भारी मतले थापा पुनः राप्रपा नेपाल अध्यक्ष निर्वाचित

काठमाडौं — राप्रपा नेपालको अध्यक्षमा पुनः कमल थापा निर्वाचित भएका छन् ।पहिलो महाधिवेशनको अन्तिम दिन मंगलबार भएको निर्वाचनमा थापाले १५ सय ४२ मत पाएका छन् ।

राप्रपा नेपालको प्रथम महाधिवेशनले ६३ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।  विधानअनुसार १ सय २७ सदस्यीय केन्द्रीय समिति रहेकामा थप ६३ जना अध्यक्षले मनोनीत गर्नेछन् । अध्यक्षमा कमल  थापा फेरि निर्वाचित भएका छन् । थापाले अध्यक्षका अर्का प्रत्यासी पद्मसुन्दर  लावतीलाई १३ सय ७४ मत अन्तरले हराएका हुन् । अध्यक्षका प्रत्यासी लावती निवर्तमान सहअध्यक्ष हुन् ।पार्टी प्रचारप्रसार विभागका सदस्य वासुदेव दाहालका अनुसार  २०  महिला, ३१ खुला, ४ मधेसी, ३ जनजाति, २ दलित, १ कणर्ाली, १ प्रवास र  १ मुस्लिमतर्फबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । खुलातर्फ धवल शमशेर राणा (११५८), राजेन्द्र लिङ्देन (११०७), भाष्कर भद्रा (१०६८), चन्द्रबहादुर गुरुङ (१०३८), तारानाथ लुइँटेल (९५६), मोहन श्रेष्ठ (९४१), दीपकबहादुर सिंह (८४६), भक्ति सिटौला (८८१), राजाराम बर्तौला (८६६) र विक्रमबहादुर थापा (७९२) निर्वाचित भएका छन् ।  त्यसैगरी  गोविन्द खनिया (७८०), सुशील श्रेष्ठ (७८९) भरतमणि जंगम (७४६), दिलविकास राजभण्डारी (७३९), राजीव पराजुली (७२९), विष्णु भट्टराई (७२२), रेशम लामा (६७४), मनोज प्रधान (६५९), श्यामबहादुर शाही (६५४), उद्धव थापा (६५२),  राजाराम श्रेष्ठ (६२९) र   रामबहादुर साह (५८१) पनि खुलातर्फका निर्वाचित हुन् ।
 मनोज मल्ल (५५४), केदार कोइराला (४९९),  निरञ्जन थापा (४९५), पदम ठकुराठी (४९४),  भूपाल किराती (४८१), जयन्त खनाल (४६१),  सगुनसुन्दर लावती (४५९), विराज विष्ट (४५०) र  इन्द्र चित्रकार (४४६) पनि खुलातफैर् निर्वाचित भएका छन् । ३१  खुला कोटामा १ सय ५ जना प्रत्यासी थिए । महिलामा १३ जनाका लागि ४८ प्रत्यासी थिए जसमा मीरा राणा (१०९१), कुन्ती शाही (१०३७), अञ्जना शाह रावल (५२४), सीता लुइँटेल (५५०), उषा राणा (६०१), कमला शर्मा (४८३) लगायत निर्वाचित भएका छन् ।
मुस्लिम कोटामा सकलाउद्दीन जसगण (८२१) निर्वाचित भएका छन् जसमा तीन जना प्रत्यासी थिए । जनजातिमा भुजुङ गुरुङ (७९०), रविन चाम्लिङ (४५६), कुलबहादुर गुरुङ ३४९, प्रवासमा प्रेम श्रेष्ठ  (अमेरिका ८९१), कर्णालीमा तीन जना प्रेमबहादुर शाही (४९७), र गणेशकुमारी हमाल निर्विरोध निर्वाचित भएका छन् ।