कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मनाइयो 'मे' दिवस [तस्बिरहरु]

तस्बिर : दीपक केसी

काठमाडौँ — आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् । नेपालमा मजदुरहरुको अधिकार सुनिश्चित गर्न माग गर्दै विभिन्न सचेतनामूलक कार्यक्रमसहित 'मे' दिवस मनाइदैछ ।

मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्नेछ । नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ । दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय कमिटीले भृकुटीमण्डपमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमअघि विभिन्न मजदुर संघसंगठनहरुले र्‍याली निकालेका थिए । विभिन्न चोकबाट आएका र्‍यालीहरु नयाँ सडकबाट एउटै र्‍यालीमा परिणत भइ भृकुटीमण्डप पुगेर सभामा परिणत भएको समितिका महासचिव प्रेमप्रसाद खनालले जानकारी दिए । सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा दिवसको थालनी भएको हो ।


प्रकाशित : वैशाख १९, २०८१ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्