कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सिन्धुली कारागारको पर्खाल निर्माणमा रोक

राजकुमार कार्की

सिन्धुली — कारागार भवनको निर्माणाधीन पर्खाल गुणस्तरहीन भएको भन्दै निर्माणकार्य रोकिएको छ । कारागार भवनसहितको निर्माणको ठेक्का पाएको डाँफे–धुलिखेल सञ्जीवनी ब्रदर्स जेभी कम्पनीले निर्माणमा चरम लापरबाही गरेको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

सिन्धुली कारागारको पर्खाल निर्माणमा रोक

‘गुणस्तरहीन काम भएको देखिएको छ । कारागारजस्तो संवेदनशील ठाउँको निर्माणमा यस्तो लापरबाही सह्य हुन्न,’ उनले भने । प्राविधिक रिपोर्ट नआएसम्मका लागि निर्माण रोकिएको उनले सुनाए । कारागारको नयाँ भवन निर्माण र दुई घेराको पर्खाल बनिरहेको छ ।

तीन वर्षअघि निर्माण सुरु भएको भवन तथा पर्खालको काम गतवर्ष नै सम्पन्न हुनुपर्ने थियो । तर काम अझै पूरा भएको छैन । डाँफे कन्स्ट्रक्सनका प्राविधिक श्याम पहरीले पेटी ठेकेदारले बदमासी गरेको स्विकारे । ‘हामी भत्काएर फेरि नयाँ बनाउँछौं,’ उनले भने ।

प्रकाशित : वैशाख २३, २०७८ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×