थप ६१ नगरपालिका घोषणा, काठमाडौं र भक्तपुर गाविसरहित

काठमाडौ — सरकारले थप ६१ नयाँ नगरपालिका घोषणा गरेको छ । यो सँगै नेपालमा नगरपालिकाको संख्या १९१ पुगेको छ । सरकारले एक बर्षअघि ५८ नगरपालिकामा ७२ नगरपालिका थप गरेको थियो ।आज बसेको मन्त्रिपरिषद्को सामाजिक समिति बैठकले ६१ नगरपालिका थप गर्ने निर्णय गरेको हो ।

सरकारले थप ६१ नयाँ नगरपालिका घोषणा गरेको छ । यो सँगै नेपालमा नगरपालिकाको संख्या १९१ पुगेको छ । सरकारले एक बर्षअघि ५८ नगरपालिकामा ७२ नगरपालिका थप गरेको थियो ।
आज बसेको मन्त्रिपरिषद्को सामाजिक समिति बैठकले ६१ नगरपालिका थप गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्मा प्रस्तावित ६७ नगरपालिकामध्ये ६१ नगरपालिका थप गरिएको उपप्रधान तथा स्थानीय विकास मन्त्री निकट स्रोतले जनाएको छ । अब देशमा एक महानगरपालिका, ११ उपमहानगरपालिका, १७९ नगरपालिका  भएको छ । इटहरी, धरान, जनकपुर, हेटौंडा, भरतपुर,बुटवल र नेपालगञ्ज नगरपालिकालाई उपमहानगरपालिका बनाइएको छ ।
 काठमाडौंमा गोकर्णेश्वर, दिक्षणकाली, तारकेश्वर, शंखरापुरा, चन्द्रगिरी, बागेश्वरीमनहरा, टोखा, नागार्जुन र बुढानिलकण्ठ नगरपालिका थपिएका छन् । त्यस्तै भक्तपुरमा अनन्तलिंगेश्वर, सूर्यविनायक, चाँगुनारायण, महामञ्जुश्री नगरकोट नगरपालिका थपिएको छ ।
मन्त्रालयका अनुसार बैतडीमा पाटन, इलाममा देउमाई, झापामा शिव सताक्षी, मोरङमा लेटाङ भोगटेनी, सुनसरीमा रामधुनी भाषी, धनकुटामा पाखि्रबास, भोजपुरमा षडानन्द, संखुवासभामा मादी, सप्तरीमा सप्तकोसी, सिरहामा गोलबजार, सोलुमा दूधकुण्ड, बाजुरामा बढिमालिका, कैलालीमा भजनी त्रिशक्ति, डडेलधुरामा परशुराम, महोत्तरीमा बर्दिवास नगरपालिका थपिएको छ । त्यसैगरी, बारामा महागढीमाई, सिम्रौनगढ, होल्हवी, रौतहटमा गरुडा, पर्सामा पोखरीया, चितवनमा माडी र नारायणी, काभ्रेमा काशीखण्ड, सिन्धुपाल्चोकमा मेलाम्ची, लम्जुङमा सुन्दरबजार, कपिलवस्तुमा बाणगंगा र बुद्धबाटीका, सुर्खेतमा भेरी गंगा, रुकुमको मुसिकोट, गोरखाको पालुङटार र दाङको लमही र त्रिपुर नगरपालिका भएको छ ।
त्यस्तै,  कैलालीमा घोडाघोडी, कञ्चनपुरमा चाँदनी दोधारा र झलारी पिपलाडी, धनुषामा गणेशमान चारनाथ, मिथिला र सबैला, बर्दियामा सानोश्री, राराताल र बाँसगढी, दोलखामा जिरी, रामेछापमा मन्थली र रामेछाप, सिन्धुलीमा दुधौली नगरपालिका भएको छ ।