बार्सिलोनाको पाँच गोल

एजेन्सी

म्याड्रिड — स्पेनिस कोपा डेल रे अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले रियल मुर्सियालाई ५-० ले पराजित गरेको छ । समग्रमा ८-० को जित दर्ता गर्दै बार्सिलोना अर्को चरणमा पुग्यो । उसको जितमा पाको अलकासेर, डेनिस सुआरेज, जेरार्ड पिके, एलेक्स भिडाल र जोसे अर्नाइजले गोल गरे ।

अन्य खेलमा एट्लेटिकोले एल्चेलाई ३-० (४-१) र सेभियाले कार्टागेनालाई ४-० (७-०) ले हरायो ।