कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

प्लानिङ ब्वाइज भरौलको फाइनलमा

सुनसरी — प्लानिङ ब्वाइज क्लब काठमाडौंले सुनसरीको बराहक्षेत्रमा जारी छैंटौं भरौल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ ।

प्लानिङ ब्वाइज भरौलको फाइनलमा

न्यू स्टार क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको आइतबार प्लानिङले पहिलो सेमिफाइनलमा राष्ट्रिय जागृति क्लब सुनसरीलाई पेनाल्टी शुटआउटमा ५–४ गोलले हराएको हो । जागृतिका प्रवेश दनुवार, सुमित चौधरी, सुदिप खड्का, रमेश राजवंशीले गोल गर्दा उमेश कार्कीको प्रहार ब्वाइजका किपर लोकेश चौधरीले रोकेका थिए । ब्वाइजबाट विशाल दर्जी, विवश मगर, समिर मगर, राजेश शाह र विदेशी खेलाडी स्टेभनले गोल गरेर टिमलाई उपाधि नजिक पुर्‍याए ।

खेलको म्यान अफ द म्याच प्लानिङ ब्वाइजका गोलकिपर लोकेश घोषित हुँदै ५ हजारले जिते । सोमबार सेमिफाइनलमा भारतको कञ्चनजंगा फुटबल क्लब र ब्वाइज युनियन भिड्नेछ ।

चैत्र २२ सम्म चल्ने प्रतियोगितामा दुई भारतीय क्लब सहित ८ टिम सहभागि छन् । ५५ लाख ५१ हजार लागत अनुमान गरिएको प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाख प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृट खेलाडीले २५ हजार र विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही १० हजार प्रदान गरिनेछ ।

तस्बिर : अर्जुन सुवेदी/केटीभी

प्रकाशित : चैत्र १९, २०७९ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×