नाइँ नभन्नु ल-२ को वर्चस्व

१० औं कालिका म्युजिक अवार्ड
विमल खतिवडा

चितवन — स्थानीय कालिका एफएमले गरेको १० औं कालिका म्युजिक अवार्डमा 'नाइँ नभन्नु ल २' चलचित्रले सबैभन्दा धेरै ४ विधामा अवार्ड जितेको छ ।

स्थानीय कालिका एफएमले गरेको १० औं कालिका म्युजिक अवार्डमा 'नाइँ नभन्नु ल २' चलचित्रले सबैभन्दा धेरै ४ विधामा अवार्ड जितेको छ । आइतबार नारायणी कला मन्दिरमा भएको अवार्ड वितरण कार्यक्रममा यो चलचित्रको 'यी आँखामा तिमी छौ..' वर्षको सर्वोकृष्ट गीत घोषित भयो । जुन गीतबाट गायक प्रेम परियारले अवार्ड हात पारे । यही गीतबाट सर्वोकृष्ट चलचित्र संगीतकारको रूपमा वसन्त सापकोटा र महाराज थापाले उत्कृष्ट संगीत संयोजनको अवार्ड थापे । त्यस्तै यही फिल्मको 'मर्ने कसैलाई रहर हुँदैन...' गीतबाट डा.कृष्णहरि बरालले चलचित्रतर्फको रचनाकारको रूपमा अवार्ड पाए ।
उत्कृष्ट आधुनिक पुरुष गायनतर्फको अवार्ड गायक प्रमोद खरेलले 'छुट्टएिर तिमीसँग...' बाट पाए भने गायिका तर्फ माण्डवी त्रिपाठीले 'तिमी त मेरो...' गीतबाट अवार्ड पाइन् । आधुनिक गीततर्फको संगीत संयोजनको अवार्ड राजकुमार बगरले 'तिमीबिना एकछिन...' बाट र रचनातर्फ राजनराज सिवाकोटीले 'खली...' बाट अवार्ड हात पारे ।
चलचित्र 'बिन्दास २' को ' सुन्छु तिमीले...' गीतबाट चलचित्रतर्फ पुरुष गायनमा शिव परियार र महिला गायनमा मिलन अमात्यले काली फिल्मको 'बट स्लोली...' गीतबाट अवार्ड जित्न सफल भइन् । पप पुरुष गायनतर्फ कमल खत्रीले 'टुक्रेको मुटु...' गीतबाट र महिला पप गायनतर्फ सञ्जना श्रेष्ठले 'सुनौलो बिहानीमा...' गीतबाट अवार्ड पाइन् । पप गायनतर्फको संगीत संयोजनको अवार्ड लोकेश गुरुङले 'पूणिर्माको चन्द्रमा २' बाट पाए भने पप गायनतर्फको रचनाकारको रूपमा 'आवाज देऊ...' गीतबाट योगेन्द्रमणि दाहालले अवार्ड जिते । सर्वोत्कृष्ट पप ब्यान्डको
अवार्ड भने सविन राई एन्ड द इलेक्टि्रक्सले पायो । लोकदोहोरी पुरुष गायनतर्फ पशुपति शर्माले 'चिन्ता
छैन केही...' गीत र महिलातर्फको अवार्ड मञ्जु पौडेलले 'धुवाँ सरी...' गीतबाट हात पारे ।
लोकदोहोरीतर्फको संगीत संयोजनको अवार्ड गायक रामजी खाँडले 'फूल फुलेर ..' गीतबाट र लोकदोहोरीतर्फ नै सर्वोत्कृष्ट शब्द रचनाको अवार्ड शिरीष देवकोटाले 'छ महनिामा धोका...' गीतबाट पाए । कार्यक्रममा पाका चलचित्रकर्मी एवं गीतकार यादव खरेललाई यस वर्षको लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरियो । त्यस्तै लोकदोहोरी गायिका मञ्जु महतलाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ । उत्कृष्ट गजलको अवार्ड गायक आनन्द कार्कीले 'बेखबर बेखबर...' गीतबाट र नवप्रवेशी गायकको अवार्ड ' बहुला...' गीतबाट सुरज थापाले पाए ।
युगल गायनको अवार्ड भने चलचित्र 'नोभेम्बर रेन'को गीत 'पल भर...' बाट युवराज चौलागाईं र रजिना रिमालले हात पारे । सर्वोत्कृष्ट राष्ट्रिय गीतको अवार्ड 'गौतम बुद्ध...' गीतबाट बबिन्द्र नेम्बाङले हात पारे भने स्थानीय गायकको रूपमा 'हल्का हल्का...' गीतबाट भुवन प्यासीले अवार्ड थापे । स्थानीय लोकदोहोरी गायकको अवार्ड भने 'भन्न मन लाग्छ...' गीतबाट तीर्थ सापकोटाले पाए । कार्यक्रममा पप, आधुनिक र दोहोरी गायक गायिकाले गीत गाएर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गराएका थिए ।