ब्राजकी र गौतमलाई पद्मश्री

काठमाडौ — खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य सम्मान मनु ब्राजकीको 'अन्नपूर्णको भोज' कथा संग्रहलाई र पद्मश्री साधना सम्मान साहित्यकार ध्रुवचन्द्र गौतमलाई दिने निर्णय गरेको छ।

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य सम्मान मनु ब्राजकीको 'अन्नपूर्णको भोज' कथा संग्रहलाई र पद्मश्री साधना सम्मान साहित्यकार ध्रुवचन्द्र गौतमलाई दिने निर्णय गरेको छ। साहित्य सम्मानमा दुई लाख रुपैयाँ र साधना सम्मानमा एक लाख रुपैयाँ रहेको छ।
ब्राजकीको नयाँ कथाकृतिमा जीवनका विसंगत पक्षको सूक्ष्म चित्रण, आञ्चलिकता, प्रयोग, बहुलता, व्यंग्यचेत र मनोवैज्ञानिक पक्ष गहिरो प्रस्तुति रहेको बताउँदै पुरस्कृत गरिएको हो। झन्डै पाँच दशकदेखि कथा, उपन्यास, नाटक र संस्मरणका माध्यमबाट नेपाली साहित्यको विकासमा महत्त्वपूर्ण योगदान दिएबापत गौतम छानिएका हुन्।
उनका कृतिहरूमा आञ्चलिकता र प्रयोगका विभिन्न आयामहरूसँगै विशेष गरी तराई र मधेसको जीवनशैली पाइने विज्ञप्तिमा उल्लेख छ। दुवै सम्मान कोजाग्रत पूणिर्माको दिनमा अर्पण गरिने प्रतिष्ठानले जनाएको छ।