लमजुङ कृषि क्याम्पस चार दिनदेखि बन्द

प्रेमकुमारी घले

लमजुङ — विद्यार्थी संघसंगठनहरुको आन्दोलनका कारण लमजुङको सुन्दरबजारस्थित लमजुड कृषि क्याम्पसमा चार दिनदेखि पठनपाठन ठप्प भएको छ ।

नेवि संघ क्याम्पस इकाई, अनेरास्वव्यु र अखिल कन्तिकारी क्याम्पस इकाईले आठांै सत्रान्तको युपिए कार्यक्रमको अनुसन्धानलाई प्रभावकारी बनाउन सातौ सत्रान्तमा अध्ययनरत विद्यार्थीलाई न्यूनतम ३५ हजार रुपैयाँका दरले प्रदान गर्नुपर्ने, ल्यावहरुमा तत्काल सामग्रीको व्यवस्था गरिनुपर्ने, पुस्तकालयमा थप पुस्तकको व्यवस्था गर्नुपर्ने, उचित छात्रवास, कक्षा कोठाको व्यवस्था गर्नुपर्ने, खेदकुद पुर्वधार निर्माण गर्नुपर्ने, क्यान्टिन सञ्चालन गर्नुपर्ने जस्ता मागहरु राखेर क्याम्पसमा ताला लगाएको छ ।
चार दिन बित्तिसक्दा पनि क्याम्पस प्रशासन आफ्नो मागका सम्बन्धमा गम्भीर नभएको भन्दै डिनले यही मंसिर १२ र १३ गते लिने भन्र्ाा छनोट इन्ट्रान्स परिक्षा समेत स्थगित गर्ने विद्यार्थीहरुको चेतावनी छ । क्याम्पसमा हाल ३ सय विद्यार्थी अध्ययनरत छन् ।