आदेश त दियो प्रशासनले, तर रोक्न सकेन भीड [तस्बिरहरू]
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
सिन्धुली — सिन्धुली–जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा कोरोना संक्रमणको पर्वाह नगरीकन नागरिकता, राहदानी सिफारिस र राष्ट्रिय परिचयपत्र लगायतका काम गर्न आउने सेवाग्राहीको घुइँचो लागेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि ९ बुँदे आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालयमा नै सेवाग्राहीको चाप बढेपछि संक्रमणको थप जोखिम बढेको छ।
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/miscellaneous/vid-sindhuli-2112022121329-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/miscellaneous/sindhulicdo-1-2112022121400-1000x0.jpg&w=1001&h=0)
राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि प्रशासन कार्यालयमा यतिबेला ठूलो संख्यामा सेवाग्राहीहरू घण्टौंसम्म लाइन बसेका छन् । नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी सिफारिस र मतदाता नामावलीमा नयाँ नाम समावेश गर्न समेत सेवाग्राहीको भीड बढेपछि जोखिम बढेको कर्मचारीहरू बताउँछन् । जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरू भने संक्रमित भई घर बस्ने क्रम बढ्दो छ । प्रशासनका आधाजसो कर्मचारीहरू संक्रमित भएपछि घरमै बसेका छन् । ‘सेवाग्राहीलाई नआउनुस् पनि भन्न नमिल्ने, डरमाथि डर थपियो,’ एक कर्मचारीले भने । संक्रमण नियन्त्रणका लागि सरकारी मापदण्ड लागू गर्ने कार्यालयमा नै भीड बढेपछि प्रशासनले पालिका अनुसार क्लस्टर छुट्याएर सेवाग्राहीको काम गर्न लागेको जनाएको छ ।
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/sindhulicdo2-2112022121429-1000x0.jpg&w=1001&h=0)
सेवाग्राहीको चाप कम गर्न सातामा ६ दिन ९ पालिका विभाजन गरी दुई दिनको पालो लगाइएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । साताको आइतबार र सोमबार कमलामाई नगरपालिका, गोलन्जोर र फिक्कल गाउँपालिका, मंगलबार र बुधबार दुधौली नगरपालिका, तीनपाटन र सुनकोसी गाउँपालिका, बिहीबार र शुक्रबार घ्याङलेख, मरिण र हरिहरपुरगढी गाउँपालिकाका सेवाग्राहीको मात्र काम हुने प्रजिअ न्यौपानेले बताए ।
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/sindhuli-cdo-2112022121454-1000x0.jpg&w=1001&h=0)
तर सेवाग्राहीलाई कार्यालयको मूल गेटमै खोप कार्ड अनिवार्य देखाएर मात्र भित्र आउन अनुमति दिइएको प्रशासनले जनाएको छ । सिन्धुलीमा तीन सयको हाराहारीमा कोरोना संक्रमित रहेका छन् । चेकजाँच नगराएका घरैपिच्छे बिरामी रहेकाले यो संख्या ठूलो हुनसक्ने आकलन गरिएको छ । सिन्धुली अस्पतालको मूल गेटमा पहिलो र दोस्रो डोज खोप तथा अग्रपंक्तीमा खटिनेहरूलाई बुस्टर डोज खोप दिन थालिएको छ ।