२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१
युवा ग्यालरी

उल्लुको परिभाषा बदल्ने ‘उल्लु सर’

जेष्ठ ३, २०८१

अबुझ, ढिलो बुझ्ने वा अल्छी भनिएका मानिसलाई नेपालमा लाटोकोसेरोसँग तुलना गर्दै भनिन्छ, ‘कस्तो उल्लु जस्तो ?’ अलच्छिन हुने अन्धविश्वास छँदै छ । लाटोकोसेरोको यही बुझाइ बदल्न ढेढ दशकदेखि सक्रिय पो...

गायनमा ‘भर्सटायल’ अस्मिता

सानैदेखि गीत भनेपछि हुरुक्क हुन्थिन् उनी । गीत सुन्ने, गाउने र सुनाउने चाहनाले उनलाई कहिल्यै छोडेन पनि । हुर्किंदै जाँदा गायनमै केही गर्छु भन्ने इच्छासमेत बढ्दै गयो । हँसमुख र चञ्चले उनले घरमा आउने सबैलाई गीत गाएर सुनाउँथिन् । त्यसपछिको प्रशंसाले भने मन फुरुङ्ग हुन्थिन् । झापामा जन्मिएर कक्षा ७ सम्म पढाइ सकेपछि काठमाडौं पसेकी हुन् अस्मिता अधिकारी । 

सन् १९५२ मा आजकै दिन : भारतमा पहिलो जननिर्वाचित प्रधानमन्त्री 

सन् १९५२ मा आजकै दिन (मे १३) मा जवाहारलाल नेहरू भारतको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । भारतमा १९५१–१९५२ मा भएको आमनिर्वानमा भारतीय राष्ट्रिय कंग्रेस (आईएनसी) ले बहुमत प्राप्त गरेसँगै नेहरू प्रधानमन्त्री बन्न सफल भएका थिए ।

‘हार्मोनी’ मा सुगम स्वर

हिन्दी सांगीतिक फिल्म ‘रक अन’ मा कलाकारको समूहले एउटा कन्सर्टमा सहभागी हुन गरेको संघर्ष देखेपछि गायिका इजु जोजिजुलाई लाग्यो, ‘पोखरामा महिला मात्रैको समूह बनाउन पाए !’ आठ वर्षअघि उनको सोचले सार्थकता पायो र जन्मियो ‘हार्मोनी : द मोर्डन सङ स्ट्रेसेस अफ पोखरा ।’

बाघ पछ्याउँदै नागरिक वैज्ञानिक

स्वभाव नै निक्कै जिज्ञासु । बाघहरूको आवतजावत हुने ठाउँ पहिचान उस्तै सिपालु । क्यामरा ट्र्यापको प्राविधिक कामका अनुभव उनी नदी र खोला किनार, डाँडाको बाटो, भन्ज्याङ, दोबाटो र नुनपानीको स्रोत भएको ठाउँ पहिचान गर्छन् ।

दुबईका श्रमिक, इलामका इलमी

दैनिक १२ घण्टा चिया बगानमा रमाइरहन्छन् इलाम–४ जस्बिरेका जयकुमार राई (जेके) । होचो कद, हँसिलो अनुहार र फरासिला उनी रोजगारीका क्रममा सात वर्ष यूएई बसेर फर्केका हुन् । पछिल्लो समय भने उनी जस्बिरे बजारनजिकै चियाको मुना टिप्न र बगान स्याहार्न व्यस्त भेटिन्छन् । चियाखेतीमा रमाइरहेका जेके आफ्नो व्यवसायमा लगनशील त छन् नै, यसको बजार र प्रविधिबारे पनि उत्तिकै जानकार । 

सन् २०१६ मा आजकै दिन : लन्डनमा पहिलो मुस्लिम मेयर 

सन् २०१६ मा आजकै दिन (मे ८) मा बेलायती राजधानी लन्डनको मेयरमा सदिक खान निर्वाचित भएका थिए । लेबर पार्टीबाट उम्मेदवार बनेका खानले कन्जरभेटिभका ज्याक गोल्डस्मिथलाई पराजित गरेका थिए । 

आमाबाट सिकेको सीपले स्वरोजगार

लालझाडी गाउँपालिका–४ मा पर्ने खल्ला जाइँस्थित दोदा नदीको बगर । वरिपरि लौका, काँक्रा, फर्सी र खरबुजा खेती । बगरको बीचमा फुसको छाप्रो । त्यही छाप्रोमुनि डाँडा जाइँकी मन्तुरा राना कपडा सिउने मेसिनमा व्यस्त छिन् ।

सन् २००० मा आजकै दिन : रुसको राष्ट्रपतिमा पुटिन 

सन् २००० मा आजकै दिन (मे ७) मा भ्लादिमिर पुटिनले रुसी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । रुसमा २००० मार्च २६ मा भएको चुनावमा पुटिन ५३.४४ प्रतिशत मतसहित विजयी भएका थिए । पुटिनका निकटतम प्रतिद्वन्द्वी गेनाडी ज्युगानोभले २९.४९ प्रतिशत मत ल्याएका थिए । 

‘लापता लेडिज’: घुम्टोभित्र छोपिएको पितृसत्ता

घुम्टोभित्र छोपिएका र उस्तै रातो साडीमा दुई बेहुली रेलको एउटै डब्बामा छन् । यात्राको बीचमै उनीहरू साटिन पुग्छन् । एक बेहुली रेल्वे स्टेसनमै हुन्छे । त्यसपछि सुरु हुन्छ, ‘लापता लेडिज’ फिल्मको रोमाञ्चक कथा । दुईमध्ये एक बेहुली आफ्नो बेहुला र उसको घर खोज्न संघर्ष गर्छे ।

तीन सयलाई आउट गर्ने माही

अन्तर्राष्ट्रिय क्रिकेटबाट महेन्द्रसिंह धोनीले संन्यास लिएको धेरै भइसक्यो । अब त उनी ४२ वर्षका पनि भइसके । अझै आईपीएल खेलिरहेका छन्, चेन्नाई सुपर किंग्सका लागि । जतिजति बेला उनी ब्याटिङका लागि ओर्लिन्छन्, जहाँसुकै खेलेको खेल भए पनि पूरा रंगशाला गुञ्जायमान हुन्छ । सबैले भनिरहेका हुन्छन्– माही, माही । यो कति साह्रो चर्को हुन्छ भने एउटा घटनाले दर्शाउँछ ।

सन् १९९४ मा आजकै दिन : बेलायत–फ्रान्स सुरुङ मार्ग 

सन् १९९४ मा आजकै दिन (मे ६) मा बेलायत र फ्रान्स जोड्ने सुरुङ मार्ग खुला गरिएको थियो । ‘च्यानल टनेल’ नाम दिइएको सुरुङ मार्ग बेलायती महारानी एलिजाबेथ द्वितीय र फ्रान्सका राष्ट्रपति फ्राँस्वा मितेराँले उद्घाटन गरेका थिए । 

सामाजिक कर्ममा ‘इलाम ग्रिन’

ठीक १२ वर्षअघि अर्थात सन् २०१२ तिर स्थानीय तह कर्मचारीहरूकै अधीनमा थियो । त्यो जनप्रतिनिधिविहीन समयमै पर्यटकीय गन्तव्य इलामलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियानको शंखघोष भएको थियो । त्यस्तै अभियान अन्य जिल्लाले पनि थालेका थिए तर इलाममा जस्तो अन्त प्रभावकारी हुन सकेन ।

अवधी लोककलामा नयाँ पुस्ता

कपिलवस्तु नगरपालिका–१ की २५ वर्षीया खुश्बु खातुन कपिलवस्तु बहुमुखी क्याम्पसमा एमबीएस अध्ययरत छिन् । मुस्लिम समुदायकी उनी अवध क्षेत्रमा बस्ने भएकाले अवधी संस्कृतिमा कला भर्दै छिन् । उनले दीपावलीमा बहिनीले दाजुभाइलाई टीका लगाइदिँदा भित्तामा टाँस्ने चित्र बनाएकी छन् । हरियो रङको क्यानभासमा उनले चन्द्रसूर्य, कलश, स्वस्तिक छाप, कमलको फूल, धनुष, चौका बेलना र त्रिशूलका चिटिक्कका चित्र कोरेकी छन् । 

स्वदेशमै मोटरबोट

कुनै बेला नेपाली टेलिभिजनहरूमा एउटा विज्ञापन बज्ने गर्थ्यो, ‘हामी पृथ्वी, जल, जमिन र आकाशको  सुरक्षा गर्छौं ।’ एउटा इन्स्योरेन्स कम्पनीको विज्ञापनका यी शब्द लमजुङका विष्णुबहादुर ढकालको अपरिपक्व मस्तिस्कमा मजैले गडे । विज्ञापन सुनेपछि उनी यी सबै काम एउटै कम्पनीले कसरी गर्छ भनेर निकै घोत्लिए ।

सन् १९१३ मा आजकै दिन : भारतमा पहिलो फिचर फिल्म

सन् १९१३ मा आजकै दिन (मे ३) मा भारतमा पहिलो फिचर फिल्म ‘राजा हरिषचन्द्र’ को प्रिमियर गरिएको थियो । फिल्मको बम्बे (हाल मुम्बई) स्थित कोरोनेसन सिनेमामा प्रिमियर गरिएको हो ।

शिक्षामा परोपकारी हात

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ की रचना सुनार बालविवाहले जरो गाडेको समुदायमा हुर्किइन् । ६ बहिनी र भाइमध्येकी जेठी हुन् उनी । मध्यम वर्गीय परिवारमा जन्मेहुर्केकी उनलाई पनि अभिभावकले कलिलैमा विवाह गरेर पठाइदिने तयारीमा थिए । १० कक्षामा पढ्दै गरेकी उनी भने विवाहका लागि राजी भइनन् ।

सन् १९९७ मा आजकै दिन : ब्लेयर बेलायतको प्रधानमन्त्री 

सन् १९९७ मा आजकै दिन (मे २) मा बेलायतको प्रधानमन्त्रीमा टोनी ब्लेयर निर्वाचित भएका थिए । उनी कन्जरभेटिभ पार्टीको १८ वर्ष लामो शासन अन्त्य गर्दै प्रधानमन्त्री निर्वाचित भएका थिए । त्योसँगै ब्लेयर १८१२ पछि बेलायतको प्रधानमन्त्री हुने सबैभन्दा कान्छा राजनीतिज्ञसमेत बनेका थिए । 

‘खामोसी’की मनीषा २८ वर्षपछि ‘हिरामन्डी’मा

यतिबेला अभिनेत्री मनीषा कोइराला साह्रै खुसी छन् । उत्तिकै उत्साहित पनि छिन् । उनी अभिनीत सिरिज ‘हिरामन्डी : द डाइमन्ड बजार’ आज (मे १) देखि रिलिज भएको छ । यसलाई नेटफ्लिक्समा हेर्न सकिन्छ ।