कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

थुलुङ दुधकोशीमा १० घर जलेर नष्ट

सोलुखुम्बु — थुलुङ दुधकोशी गाउँपालिकामा आगलागीबाट १० घर जलेर नष्ट भएका छन् । बुधबार दिउँसो २ बजे गाउँपालिकाको वडा नम्बर ३ पन्चनमा हावाले उडाएर ल्याएको आगो गाउँमा पस्दा २ घण्टाको अवधिमा १० घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  

थुलुङ दुधकोशीमा १० घर जलेर नष्ट

आगलागीबाट पन्चन लुस्कुका ३ घर च्युरिखर्कका ७ गरी १० घर जलेर पूर्णरुपमा क्षति भएका छन् भने गोठ र खोर समेत जलेका छन् ।

आगलागीबाट लोस्कुकी बुद्धिमाया चर्माकरको ढुङ्गा माटोले बनेको, खरले छाएको २ तले घर, पुर्ण बहादुर अधिकारीको खरले छाएको २ तले घर, खाम्सेकुका हस्तीमाया राईको खरले छाएको २ तले घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै सोही वडाको चिउरिखर्कमा पारसमणि राईको ३ तले घर, बडीसुवा राईको ३ तले घर, उत्तर कुमार राईको २ तले घर, विदुर कुमार राईको २ तले २ वटा घर, निसान राईको २ तले घर र टिका ध्वज राईको २ तले घर जलेर नष्ट भएको डिएसपी द्वारिका घिमिरेले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीय बासिन्दा सक्रिय रुपमा लागेका छन् ।

प्रकाशित : वैशाख १९, २०८१ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?