कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

बूढानीलकण्ठ खेल महोत्सव : वडाव्यापी फुटबल सुरु

काठमाडौँ — प्रथम बूढानीलकण्ठ नगर सिल्ड खेलकुद महोत्सव बुधबार सुरु भएको छ । वैशाख २२ चल्ने खेलकुद महोत्सवमा कराते, तेक्वान्दो, मुवाँथाई, कुङ्फु, बास्केटबल, फुटबल, ब्याटमिन्टन र एथलेटिक्स गरी ९ हुनेछ । फुटबल बुधबारै सुरु भएको छ ।

बूढानीलकण्ठ खेल महोत्सव : वडाव्यापी फुटबल सुरु

नगरपालिकाका १३ वडाका टिमले भाग लिएको फुटबल प्रतियोगिताको संयोजक सुमन तामाङले उद्घाटन गरे ।

पहिलो खलमा वडा १ ले वडा नम्बर ६ लाई टाइब्रेकरमा पराजित गरेको थियो । त्यसअघि १–१ गोलको बराबरी भएको थियो । वडा नम्बर ४ ले वडा नम्बर २ टिमलाई ४–१ को ले हरायो । वडा नम्बर ३ ले वडा नम्बर १३ विरुद्ध टाइब्रेकरमै जित पायो । वडा नम्बर ८ ले वडा नम्बर ९ लाई ३–० ले हराएको थियो ।

बूढानीलकण्ठ नगरपालिका र बूढानीलकण्ठ खेलकुद विकास बोर्डद्वारा ‘स्वच्छ खेलकुद हाम्रो संकल्प, स्वस्थ रहने राम्रो विकल्प’ भन्ने नारा सहित हुने खेलकुद महोत्सव भइरहेको हो ।

प्रकाशित : वैशाख १९, २०८१ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?