कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०९

पक्की पुल बगाएपछि...

सम्झना रसाइली

तनहुँ — व्यास नगरपालिकास्थित छाब्दीखोलामा आएको बाढीले वडा १ र १३ जोड्ने पक्की पुल बगाएपछि जिल्लाको दक्षिणी भेगका बासिन्दाको सदरमुकामसँग सहज पहुँच टुटेको छ  । बुधबार रातिको बाढीले पुल भत्काएपछि बेलबास, पोखरीभन्ज्याङ, बेनिकोट, गुदी, मास्दी, धरमपानी, छिपछिपेलगायत देवघाट र बन्दीपुर गाउँपालिकाका ग्रामीण क्षेत्रका बासिन्दाको आवतजावतमा ठप्प भएको हो  ।

पक्की पुल बगाएपछि...

बाढीले पुल भत्काएपछि सदरमुकामसँग जोडिने बुद्धसिंह मोटरमार्ग, केशवटार मोटरमार्ग र यसअन्तर्गतका भित्री ग्रामीण सडक पूर्ण रूपमा बन्द भएका छन् ।

पुल भत्किएसँगै बजार आउजाउसँगै उत्पादित कृषि उपजको बजारीकरण, स्वास्थ्य उपचार सेवा, यातायात, खाद्यान्यलगायत सेवासुविधाबाट वञ्चित हुनु परेको बुद्धसिंह मोटरमार्गका संस्थापक अध्यक्ष यमबहादुर आलेले बताए । उनले भने, ‘यस क्षेत्रका बासिन्दाले आफूले उत्पादन गरेको दूध तरकारी बिक्रीवितरणका लागि दमौली आउजाउ गर्थे । पुल भत्किएपछि अहिले सबै ठप्प भएको छ ।’

‘यस भेगमा धेरैजसो कृषकको बसोबास छ, आफूले उब्जाएका कृषि उपज बजारमा लगेर बिक्रीवितरण गरी आवश्यक खाद्यान्न लिएर आउँथे’, उनले भने, ‘२० वर्षअघि बनेको पक्की पुलले गाउँमा ल्याएको विकास पुल भत्किएपछि सबै बगाएर लगेको छ । हाम्रो विकास २० वर्ष पछाडि धकेलिएको महसुस भएको छ ।’

प्रकाशित : असार १९, २०७८ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?