कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४७

खडेरीले सुख्खा गाउँ [तस्बिरहरु]

हरिहरसिंह राठौर

जाजरकोट — अघिल्लो भदौदेखि पानी नपरेपछि जाजरकोटको पश्चिमी भेगका गाउँ सुख्खाग्रस्त बनेका छन् । वर्षा नभएपछि यो वर्ष किसानले गहुँ र जौवालीको खेती समेत गर्न पाएनन् । त्यसो त पहाडी गाउँमा मात्रै हैन, छेडाखोला किनारका बस्तीहरु समेत यो वर्ष सिँचाइ अभाव झेलिरहेका छन् । भूकम्पपछिको चर्को खडेरीले भएका मुहान पनि सुकेपछि खानेपानीको हाहाकार भएको छ ।

घरछेउबाटै मध्यपहाडी राजमार्गमा यदाकदा सवारी साधनअहरु कुद्छन् । तर स्थानीयबासीहरुको आम्दानीको श्रोत छैन । युवाहरु विदेसिनु र वचेका कमाई गर्न परम्परागत पेशा कालापार (भारत) जानुको विकल्प छैन । छेडागाड नगरको मध्यपहाडी राजमार्ग छेउछाउका वडावन, साल्मा, सुवानाउली, दशेरा, झाप्रा, पजारु लगायतका बस्ती यतिखेर खडेरीले हाहाकार भएका छन् ।


प्रकाशित : वैशाख १७, २०८१ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्