चितवन — चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ । नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ ।
निकुञ्जको प्राविधिक टोली अनुसन्धानका लागि मृत गैंडा भेटिएको स्थानमा गएको छ । गैंडा बूढो भएर मरेको आकलन गरिएको छ ।