डढेलो बस्तीमा पसेपछि पाल्पाको हेक्लाङ र रामपुरमा ३७ घरगोठ जलेर नष्ट  

वैशाख २०, २०८१ १२:४९

पाल्पाको रामपुर नगरपालिका ४ र ५ का साथै पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि ३७ घरगोठ जल्दा लाखौंको धनमान नष्ट भएको छ । 

वेस्ट इन्डिजको फेरि पहिला ब्याटिङ, नेपाली टोलीमा ८ खेलाडी परिवर्तन

वैशाख २०, २०८१ १२:३६

वेस्ट इन्डिज ‘ए’ ले ट्वान्टी २० क्रिकेट शृंखलाको चौथो खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । वेस्ट इन्डिजले बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । वेस्ट इन्डिजले यसअघिका तीन खेलमा पनि टस जितेर ब्याटिङ गरेको थियो ।

लागूऔषध कारोबारीविरुद्ध नेपाल–भारत सीमा सुरक्षाको संयुक्त अपरेसन

वैशाख २०, २०८१ ११:२७

मौलाउँदो लागूऔषध कारोबारविरुद्ध नेपाल–भारत सीमा क्षेत्रका सुरक्षाकर्मीहरूले संयुक्त अपरेसन सुरु गरेका छन् । गत चैत्र अन्तिम साता भारतको पलियामा भएको सुरक्षाअधिकारीको समकक्षी बैठकमा कैलालीको तर्फबाट लागूऔषधको कारोबारमा संलग्नहरूविरुद्ध अपरेसन गर्ने सहमति भएको थियो ।

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

वैशाख २०, २०८१ ११:१०

धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा दम्पतीको मृत्यु भएको छ । गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा ७० वर्षीया पत्नी ठूली लामा र तेजको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताए । घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ । 

क्यानडास्थित नेपाली दूतावासले भन्यो : पढ्न आउनूअघि धेरै कुरा बुझ्नू

वैशाख २०, २०८१ १०:१९

क्यानडास्थित नेपाली राजदूतावासले क्यानडा आउनुअघि धेरै कुरा बुझ्न विद्यार्थीहरूलाई आग्रह गरेको छ । राजदूतावासले अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीहरूको सचेतनाका लागि एक सूचना जारी गरेको छ । राजदूतवासले विद्यार्थीहरूलाई  आफू पढ्ने कलेज/विश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा आइसकेपछि रहनु पर्ने परिवेश जस्तै भाषा, सांस्कृतिक भिन्नता, बस्नेखाने खर्चको प्रबन्ध  र स्वास्थ्य बिमा आदिका बारेमा पूर्ण अध्ययन गर्न अनुरोध गरेको छ ।

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छ : अर्थमन्त्री पुन 

वैशाख २०, २०८१ ०९:५९

अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् । मन्त्री पुनले बुधबार साँझ पूर्वअर्थसचिवहरू, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरूसँग सुझाव लिएका हुन् । छलफलका सहभागीले यथार्थपरक र कार्यान्वयन हुन सक्ने बजेट ल्याउन सुझाए ।

मौसममा सुधार आएपछि झन्डै एक सातापछि पोखरामा उडान नियमित

वैशाख २०, २०८१ ०९:५०

मौसममा सुधार आएसँगै पोखरा विमानस्थलबाट उडान नियमित हुन थालेको छ । डढेलोको धुवाँ, धूलो मिसिएको तुँवालो (हेज र मिस्ट) का कारण शुक्रबारदेखि पोखरा विमानस्थल प्रभावित भएको थियो । 

घरको भित्तामा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

वैशाख २०, २०८१ ०९:३४

मोटरसाइकल अनियन्त्रित भएर घरको भित्तामा ठोक्किँदा चितवन रत्ननगरमा दुई जनाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक र पछाडि बसेका व्यक्ति रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिनका लागि बन्द

वैशाख २०, २०८१ ०८:५७

अत्यधिक गर्मी बढेपछि बिहीबारदेखि बुटवलका विद्यालय दुई दिनका लागि गरिएको छ । बुटवल उपमहानगरपालिकाले सूचना जारी गर्दै गर्मी बढेको, तातो हावा चल्न थालेको र विद्यार्थी बिरामी पर्न सक्ने भन्दै दुई दिनका लागि विद्यालय बन्द गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको हो । 

‘देवी’ को साक्षी टोरन्टो

वैशाख २०, २०८१ ०८:४८

मुट्ठी उचाल्नु वा वादविवाद गर्नुका अतिरिक्त चित्त नबुझेका मामिलामा विरोध जनाउने अनेकन् तरिका छन् । र, यस्ता तरिकाका पनि अनेकन् शैली छन् । पत्रकार सुविना श्रेष्ठलाई नेपालको दसवर्षे सशस्त्र संघर्षमा बलात्कृत महिलालाई पीडितको पहिचान पनि दिन इन्कार गर्ने राज्य संयन्त्रको व्यवहार पटक्कै चित्त बुझेको थिएन ।

वैदेशिक रोजगारमा सुशासन 

वैशाख २०, २०८१ ०७:३२

वैदेशिक रोजगारी नेपाली युवाको रोजगारीको एक प्रमुख क्षेत्र बनेको छ । बर्सेनि श्रम बजारमा भित्रिने झन्डै तीन चौथाइ युवालाई वैदेशिक रोजगारीले नै अवसर प्रदान गरेको छ भने अर्थतन्त्रको मेरुदण्डका रूपमा यसले स्थान लिएको छ । विदेशी मुद्रा आर्जन मात्रै होइन, गरिबी निवारणमा प्रमुख योगदानकर्ताका साथै विप्रेषणको अग्रणी स्रोतको रूपमा समेत यो क्षेत्र रहेको छ । 

उपनिर्वाचनको विरासत

वैशाख २०, २०८१ ०७:३०

एक समयको कुरा हो । एक समझदार मान्छे थियो । यो कथा त्यो समझदार मान्छेको होइन, त्यो समयको हो । जसमा समझदार मान्छे चुप बसेर समझदार बनिरह्यो । समझदार मान्छे शतायु भएर मर्‍यो र जुन बखत त्यो कुनै तरिकाले बाँचेको थियो, त्यो समय स्वर्णकाल कहलियो ।’ 

शिक्षामा परोपकारी हात

वैशाख २०, २०८१ ०७:२०

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ की रचना सुनार बालविवाहले जरो गाडेको समुदायमा हुर्किइन् । ६ बहिनी र भाइमध्येकी जेठी हुन् उनी । मध्यम वर्गीय परिवारमा जन्मेहुर्केकी उनलाई पनि अभिभावकले कलिलैमा विवाह गरेर पठाइदिने तयारीमा थिए । १० कक्षामा पढ्दै गरेकी उनी भने विवाहका लागि राजी भइनन् ।

पाल्पाको हेक्लाङ र रामपुरमा डढेलो बस्ती पस्दा २४ बढी घरगोठ नष्ट 

वैशाख २०, २०८१ ०७:०८

पाल्पाको रामपुर नगरपालिका ४ र ५ का साथै पूर्वखोला गाउँपालिकाको हेक्लाङमा जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि २४ बढी घरगोठ जलेर लाखौंको धनमान नष्ट भएको छ । पूर्वखोलाको हेक्लाङमा १६ र रामपुर नगरपालिकाको ४ र ५ मा ८ आठ घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । राति अबेर भएको र हावाहुरीका कारण तथ्यांक संकलनमा समस्या भएको प्रहरीले जनाएको छ । 

चुनाव सकिएपछि यार्चा टिप्न हिमालतिर

वैशाख २०, २०८१ ०७:०२

सुर्मा गाउँपालिकाकी अन्जना बोहरा वैशाख २ मा यार्चा टिप्न लेकतर्फ लागेकी थिइन् । विद्यार्थी राजनीतिमा समेत सक्रिय भएकी उनलाई यार्चाको कमाइभन्दा निर्वाचनको रौनकले तान्यो । बोकेर लगेको सामल डेरामै छाडेर केही दिनमै औल झरिन् ।

अन्धकारमा सडक पूर्वाधार

वैशाख २०, २०८१ ०६:२२

६ वर्ष भयो, नारायणगढ–बुटवल खण्डमा सडक भत्काएर अस्तव्यस्त बनाइएको । १ सय १३ किमि लामो यो सडकको दाउन्ने खण्ड (१४ किमि) को हालत यस्तो छ कि, धूलो उडेर आसपासमै पनि केही देखिँदैन । दुर्घटना नभएको दिन हुँदैन । अव्यवस्थित रूपमा भइरहेको सडक निर्माणले यात्रु सास्ती खेप्न बाध्य छन् । 

विश्वकपलाई छानिए क्रिकेटर

वैशाख २०, २०८१ ०६:१९

साताअघि (बिहीबार) नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’ विरुद्ध पाँच ट्वान्टी–२० खेलको शृंखला खेल्ने १६ सदस्यीय टोली घोषणा गरेको थियो । यहींबाट उत्कृष्ट १५ खेलाडीले अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने निश्चित जस्तै थियो ।

आगलागी : सर्वसाधारणलाई चेतना, पीडितलाई राहत

वैशाख २०, २०८१ ०६:१२

मुलुकका विभिन्न क्षेत्रमा केही सातायता आगलागी र वन डढेलोका घटना बाक्लै भइरहेका छन् । फागुनयता आगलागी–डढेलोमा परी करिब ५० जनाको मृत्यु भइसकेको छ, कैयौं घाइते छन् । आगोले घरसँगै लत्ताकपडा, अन्नपात जलेपछि बिचल्ली बनेका परिवारको संख्या सयौं छ । पछिल्लो समय आगलागी–डढेलोका कारण वायु प्रदूषण बढेर लाखौं मानिस प्रभावित भइरहेका छन् ।

पुरुष अधीनस्थ पहिचान

वैशाख २०, २०८१ ०६:०६

महिलालाई पुरुष स्वामित्वको वस्तु देख्ने राज्यसत्तासँग महिलाको नामबाट मात्रै पनि आफ्नो पहिचान निर्धारण गर्न र सन्तानको कानुन कागजात बनाउन पाउनुपर्छ भन्ने लडाइँ लामो समयदेखिको हो । हुन त राज्य भन्ने अवधारणा र यसको अस्तित्व नै न्यायपूर्ण छैन । त्यसैले महिलामाथिको दमन र उत्पीडनमा खडा भएको राज्यव्यवस्थाले महिलाका लागि निर्माण गर्ने मापदण्ड वा सीमा न्यायपूर्ण हुने कुरै हुँदैन । 

सन् १९९७ मा आजकै दिन : ब्लेयर बेलायतको प्रधानमन्त्री 

वैशाख २०, २०८१ ०६:०४

सन् १९९७ मा आजकै दिन (मे २) मा बेलायतको प्रधानमन्त्रीमा टोनी ब्लेयर निर्वाचित भएका थिए । उनी कन्जरभेटिभ पार्टीको १८ वर्ष लामो शासन अन्त्य गर्दै प्रधानमन्त्री निर्वाचित भएका थिए । त्योसँगै ब्लेयर १८१२ पछि बेलायतको प्रधानमन्त्री हुने सबैभन्दा कान्छा राजनीतिज्ञसमेत बनेका थिए । 

चार्ल्सको शतक

वैशाख २०, २०८१ ०६:०१

विश्वकपका लागि टोली घोषणा गर्ने चटारोबीच नेपालले पहिलो रोजाइका ७ खेलाडीलाई खेलाएको थिएन । त्यसको फाइदा वेस्ट इन्डिज ‘ए’ ले उठायो । टोलीले जोहन्सन चार्ल्सको शतकमा ट्वान्टी–२० क्रिकेट शृंखलाको तेस्रो खेलमा नेपाललाई ७६ रनले हरायो । 

सूचना तथा सञ्चार क्षेत्रको वृद्धि प्रक्षेपण ४.९१ प्रतिशत

वैशाख २०, २०८१ ०५:५७

चालु आर्थिक वर्षमा सूचना तथा सञ्चार क्षेत्रको वृद्धिदर ४.९१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक लेखा तथ्यांक प्रतिवेदनले उक्त अनुमान गरेको हो । कम्प्युटर प्रोगामिङ एवं इन्फर्मेसन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोबार र ताररहित सञ्चार सेवामा भएको वृद्धिका कारण यस क्षेत्रमा सुधार हुने कार्यालयको अनुमान छ ।  

नेपाल-भारत अन्तरदेशीय रेलमार्ग निर्माणले लिएन गति

वैशाख २०, २०८१ ०५:५३

नेपाल–भारत सीमानाकामा अन्तरदेशीय रेलमार्ग निर्माणको कामले अझै गति लिन सकेको छैन । दुई देशबीच समझदारी भएको १४ वर्ष पुग्दा पनि तीन वटा नाकामा काम नै सुरु भएको छैन । निर्माण जारी रहेका नाकाहरूको काम पूरा हुन सकेको छैन । तीन वटा नाकामा विस्तृत अध्ययनको कामसमेत अघि बढाइएको छैन ।

लगानीबाट टाढिएका दुर्गम पहाड

वैशाख २०, २०८१ ०४:१६

आइतबार र सोमबार भएको लगानी सम्मेलनमा सरकारले १२ वटा परियोजनाका लागि आशयपत्र माग गरेको छ । १२ मध्ये ४ वटा आयोजना जलविद्युत् उत्पादनसँग सम्बन्धित छन् । २८१.०४ मेगावाटको नौमुरे बहुउद्देश्यीय जलविद्युत् एवं १२१६ मेगावाटको खिम्ती ठोसे, ३३७.१ मेगावाटको भारभुङ र ६५० मेगावाटको कालीगण्डकी–२ गरी ३ वटा जलाशययुक्त जलविद्युत् आयोजनाहरूको आशयपत्र आह्वान गरिएको हो ।

मजदुर दिवस

वैशाख २०, २०८१ ०४:१५

आफ्ना कलकारखाना बन्द गर्‍यौंअरू देशका सामान चलायौंयुवालाई मजदुरी गर्न विदेश पठाएरआफ्नो देशलाई रित्तो बनायौं

उपनिर्वाचनमा राप्रपाको बिजोग

वैशाख २०, २०८१ ०४:१५

इलाम जिल्ला झापासँग जोडिएको छ । झापा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको जिल्ला हो । उनी झापाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । तर छिमेकी जिल्लामा भएको उपनिर्वाचनमा उनले राप्रपाका उम्मेदवारलाई खसेको मतको १ प्रतिशत मत पनि दिलाउन सकेनन् ।

जंकफुडको लत हटाऔं

वैशाख २०, २०८१ ०४:१४

पछिल्लो समय नेपालमा जंकफुड खानेको सख्या बढेको छ । जंकफुडले मानिसमा स्वास्थ्य समस्या पनि बढाएको छ ।

वाग्मती प्रदेशको भाषा ऐन वैशाख २४ गतेदेखि कार्यान्वयनमा

वैशाख १९, २०८१ २२:४४

आगामी वैशाख २४ गतेदेखि वाग्मती प्रदेशको भाषा ऐन कार्यान्वयनमा आउने भएको छ । प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० पारित भएको एक सय ८० दिन पूरा भई कार्यान्वयनमा आउन लागेको हो । उक्त ऐन विसं २०८० कात्तिक २३ गते वाग्मती प्रदेशसभाबाट पारित भएको थियो ।

पत्रकार चिसाङ शेर्पा पुरस्कृत

वैशाख १९, २०८१ २२:३५

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् खोटाङले पत्रकार चिसाङ शेर्पालाई पुरस्कृत गरेको छ । महासंघको चौथो जिल्ला अधिवेशनको अवसरमा बुधबार शेर्पालाई पुरस्कृत गरिएको हो ।

रुपेशले जिते गणेशमान स्मृति बुद्धिचाल

वैशाख १९, २०८१ २२:३१

नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवालले बुधबार नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् ।

फेन्सिङ संघको महासचिवबाहेक सबै पदमा निर्विरोध

वैशाख १९, २०८१ २२:२४

नेपाल फेन्सिङ संघको पाँचौं चुनावी साधारणसभाले सुनिलकुमार श्रेष्ठलाई अध्यक्षमा पुनः निर्वाचित गरेको छ । राजधानीमा बुधबार सम्पन्न सभामा महासचिवबाहेक अन्य पदमा सर्वसम्मत चयन भएको थियो । महासचिवमा सुजनलाल श्रेष्ठ निर्वाचित भए । उनले अभिषेक कार्कीलाई हराएका थिए ।

देशैभर आगलागी र डढेलो

आगलागीले सखाप बनाएको उजाड बस्तीमा बेला बेला हुरी चल्दा खरानी उडेर मुखसम्मै आइपुग्छ । तैपनि महोत्तरीको मटिहानी–६ जरलहवागाछीका ८० वर्षीय इलिहास अन्सारीलाई बस्तीभन्दा पर जान मन लाग्दैन ।

डढेलो बस्तीमा फैलिएर रामपुरमा ८ घरगोठ जले

वैशाख १९, २०८१ २१:४९

पाल्पाको रामपुर नगरपालिकामा जंगलमा लागेको भीषण डढेलो बस्तीमा फैलिएर ८ घरगोठ जलेका छन् । बुधबार दिउँसोदेखि राम्चे सामुदायिक वनलगायत यस क्षेत्रमा लागेको डढेलो हावाहुरीपछि बस्तीमा फैलिँदा रामपुर–४ को समानसिङ ३ वटा, रेवती पोखरा साथै रामपुर–५ को गैरागाउँ क्षेत्रका ५ घर, गोठ पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । 

बूढानीलकण्ठ खेल महोत्सव : वडाव्यापी फुटबल सुरु

वैशाख १९, २०८१ २१:२०

प्रथम बूढानीलकण्ठ नगर सिल्ड खेलकुद महोत्सव बुधबार सुरु भएको छ । वैशाख २२ चल्ने खेलकुद महोत्सवमा कराते, तेक्वान्दो, मुवाँथाई, कुङ्फु, बास्केटबल, फुटबल, ब्याटमिन्टन र एथलेटिक्स गरी ९ हुनेछ । फुटबल बुधबारै सुरु भएको छ ।

एमाले जुम्लाको अध्यक्षमा महतको प्यानल निर्वाचित

वैशाख १९, २०८१ २१:१२

नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । नवौं जिल्ला अधिवेशनले अध्यक्षमा महतलाई निर्वाचित गरेको हो । अध्यक्ष महतसहित उनको प्यानल पुरै बिजयी बनेको छ । उनले अध्यक्षका अर्का प्रत्यासी धीरेन्द्रराज गिरीलाई ५९ मतान्तरले पराजित गरे ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

वैशाख १९, २०८१ २०:४७

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।

ठोरी भन्सारसँग फेरि जोडिदै चितवन

वैशाख १९, २०८१ २०:०६

पर्सा जिल्लामा पर्ने ठोरी चितवनबाट सबैभन्दा नजिकमा रहेको नाका हो । ठोरीमा चितवन आसपासका पहाडी भुभागका बासिन्दा नुन तेल लिन जाने गर्दथे । पछिल्ला वर्षहरुमा यो क्रम टुटेको थियो । बुधबारदेखि फेरि चितवन र ठोरीलाई जोड्ने कामको सुरुवात भएको छ ।

थुलुङ दुधकोशीमा १० घर जलेर नष्ट

वैशाख १९, २०८१ २०:०१

थुलुङ दुधकोशी गाउँपालिकामा आगलागीबाट १० घर जलेर नष्ट भएका छन् । बुधबार दिउँसो २ बजे गाउँपालिकाको वडा नम्बर ३ पन्चनमा हावाले उडाएर ल्याएको आगो गाउँमा पस्दा २ घण्टाको अवधिमा १० घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  

श्रमिकका ब्यथा : समान कामको असमान ज्याला

वैशाख १९, २०८१ १९:५४

बगनासकाली गाउँपालिका–९, चापपानीकी दिलकुमारी गाहाको अनुहार बुधबार मलिन थियो । मई १ अर्थात् मजदुर दिवस हो भन्ने थाहा थिएन । अझ गाउँपालिकामा बोलाएकाले किन ? के का लागि ? भन्ने मनमा रह्यो । ‘मलाई त पालिकामा बोलाएर आएको हो,’ उनले भनिन्, ‘यो दिवसको विषय भन्दा पनि हाम्रो समस्या राख्न आएको हो ।’

डढेलो बस्तीमा सल्किएपछि ११ घरगोठ जलेर नष्ट

वैशाख १९, २०८१ १९:४६

जिल्लाको छत्रेस्वरी गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिकाको विभिन्न सामुदायिक वनमा लागेको भिषण डढेलो बस्तीमा सल्किएपछि बुधबार ११ घरगोठ जलेर नष्ट भएको छ । डढेलोबाट छत्रेस्वरीमा ७ र बन्गाड कुपिण्डेमा ४ घरगोठ जलेका हुन् । 

नेविसंघको केन्द्रीय प्रवक्तामा सुरज सेजुवाल नियुक्त

वैशाख १९, २०८१ १९:३३

नेपाल विद्यार्थी संघको प्रवक्तामा सुरज सेजुवाल नियुक्त भएका छन् । अध्यक्ष दुजाङ शेर्पाले अधिवक्तासमेत रहेका केन्द्रीय सदस्य सेजुवाललाई नेविसंघ केन्द्रीय समितिको प्रवक्ता तोकेका हुन् ।

इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

वैशाख १९, २०८१ १९:२४

चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर बुधबार दुई जनाको मृत्यु भएको छ ।

पोखरा-मुग्लिन सडक खण्ड : सदरमुकामका बासिन्दाले मुआब्जा लिए, संरचना हटाएनन् 

वैशाख १९, २०८१ १९:११

साविक दुई लेनमा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा खण्डलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । निर्माण पक्षले सडक विस्तारका लागि नाला बनाउने, सडक कालोपत्रे गर्ने, बजार क्षेत्रका भौतिक संरचनाहरु हटाउने, विद्युतका पोल स्थानान्तरण तथा पुल निर्माणका कार्यलाई तीव्रता दिएको छ ।

विश्वकपअगाडि सबैलाई अवसर दिइयो :  कप्तान पौडेल

वैशाख १९, २०८१ १९:०७

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले ट्वान्टी–२० विश्वकपअगाडि सबै खेलाडीबारे जानकारी लिन पनि वेस्ट इन्डिज ‘ए’ सँग बुधबारको खेलमा केही खेलाडीलाई अवसर दिएको बताएका छन् ।  बुधबारको तेस्रो खेलमा नेपालले नियमित कप्तान रोहितसँगै सोमपाल कामी र आसिफ सेखलाई प्लेइङ ११ मा समावेश गरेको थिएन ।

उपनिर्वाचनले इलामका होटलमा ६ करोड बढीको कारोबार

वैशाख १९, २०८१ १९:०४

माङसेबुङ–२ गजुरमुखी बजारस्थित परदेशी होटलकी सञ्चालक निर्मला कटुवाल वैशाख महिनामा निकै व्यस्त भइन् । उपनिर्वाचनमा भाग लिएका राजनीतिक दल, तिनका उम्मेद्वारसँगै विभिन्न पार्टीका नेता कार्यकर्ताको आउजाउले व्यस्तता बढाएको उनले सुनाइन् । गजुरमुखी धार्मिक र पर्यटकीयस्थल हो । शनि, सोम र मंगलबार पाठपूजा र गजुरमुखीदेवीको दर्शन गर्न आउनेको भीड लाग्छ ।

ट्वान्टी-२० विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा 

वैशाख १९, २०८१ १९:०१

ट्वान्टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । 

महोत्तरीका आगलागीपीडितलाई बास उठ्ने चिन्ता, बस्तीमै घर बनाइदिन माग

वैशाख १९, २०८१ १८:५२

महोत्तरीको मटिहानी-६ जरलहवा गाछीका ८० वर्षका वृद्ध इलिहास अन्सारीले आगलागीपछि बस्ती छोड्न मानेनन् । चर्को गर्मी,असहज परिस्थिति र बस्तीमा बतासले बत्याउने धुलोको भूमरीमै परेर पनि उनले सबै ठिक छ, झैं गरिरहे ।