कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पूर्वी नवलपरासी कांग्रेसको उपसभापतिमा राना र घिमिरे विजयी

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासी कांग्रेसको उपसभापतिमा चन्द्रबहादुर राना विजयी भएका छन् । पूर्णसिंह रानालाई १ सय ६६ मत अन्तरले पराजित गर्दै राना विजयी भएका हुन् ।

पूर्वी नवलपरासी कांग्रेसको उपसभापतिमा राना र घिमिरे विजयी

मध्यविन्दु नगरपालिकाका मेयरसमेत रहेका रानाले ७ सय ४८ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी पूर्णसिंहले ५ सय ८२ मत प्राप्त गरे । अर्का उपसभापतिमा बालकृष्ण घिमिरे विजयी भएका छन् ।

पूर्वी नवलपरासीमा रामचन्द्र पौडेल, शशांक कोइराला र देउवानिकटका जिल्ला नेताहरुले गठबन्धन बनाएर उम्मेदवार तय गरेका थिए । पूर्वी नवलपरासीमा जिल्ला सभापतिमा महेन्द्रध्जव जिसी निर्विरोध निर्वाचित भइसकेका छन् ।

उपसभापति २, सचिव २ र सहसचिव २ सहित अन्य सदस्य र महासमिति सदस्यमा मतदान भएको हो । सचिवमा पत्रकार होमराज रानाभाट, महेन्द्र पोखरेल, सहसचिवमा उदय अर्याल र राजेश पौडेल विजयी भएका छन् ।

प्रकाशित : फाल्गुन २३, २०७८ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?