कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

भेरीमा महिलाको शव भेटियो

विप्लव महर्जन

सल्यान — जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्ता गाउँपालिकाको सीमा राकमस्थित भेरी नदीमा महिलाको शव भेटिएको छ । प्रहरीले मंगलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी गीता बिकको खोजतलास गर्ने क्रममा महिलाको शव भेटिएको हो । 

भेरी नदीमा भेटिएको शव बन्गाड कुपिण्डे नगरपालिका ३ पोखरा निवासी वर्ष ४० की पावर्ती कामीको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार उनी केही दिनदेखि हराइरहेकी थिइन् ।

राकम बीचमा रहेको पुरानो फेरीको लहरामा अल्झेको अवस्थामा प्रहरीले शव फेला पारेको प्रहरी नायव उपरीक्षक खड्काले जनाए । उनका अनुसार मानसिक रोगी रहेकी बिक कहिले कहाँबाट कराएकी थिइन् भन्ने खुलेको छैन ।

मंगलबार दिउँसो पौडी खेल्ने क्रममा हराएकी बालिका गीता बिकको शव भने अहिलेसम्म नभेटिएको उनको भनाइ छ ।


प्रकाशित : जेष्ठ १७, २०७९ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?