समर लभको दोस्रो भाग 'साया' आउँदै

काठमाडौ — लेखक सुविन भट्टराईको उपन्यास समर लभको दोस्रो भाग (सिक्वेल) साया भदौ २३ देखि बजारमा उपलब्ध हुने भएको छ ।

लेखक सुविन भट्टराईको उपन्यास समर लभको दोस्रो भाग (सिक्वेल) साया भदौ २३ देखि बजारमा उपलब्ध हुने भएको छ ।
कथाकी पात्रका लेखक सुबिन भट्टराई समर लभले आम पाठकमाझ परिचित बनाएको थियो । उनको दोस्रो उपन्यास साया पाठकहरुले कौतुहलताका साथ पर्खिरहेका छन् ।
'युट्युवमा सायाको प्रर्बद्धन भिडियो राखेपछि र अनलाइनमार्फत पुस्तक अर्डर गर्न सकिने सुविधा उपलब्ध भएपछि सायाबारे जानकारीका लागि अफिसमा थुप्रै फोनहरु आउन थालेका छन्,' फाइनपि्रन्टकी बजार व्यवस्थापक डेनिसा शाहीले भनिन् ।
उक्त भिडियो पन्ध्र हजारभन्दा बढी मानिसले हेरिसकेका छन् र पाँच सयभन्दा बढी पाठकले पुस्तकको अगि्रम माग गरिसकेका छन्, फाइनपि्रन्टकाका अनलाइन व्यवस्थापक सत्कार ढकालले भने ।
सभर लभमा आमपाठकले आफूलाई पाएका हुनाले उपन्यास युवामाँझ धेरै चर्चित भएको ठान्छन्, लेखक सुविन । उनी भन्छन्, 'उपन्यासका दुई प्रमुख पात्र साया र अतितको प्रेमलाई जुन मोडमा ल्याएर टुङ्याइएको छ, त्यसका कारण पाठकहरुले त्यसको दोस्रो भाग पढ्न लालायित भएका हुन् । कथा त्यहीँबाट नै अगाडी बढाइएको छ ।'
सायाप्रति पाठकको प्रतिक्रिया देखेर आफू हौसिएको बताउँछन् । साया यहि भदौ २३ गतेका दिन प्रज्ञा प्रतिष्ठानमा बिमोचन हुँदैछ ।
सर्वसाधारणलाई खुल्ला रुपमा बोलाइएको सो कार्यक्रममा पुस्तकको बिमोचन नायिका केकी अधिकारीले गर्दैछिन् भने कार्यक्रम संचालन चर्चित आरजे सविना कार्कीले गर्दैछिन् ।