३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न सभामुख सापकोटा प्रधानमन्त्रीको निवास बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

भेटमा प्रतिनिधिसभामा छलफलको क्रममा रहेका विभिन्न विषय र समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले प्रधानमन्त्री र सभामुखबीच नियमित भेटघाटको रुपमा छलफल भएको जानकारी दिए । ‘यो नियमित भेटघाट हो । सदन चलिरहेको बेला यस्तो भेट भइरहन्छ,’ उनले भने, ‘समसामयिक विषयमा छलफल भयो ।’

सभामुखको सचिवालयले संसदीय समितिका सभापति र उपसभामुख चयनबारे छलफल भएको जानकारी दिएको छ । 'प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीचको भेटमा प्रतिनिधिसभा अन्तरगतको राज्यव्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको हो,' सभामुखको सचिवालयले भनेको छ, 'उहाँहरूबीच नागरिकतालगायत विचाराधीन विधेयकहरू र उपसभामुख चयनका विषयमा पनि छलफल भएको छ ।'

प्रकाशित : जेष्ठ २२, २०७९ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?