कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

राष्ट्रिय महिला हक्की प्रतियोगिता : उपाधिका लागि आर्मी र सुदूरपश्चिम भिड्ने

शंकर आचार्य

पर्सा — वीरगन्जमा जारी चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधिका लागि शनिबार नेपाल आर्मी र सुदूरपश्चिम भिड्ने भएका छन् । शुक्रबार वीरगन्जको आदर्शनगर रंगशालामा भएको पहिलो सेमिफाइनलमा आर्मीले गण्डकी प्रदेश टिमलाई ० को विरुद्ध ३ गोलले पराजित गरेपछि फाइनलमा नेपाली आर्मी र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्ने भएका हुन् । 

राष्ट्रिय महिला हक्की प्रतियोगिता : उपाधिका लागि आर्मी र सुदूरपश्चिम भिड्ने

एकतर्फीजस्तै बनेको खेलमा आर्मीले खेल अवधिभर आफ्नो नियन्त्रणमा राख्यो । उसका लागि खेलको आठौं मिनेटमा सिताकुमारी चौधरीले पहिलो गोल गरेर खाता खोलिन् । २५ मिनेटमा अन्जना चन्द ठाकुरीले र ४६औं मिनेटमा निलिमा पाण्डेले गोल गरेर आर्मीको विजय सुनिश्चित गरेका थिए । आर्मीकी सिताकुमारी चौधरी ‘उमन अफ द म्याच’ घोषित भइन् ।

दोस्रो सेमिफाइनलमा मधेस प्रदेशलाई ०-२ गोल अन्तर्गत पराजित गरी सुदूरपश्चिमले फाइनलमा आफ्नो स्थान सुरक्षित बनायो । सुदूरपश्चिमका लागि खेलको १५औं मिनेटमा लक्ष्मी बम र ५६औं मिनेटमा सुनिता नेगीले गोल गरेका थिए । गृह प्रवेश मैदानमै मधेस प्रदेश टिम भने गोलरहित भई निरीह सावित भयो ।

शनिबार मध्याह्न १२ बजे उपाधिका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता सहआयोजक संस्था सानो पाइलाका कार्यक्रम प्रमुख रौनकराज सर्राफले जानकारी दिए ।

वीरगन्जमा जारी चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो सेमिफाइनलमा भिड्दै नेपाल आर्मी र गण्डकी प्रदेशका खेलाडी ।

प्रकाशित : माघ ७, २०७८ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×