कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

चौपाया हत्याको आरोपमा तीन जना पक्राउ

आश गुरुङ

लमजुङ — चौपाया हत्याको आरोपमा मनाङमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका-६, माथिल्लो मनाङ गाउँबाट उनीहरुलाई पक्राउ गरिएको मनाङ प्रहरीले जनाएको छ । 

चौपाया हत्याको आरोपमा तीन जना पक्राउ

प्रहरी प्रमुख डीएसपी नरेशकुमार सिंहका अनुसार गाई हत्या आरोपमा डोल्पाको काकोट गाउँपालिका-९ का ५० वर्षीय धोर्जे गुरुङ, गोरखाको आरुघाट गाउँपालिका-१ का ३५ वर्षीय सोमबहादुर गुरुङ र ५८ वर्षीय माहिला गुरुङलाई पक्राउ गरिएको हो । उनीहरु ङिस्याङमा ज्याला मजदुरी गरेर बस्थे ।

उनीहरुले आइतबार साँझ मनाङ डिस्याङ गाउँपालिका-६, माथिल्लो मनाङमा ढुक्टा गुरुङको लुलु प्रजातिको गाईलाई कामीबहादुर गुरुङको घरमा लगेर मासु खाने प्रायोजनको लागि हत्या गरेको जानकारी आएपछि खटिएको प्रहरी टोलीले पक्राउ गरेको डीएसपी सिंहले बताए ।

प्रकाशित : वैशाख १७, २०८१ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?