति त्यहाँका मानिसहरुमा आइपरेको देखिन्छ । घर छैन भनेर बनाउने खर्च कताबाट जुटाउने, तत्काल गाँस र कपासको व्यवस्थापन कताबाट गर्ने, यस्ता धेरै समस्या पीडितमाझ बल्झेका छन् । नागरिक समाजका अगुवा जगन्नाथ केशरीले मधेशमा आगजनीको घटना बढ्नुको कारण पत्ता लगाउनुपर्ने बताए । ‘दुईचार दिन राहत लिएर आउनेको भीड देखिन्छ । केही समय पीडितहरु राहत महसुस गर्छन्,' उनले भने, ‘जब बिस्तारै राहतका पोका घट्दै जान्छन् त्यसपछि उनीहरुको पीडा बुझिदिने कोही हुँदैन । पीडितहरु झनै पीडामा पर्छन् ।’  

तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका पालामा २०७९ मंसिर १५ गते जिल्ला प्रशासन कार्यालय गौरमा १८ वटै पालिकाका नगरप्रमुखलाई बोलाएर जिल्लाभित्र आगलागीका घटना बढ्दै गएकाले सबै स्थानीय तहमा एक/एक वटा वारुणयन्त्रको व्यवस्था मिलाउन निर्णय गराए । बैठकमा १८ वटै पालिकाका प्रमुखलाई बोलाइएको थियो ।  चैत्र-वैशाखको समयमा हुने आगजनीको घटनामा वारुणयन्त्रको अभाव खड्किने हुँदा नगरपालिकाले मिलेर खरिद गर्ने सहमति बन्यो । प्रत्येक पालिकामा खरिदका लागि बजेट विनियोजन गर्न अनुरोधसहित निर्णय भयो । 

Fire disaster in Terai-Madhesh, what is the local government doing in preparation for control?

तर कुनै पनि पालिकाले प्रशासनको निर्णयको पालना नगरेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए । ‘विगतमा वारुणयन्त्र खरिद गर्ने भन्ने नगरप्रमुखहरूले निर्णय गरेका रहेछन्,' उनले भने, 'किन पालना गरेनन् भन्ने म फलोअप गर्छु । प्रमुख प्रशासकीय अधिकृतलाई बोलाएर सोध्छु ।’

आगलागीका घटना हुँदा छिमेकी बारा र सर्लाहीको दमकल मगाउन बाध्य हुनुपर्छ । जिल्लामा अहिले गौर र चन्द्रपुर नगरपालिका बाहेक अन्यत्र दमकल छैन । दमकल खरिद गर्न स्थानीय तहले चासो नै नदेखाएको प्रशासनको बुझाइ छ ।

२०७९ चैत २४ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले पनि स्थानीय तहका प्रमुखलाई बोलाएर आगामी आर्थिक वर्षको बजेटमा पर्ने गरि वारुणयन्त्र खरिद गर्न बजेटमा समावेश गराउने भनेर निर्णय गराए । निर्णय पनि कार्यान्वयन भएन । गरुडा नगरपालिकाका प्रमुख कन्थमणि जैसवालले वारुणयन्त्रण खरिद गर्ने योजना रहेको सुनाए । ‘बजेट अभावले अहिले समस्या भएको छ । हामी चाँडै खरिदको प्रक्रिया अघि बढाउँछौं,' उनले भने, ‘नजिकका नगरपालिका प्रमुखसित समन्वय गरिरहेका छौं । मिलेर भए पनि खरिद गर्छौं । प्रशासनमा भएको निर्णयको कदर गर्छौं ।’ 

गत वर्ष डिभिजन वन कार्यालयअन्तर्गत गैंडाटार सब डिभिजन वनमा घाटगद्दी गरिराखेको दाउरामा आगो लाग्यो । आगो निभाउन सर्लाहीको हरिऔन, बाराको निजगढ र चन्द्रपुर गौरबाट वारुणयन्त्र आएको थियो । जिल्लामा भएका पनि समयमा आउन नसकेपछि दाउरा जलेर नष्ट भएको वनका कर्मचारी बताउँछन् । 

Fire disaster in Terai-Madhesh, what is the local government doing in preparation for control?

गत वर्ष चैतमा गढीमाई नगरपालिका-६ धरमपुरमा लामखुट्टे भगाउने भन्दै गोबरको गुइँठा बाल्ने क्रममा ३ घरमा आगलागी हुँदा जलेर ११ चौपाया मरे । आगो निभाउन सदरमुकामस्थित गौर र चन्द्रपुर नगरपालिकाबाट वारुणयन्त्र मगाइएको थियो । दुवै स्थानबाट आउन झन्डै एक घण्टा बढी समय लाग्यो । यही कारण तीन घर जलेर नष्ट भए । पशु चौपाया मरे । गौर र चन्द्रपुरको दुरी ४२ किलोमिटर छ । यसबीचमा कतै दमकल छैन । जिल्लाको पश्चिम विजयपुर, पूर्वी समनपुर, धरमपुरलगायत क्षेत्रमा आगलागीका घटना भएमा समस्या हुने भन्दै प्रशासनले स्थानीय तहको ध्यानाकर्षण गराउँदै आएको छ । 

के छ पालिकाको पूर्वतयारी ?
गत शनिबार झापाको मेचीनगर नगरपालिका-१४ स्थित वैभव भेनियर उद्योगमा आगलागी भयो । बिहान करिब ११ बजेबाट उद्योगमा लागेको आगो नियन्त्रणमा लिन निकै सकस पर्‍यो । जिल्लाभरका ७ वटा पालिकाका दमकल, नेपाली सेनासहितको सुरक्षा संयन्त्र तथा स्थानीयको सहयोगमा करिब ४ बजे मात्रै आगो नियन्त्रणमा आयो । 

उद्योग सञ्चालकले ३ करोडभन्दा बढी क्षति भएको दाबी गरिरहे पनि क्षतिको यकिन विवरण आइनसकेको झापा प्रहरीका प्रवक्ता खगेन्द्रबहादुर खड्का बताउँछन् ।

Fire disaster in Terai-Madhesh, what is the local government doing in preparation for control?

गत बुधबार मेचीनगर-६ को एक घरमा आगलागी भयो । काँकरभिट्टा निवासी मिङ्गमार छिरिङ लामाको घरमा आगलागी हुँदा एक लाख ५० हजार बराबरको क्षति भयो । बुधबार नै अर्जुनधारा-३ स्थित शान्ति सामुदायिक वनमा आगो लाग्यो । आगलागीबाट मानवीय क्षति नभए पनि वनमा आगो लाग्दा वन्यजन्तु, चराचुरुंगी त्यसबाट प्रताडित भए ।

यसरी जिल्लामा एकपछि अर्को गर्दै दैनिकजसो नै आगलागीका घटना भइरहेका छन् । जसले व्यापार, व्यवसायमा क्षति त बढाएको छ नै स्थानीय नागरिकसमेत प्रभावित छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चैत १ देखि हालसम्म जिल्लामा मात्रै १२ वटा आगलागीका घटना भएका छन् । जसबाट २२ लाख मूल्य बराबरको क्षति भएको छ । जसमा गत शनिबार मेचीनगर-१४ को वैभव भेनियर उद्योगमा भएको आगलागीको क्षति भने राखिएको छैन ।

उद्योगबाहेक नै २२ लाख मूल्य बराबरको क्षति भएको हो । जिल्ला प्रहरीका अनुसार ४ वटा घरमा आगलागीका घटना भएका छन् भने दुई वटा गोठ जलेका छन् । 

भौगोलिक रुपमा विकट र असहज मानिएको झापा गाउँपालिकामा आफ्नो दमकल छैन । सानो बजेट भएकाले पालिका आफैले दमकल किन्न नसकिरहेको पालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले बताइन् । उनका अनुसार आगलागी भइहालेमा दमक, विर्तामोड, कमल गाउँपालिका लगायतसँग सहकार्य गरेर दमकल बोलाउनुपर्छ । दक्षिणी भूगोल रहेकाले समयमा दमकल पुग्न पनि सक्दैनन् । ‘विपदका बेला स्थानीय नागरिक, सुरक्षाकर्मी, जनप्रतिनिधि सबै एकजुट भएर काम गर्छौं । दमकल किन्ने प्रक्रिया अघि बढाइएको छ, रकम पनि छुट्याएका छौं तर पालिका एक्लैले किन्न सक्ने अवस्था छैन । सहकार्य गरेर खरिद गर्ने तयारीमा छौं,’ कार्यवाहक अध्यक्ष थपलियाले भनिन् ।Fire disaster in Terai-Madhesh, what is the local government doing in preparation for control?

दमकल नभएकै पालिका हो, बुद्धशान्ति गाउँपालिका पनि । जहाँ आगलागी भइहालेमा दमकल भएका अन्य पालिकासँग सहकार्य गरेर अघि बढ्नुको विकल्प छैन । पालिकाले दमकल आवश्यकताको महसुस पनि गरेको छ । गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले जिल्लाका अन्य तीन पालिका कनकाई, विर्तामोड र अर्जुनधारासँग सहकार्य गरेर विपद पूर्वतयारी अनुरुपको योजना अघि सारिएको बताए ।

‘प्रदेश सरकारको ५० प्रतिशत, स्वीस सरकारको प्रदेश सहयोग कार्यक्रमअन्तर्गत २० प्रतिशत र चारवटा पालिकाको ३० प्रतिशत गरी अर्जुनधारा-१ मा विपद् व्यवस्थापनको संरचना रहने र चारवटै पालिकाले आवश्यकताअनुरुप सञ्चालन गर्न पाउने गरी योजना अघि सारिएको छ । टेन्डर भएर अघिल्लो सालबाट निर्माण कार्य सुरु भएको छ,’ उनले भने, ‘पालिका एक्लैले सञ्चालन गर्न नसक्ने हुँदा सहकार्य गरिएको हो ।’ बुद्धशान्तिको आफ्नै दमकल नभएकाले आगलागी भएको अवस्थामा अन्य पालिकासँग सहकार्य गरेर नियन्त्रणमा लिने गरिएको उनले बताए । 

वन जंगल क्षेत्र धेरै हुँदा डढेलो, आगलागी जस्ता विपदको जोखिम रहेको पालिका हो शिवसताक्षी नगरपालिका । जसको भने आफ्नै दमकल छ । पालिकाले विपद व्यवस्थापन समिति नै गठन गरेर भैपरी आउने विपदको प्रतिकार्य गर्दै आएको छ ।

पालिकाकी उपप्रमुख नरमाया कार्कीका अनुसार विपद् कोष शीर्षकमा पालिकाले बजेट नै छुट्याउँछ भने आगलागी, डढेलोजस्ता विपद् आएमा अन्य पालिकासँग सहकार्य गरेर अघि बढ्ने गरिएको उनले बताइन् । 

अर्जुनधारा नगरपालिकामा पनि दमकल छैन । नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीका अनुसार अर्जुनधारा, कनकाई, विर्तामोड र बुद्धशान्तिको सहकार्यमा विपद व्यवस्थापनको परियोजना अघि सरेको छ ।

परियोजनाअन्तर्गत दमकल, एम्बुलेन्स, शव वाहन लगायतका साधन सञ्चालित हुनेछन् । जुन चारवटै पालिकाले प्रयोग गर्नेछन् । आगामी असारसम्म यस परियोजना निर्माण सकिएर सञ्चालनमा आउने उनले बताइन् । झापाका १५ पालिकामध्ये ८ पालिका अझै दमकलविहीन छन् भने ७ पालिकामा मात्रै दमकल छ ।

मेचीनगर, भद्रपुर, विर्तामोड, गौरादह, शिवसताक्षी र दमक नगरपालिका र कमल गाउँपालिकासँग दमकल छ । सीमावर्ती जिल्ला भएकाले झापामा आगलागी भयो र आवश्यक व्यवस्थापन पुगेन भने छिमेकी मुलुक भारतबाट समेत दमकल बोलाएर आगलागी नियन्त्रणमा लिइएका उदाहरण छन् ।

शिव

Link copied successfully