बर्दियामा बेवारिसे काठ बरामद
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
बर्दिया — प्रहरीले मंगलबार गुलरिया नगरपालिका—८ बाट साल जातका काठ बरामद गरेको छ । अवैध काठ तस्करी रोक्ने अभियानअन्तर्गत हिँडेको प्रहरी गस्तीले गुलरियास्थित सर्यु खोलाको अजम्बरी (बेसरम) घारीमा ८ थान साल जातको गोलिया काठ बरामद गरेको जनाइएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-0762024075620.gif)
![बर्दियामा बेवारिसे काठ बरामद](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/third-party/kath-2062023012256-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हिक्मतबहादुर बोहोराले उक्त काठ ५० दशमलव ७९ क्युफिटको रहेको जनाए । करिब १ लाख १ हजार ५ सय रुपैयाँ मूल्यको काठ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पठाएको उनले जनाए ।
पाँच दिनअघि गुलरिया नगरपालिका—१ गाउँ नम्बर १० खैरापुरस्थित बारीमा बेवारिसे अवस्थामा राखिएको काठ बरामद गरेको थियो । बरामद गरिएको ३० दशमलव ६७ क्यूफिट काठ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बर्दिया पठाइएलगत्तै शुक्रबार ठूलो परिमाणको काठ बरामद गरेको छ । यसै वडाको गाउँ नम्बर १६ मा ८८ दशमलव ६५ क्युफिट काठ बेवारिसे अवस्थामा फेला परेको छ । काठ करिब ३ लाख ३४ हजार ६ सय मूल्यको रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डिएसपी बोहोराले बताए ।