कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिनका लागि बन्द

बुटवल–भैरहवामा ४३ डिग्री सेल्सियस तापक्रम मापन, घरभित्रै बस्न चिकित्सकको आग्रह
घनश्याम गौतम

बुटवल — अत्यधिक गर्मी बढेपछि बिहीबारदेखि बुटवलका विद्यालय दुई दिनका लागि गरिएको छ । बुटवल उपमहानगरपालिकाले सूचना जारी गर्दै गर्मी बढेको, तातो हावा चल्न थालेको र विद्यार्थी बिरामी पर्न सक्ने भन्दै दुई दिनका लागि विद्यालय बन्द गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको हो । 

अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिनका लागि बन्द

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले केही दिनदेखि चलेको तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै बिहीबार र शुक्रबार उपमहानगरपालिका क्षेत्रभित्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए । ‘बिहानैदेखि चर्को घाम र तातो हावा चल्ने गरेको छ, त्यसले विद्यालयका बन्द कोठामा विद्यार्थी बिरामी पर्न सक्छन्,’उनले भने, ‘अभिभावकबाटै केही दिन विद्यालय बन्द गर्नु पर्‍यो भन्ने आग्रह आएपछि दुई दिन बन्द गर्ने निर्णय गरेका हौं ।’ अहिले गरिएको गर्मी बिदा वार्षिक बिदामा कटौती गर्ने गरी व्यवस्थापन गर्न पनि विद्यालयहरूलाई निर्देशन गरिएको उनले बताए ।

वैशाखको पहिलो सातादेखि नै बुटवल–भैरहवा क्षेत्रमा गर्मी बढ्दै गएको छ । पछिल्लो एक साताको तापक्रम ३८ देखि ४३ डिग्रीसम्म मापन भएको छ । बिहानैदेखि तातो हावा चल्ने गरेको छ । मंगलबार र बुधबार बुटवलमा ४२ र भैरहवामा ४३ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । सडकको धूलो धुँवासँगै लामो समय पानी नपर्दा वायुमण्डल दूषितबन्दै गएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत फिजिसियन डाक्टर हरि पन्थीले गर्मी बढेपछि अस्पतालहरूमा बिरामीको भिड लाग्न थालेको बताए । रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला, शरीर सुख्खा हुने, हाडजोर्नी दुख्ने, अचानक बेहोस हुने जस्ता समस्या लिएर बिरामी आउन थालेको उनको भनाइ छ । ‘त्यो सबै गर्मीकै कारण देखिने लक्षण हुन्,’उनले भने, ‘घरभित्रै बस्ने र प्रशस्त पानी र झोलिलो खानेकुरा खानु नै उत्तम हुन्छ ।’ अत्याधिक गर्मी र तातो हावाले शरीर थाकेजस्तो हुने, कमजोरीपन महसुस हुने, आँख ाधमिलो हुनेलगायतका समस्या पनि देखिने उनले बताए ।

प्रकाशित : वैशाख २०, २०८१ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?