कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

नेविसंघको केन्द्रीय प्रवक्तामा सुरज सेजुवाल नियुक्त

काठमाडौँ — नेपाल विद्यार्थी संघको प्रवक्तामा सुरज सेजुवाल नियुक्त भएका छन् । अध्यक्ष दुजाङ शेर्पाले अधिवक्तासमेत रहेका केन्द्रीय सदस्य सेजुवाललाई नेविसंघ केन्द्रीय समितिको प्रवक्ता तोकेका हुन् ।

नेविसंघको केन्द्रीय प्रवक्तामा सुरज सेजुवाल नियुक्त

महाधिवेशन गर्न नसकेर तदर्थ समितिकारुपमा गठित नेविसंघ वर्तमान केन्द्रीय समितिमा पदाधिकारी छैनन् । अध्यक्ष शेर्पाले सेजुवाललाई केन्द्रीय समितिको प्रवक्ताको जिम्मेवारी तोकेर चिठी दिएका हुन् ।

जुम्लाका सेजुवाल नेपाल ल क्याम्पसमा नेविसंघ सभापति हुँदै केन्द्रीय समितिमा आएका हुन् । उनले २०७३ सालदेखि गुणस्तरीय कानुनी शिक्षा एवं कानुन विश्वविद्यालय स्थापनार्थ 'कानुनी शिक्षा सुधार अभियान' को संयोजकत्व गर्दै आएका छन् ।

प्रकाशित : वैशाख १९, २०८१ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?