२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

बाढीले नाग्म-गमगढी सडक अवरुद्ध 

डीबी बुढा

मुगु — अविरल वर्षापछि आएको बाढीले नाग्म-गमगढी सडक अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको  बाढीले सिंजा गाउँपालिका –२ विष्टवाडास्थित खोलामा सडक अवरुद्ध भएको हो ।

सिंजा-२ का वडाध्यक्ष तीर्थ वडले विष्टवाडा खोलामा ठूलो बाढी आएको बताए । खोलामा सवारी साधान आवतजावत गर्न सक्ने अवस्था छैन । उनले भने,´सवारी साधन खोला वारि र पारि रोकिएका छन् । यात्रु अलपत्र परेका छन् । वर्षा नरोकिएकाले तत्काल सडक खुल्ने सम्भावना छैन ।' बाढीले मार्सीधानका खेतसमेत पुरिएका छन् ।

यसैगरी सिंजा-३ नराकोटमा हिमा नदीको बहाव बढेपछि आवतजावत अवरुद्ध भएको छ ।

प्रकाशित : श्रावण ४, २०७९ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?