कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सन् १९४५ मा आजकै दिन : हिटलरद्वारा आत्महत्या 

काठमाडौँ — सन् १९४५ मा आजकै दिन (अप्रिल ३०) मा जर्मन तानाशाह एडोल्फ हिटलरले आत्महत्या गरेका थिए । दोस्रो विश्वयुद्धका दौरान रेड आर्मीले बर्लिन सहर कब्जामा लिएपछि हिटलरले पत्नी एभा ब्राउनसहित आत्महत्या गरेका थिए ।

सन् १९४५ मा आजकै दिन : हिटलरद्वारा आत्महत्या 

१८८९ अप्रिल २० अस्ट्रियाको एक सामान्य परिवारमा जन्मिएका हिटलर २५ वर्षको उमेरमा सैनिक सेवामा भर्ती भएका थिए । प्रथम विश्वयुद्धका बेला जर्मन सेनामा आबद्ध भएका हिटलर पछि राजनीतिमा लागेका थिए । राष्ट्रियताका मुद्दा र राम्रो वाक्पटुताका कारण उनी राजनीतिमा सक्रिय भएको छोटो समयमै निकै चर्चित बने ।

१९३३ मा जर्मनीको चान्सलर बनेपछि उनले राष्ट्रपतिमार्फत संविधान संशोधन गराएर शक्ति आफूमा केन्द्रित गर्न सफल भए । १९३४ मा राष्ट्रपति पाउल भोन हिन्डेनवर्गको मृत्यु भएपछि उनी जर्मनीको सर्वोच्च नेता तथा चान्सलर बनेका थिए ।

६० लाखभन्दा बढी यहुदीको नरसंहार गरेका हिटलरले आफ्नो शासनकालमा देशको भूभाग विस्तार गरेका थिए । तर आफ्नै कारण सुरु भएको दोस्रो विश्वयुद्धमा पराजित भएपछि हिटलर पत्नीसहित आत्महत्या गर्न बाध्य भएका थिए ।

प्रकाशित : वैशाख १८, २०८१ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?