कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

निलम्बित डीएसपी ठगबहादुर केसीमाथि अनुसन्धान सुरु

बुटवल — ­सुन काण्डमा मुछिएका निलम्बित प्रहरी नायव उपरीक्षक डीएसपी ठगबहादुर केसीमाथि अनुसन्धान सुरु भएको छ । व्यवसायीको ३५ तोला सुन र २५ लाख रुपैयाँ हिनामिनाको आरोपमा निलम्बनमा परेका केसीमाथि छानबिन गर्न गठित समिति बुधबारदेखि बुटवल आएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले बताएको छ ।

निलम्बित डीएसपी ठगबहादुर केसीमाथि अनुसन्धान सुरु

अनुसन्धानका लागि प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङको नेतृत्वमा समिति गठन भएको थियो । समितिले एक महिनाभित्र अनुसन्धान प्रतिवेदन बुझाउने जिम्मा पाएको छ । समितिको प्रतिवेदनका आधारमा केसीमाथि थप कारबाही अगाडि बढाउने रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताए ।

इलाका प्रहरी कार्यालय वुटवलमा कार्यरत डीएसपी केसीले व्यापारीको सुन र रकम गायब गरिदिएको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो । केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पुस १४ मा निलम्बन गरेको थियो ।

प्रकाशित : पुस २०, २०७९ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×