मुलुकको ऊर्जा क्षेत्रको थप प्रवर्द्धन गर्छौः प्रधानमन्त्री

जेष्ठ ४, २०८१ १२:०१

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताको पक्षमा रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरुको छाता संगठन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) को २२औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार निजी क्षेत्रको प्रवर्द्धनकै पक्षमा रहेको बताए ।

सुनको मूल्यमा सामान्य गिरावट

जेष्ठ ४, २०८१ ११:५७

स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो ।

मुलुकको ऊर्जा क्षेत्रको थप प्रवर्द्धन गर्छौः प्रधानमन्त्री

जेष्ठ ४, २०८१ ११:५०

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताको पक्षमा रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरुको छाता संगठन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) को २२औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार निजी क्षेत्रको प्रवर्द्धनकै पक्षमा रहेको बताए ।

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे 

जेष्ठ ४, २०८१ ११:४२

नेपाल लाइफ क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरे नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको १०१ औं बैठकको निर्णय अनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरेको हो ।

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्ञानेन्द्र प्रसाद ढुगांना 

जेष्ठ ४, २०८१ ११:४२

नबिल बैंक लिमिटेडद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुगांनालाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरिएको छ । बिहीबार बसेको नबिल बैंकको सञ्चालक समितिको बैठकले ढुगांनालाई आगामी असार १७ गतेदेखि लागू हुने गरी थप दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त गरेको हो । 

असल कर्जामा १.२० प्रतिशत मात्र नोक्सानी व्यवस्था, घरजग्गामा खरिदमा लचिलो

जेष्ठ ४, २०८१ ११:४०

अब बैंक तथा वित्तीय संस्थाले अचल कर्जामा १.२० प्रतिशत मात्र नोक्सानी व्यवस्था गरे पुग्ने भएको छ । यसअघि यस्तो कर्जामा १.१५ प्रतिशत नोक्सनी व्यवस्था गर्नुपर्ने व्यवस्था थियो । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत असल कर्जाको जोखिमभार केही घटाएको हो ।

नेपाल र अर्मेनियाकाे चेम्बरले व्यापार एवं सूचना प्रविधिमा सहकार्य गर्ने 

जेष्ठ ४, २०८१ ११:३९

नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीबीच आर्थिक क्षेत्र र सूचना प्रविधिमा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा चेम्बर अफ कमर्सका कार्यकारी सदस्य पंकज जालान र अर्मेनिया चेम्बर अफ कमर्सका कार्यकारी निर्देशक एन्ड्रानिक अलेक्सान्यनले हस्ताक्षर गरेका हुन् । 

बैंक तथा वित्तीय संस्थाले एक आर्थिक वर्षमा २० प्रतिशतसम्म सेयर बिक्री गर्न पाउने

जेष्ठ ४, २०८१ ११:३६

अब बैंक तथा वित्तीय संस्थाले एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत सेयर बिक्री गर्न पाउने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामार्फत उक्त व्यवस्था गरेको हो ।

भरुवा बन्दुकसहित पक्राउ

जेष्ठ ४, २०८१ ११:३०

पूर्वी नवलपरासीमा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बौदीकाली गाउँपालिका-६ का ५६ वर्षीय चन्द्रबहादुर सिंजालीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

संसद् सञ्चालनमा सभामुखको भूमिका तटस्थ भएन : कांग्रेस

जेष्ठ ४, २०८१ ११:२७

प्रमुख प्रतिपक्ष दल  कांग्रेसले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सञ्चालनमा तटस्थ भूमिका निर्वाह नगरेको आरोप लगाएको छ । संसदीय दलको शुक्रबारको बैठकले बिहीबार सभामुखले विपक्षीको अवरोधबीच सदन सञ्चालन गर्न खोजेकोमा आपत्ति जनाएको छ  ।

हायर पर्चेज कर्जाको जोखिम भार घट्यो, अब एक सय प्रतिशत मात्र

जेष्ठ ४, २०८१ ११:२२

अब सबै हायर पर्चेज (अटो) कर्जाको जोखिम भार एक सय रुपैयाँ कायम हुने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामार्फत यस्तो व्यवस्था गरेको हो ।

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ : प्रधानमन्त्री 

जेष्ठ ४, २०८१ १०:२१

प्रधानमन्त्री पुष्पकमल दाहालले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न आग्रह गरेका छन् । 

वाग्मती प्रदेशमा दश महिनामा ट्राफिक कारबाहीबाट  १४ करोड ३३ लाख राजस्व संकलन, दुई सय ६१ जनाको मृत्यु

जेष्ठ ४, २०८१ ०९:५५

सवारी दुर्घटना न्यूनीकरण गर्न वाग्मती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि कारबाही गरेको छ । 

आगामी केही दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

जेष्ठ ४, २०८१ ०९:३६

केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।  

जमाना डिजिटल सिग्नेचरको

जेष्ठ ४, २०८१ ०९:३०

कीर्तिपुर नगरपालिकाले इलेक्ट्रोनिक बिल्डिङ (ई–बीपीएस) प्रणालीमार्फत अनलाइनबाटै भवन निर्माण अनुमति वा नक्सा पास सेवा दिन थालेको झन्डै एक दशक भयो । २०७७ सालमा नगरपालिकाले डिजिटल हस्ताक्षर लागू गरेयता नक्सा पास गर्न कीर्तिपुरवासीले कार्यालय धाइरहनुपरेको छैन ।

सन् १९७२ मा आजकै दिन : जर्मनीद्वारा वार्सा सन्धि अनुमोदन

जेष्ठ ४, २०८१ ०९:२५

सन् १९७२ मा आजकै दिन (मे १७) मा पश्चिम जर्मनीले वार्सा सन्धि अनुमोदन गरेको थियो । पोल्यान्डको वार्सामा १९५५ मे १४ मा सोभियत संघ र मध्य तथा पूर्वी युरोपका सात समाजवादी गणराज्यहरूले गरेको सामूहिक रक्षा सन्धि वार्सा प्याक्ट हो ।

संसदीय समिति सभापतिका लागि उम्मेदवारी दर्ता गरिँदै

जेष्ठ ४, २०८१ ०९:१८

वाग्मती प्रदेश सभाअन्तर्गतका पाँच वटा समितिको सभापति पदको निर्वाचनअन्तर्गत शुक्रबार आकांक्षीहरूले उम्मेदवारी दर्ता गर्दैछन् । प्रदेशसभा सचिवालयले निर्वाचनका लागि बिहीबार मतदाता नामावली सार्वजनिक गरेको छ । 

चार किलो गाँजासहित एक जना पक्राउ

जेष्ठ ४, २०८१ ०९:१६

लमजुङ प्रहरीले ४ किलो ३०५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । सुन्दरबजार नगरपालिका ७ का ४२ वर्षीय रामशरण सापकोटालाई प्रहरीले गाँजासहित पक्राउ गरेको जनाएको छ । 

सत्ता गठबन्धनको आरोप : कांग्रेस सत्ता समीकरण भत्काउने मिसनमा लाग्यो

जेष्ठ ४, २०८१ ०९:०६

एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूले सहकारी रकम हिनामिनामा संसदीय छानबिन समिति गठन गर्ने नाममा कांग्रेस सत्ता समीकरण भत्काउने मिसनमा लागेको बताएका छन् । संसद्‍मा प्रस्तुत भइसकेको सरकारको नीति तथा कार्यक्रममा छलफल हुन नदिने, जेठ १५ मा बजेट ल्याउन नदिन सरकारमाथि प्रहार गर्न कांग्रेस संसद्‍मा चर्को रूपमा उत्रिएको सत्ता गठबन्धनका शीर्ष नेतृत्वको निष्कर्ष रहेको छ । 

कार्यक्रम आकर्षक, कार्यान्वयन चुनौतीपूर्ण

जेष्ठ ४, २०८१ ०९:०३

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको २१७ बुँदे नीति तथा कार्यक्रमले धेरैको ध्यान आकृष्ट गरेको छ । खासगरी आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन एवं निर्यात प्रवर्द्धन र देशभित्र रोजगारी सिर्जना गर्न तीनै तहका सरकारलाई जिम्मेवार बनाइने विषय उल्लेख्य छन् ।

बालेन–ओली वाक्युद्ध

जेष्ठ ४, २०८१ ०९:०२

गिरीबन्धु टी इस्टेटको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्ष्य गरी कडा टिप्पणी गरे । टी इस्टेटको १० अर्बभन्दा धेरै मूल्यको जग्गा साटफेर गर्न दिने ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले सर्वथा अनुचित भनेको उल्लेख गर्दै बालेनले उक्त जग्गा जोगाउने भूमिकाका लागि अधिवक्ता ओमप्रकाश अर्याललाई धन्यवाद दिएका छन् ।

बोलेर मात्र भएन, गरेर देखाऊ

जेष्ठ ४, २०८१ ०९:०२

नेता भनेको बोल्नैको लागि हो भन्ने देखिएको छ । चिल्ला कुरा गर्ने, अहिले नै सबै काम पूरा गर्छु जस्तो भन्ने तर केही नगर्ने नेताहरूको रबैयाले जनता दिक्क भइसके । बोल्न माहिर नेताहरूले काममा चाहिँ माखो मारेनन् । देश र जनताका लागि भन्छन्, आफू र आफन्तलाई पोस्छन् । यही हो लोकतान्त्रिक संस्कार ?

आजको मौसम : पहाडी भेगमा हल्का वर्षाको सम्भावना

जेष्ठ ४, २०८१ ०८:५६

आज दिउँसो कोशी र मधेश प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने

जेष्ठ ४, २०८१ ०८:४८

प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले तेस्रो कार्यकालमा चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।

आरक्षणको संघर्ष र षड्यन्त्र

जेष्ठ ४, २०८१ ०७:४०

नेपालमा आरक्षणको विषयलाई लिएर निरन्तर बहस हुँदै आएका छन् । प्रभुत्वशाली वर्ग र समुदायको एउटा हिस्सा आरक्षणको विरोधमा छ भने उत्पीडित समुदाय आरक्षण अधिकार भएका कारण प्रभावकारी कार्यान्वयनको माग गर्दै सदैव संघर्षमा छ । यसैको प्रतिबिम्ब दुवै समूहमा आरक्षणलाई हेर्ने दृष्टिकोणमा पनि विविधता पाइन्छ ।

देशको आर्थिक नीतिमै त्रुटि 

जेष्ठ ४, २०८१ ०७:३९

विद्यमान आर्थिक समस्याको मूल जरो राजनीतिक अस्थिरता हो भन्ने हाम्रो बुझाइ छ । राजनीतिक रूपमा देखिएको समस्या आर्थिक रूपमा पनि प्रतिबिम्बित हुने भएकाले राजनीतिक अस्थिरतालाई आर्थिक समस्याको जरो मान्नुपर्छ । सिधा भाषामा भन्दा, हाम्रा प्रधानमन्त्री, अर्थमन्त्री वा संघीय एवं प्रदेश सरकार कति समय टिक्छन् भन्ने निश्चित नभएपछि कुनै पनि आर्थिक गतिविधि मौलाउन सक्दैनन् ।

‘दिस मेक्स अस स्याड नेताज्यू !’

जेष्ठ ४, २०८१ ०७:३३

कान्तिपुर दैनिकमा बिहानै नेपालका एक प्रभावशाली नेताको लेख पढ्न पाइयो । शीर्षक थियो– ‘ह्वाट मेक्स यू ह्याप्पी ?’ ओहो कति रमाइलो शीर्षक, आफ्नो खुसीबारे सोच्ने । त्यो लेख पढेर धेरैबेर म घोत्लिएँ– ह्वाट मेक्स मी ह्याप्पी ? नेताज्यूलाई धन्यवाद दिएँ मनमनै र सोचें– आज मजस्तै यो लेख पढ्ने लाखौं पाठक यसैगरी आफ्नो खुसी कहाँ छ भनेर खोजिरहेका होलान्, नभेटे पनि कम्तीमा खोज्ने प्रयासमा त होलान् । सबै नेता, मानिस यस्तै सकारात्मक भैदिए... ! 

निषेध होइन सहकार्य

जेष्ठ ४, २०८१ ०७:३०

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञसम्मिलित कार्यदलको सुझावबमोजिम तयार पारेको भनिएको राष्ट्रिय आमसञ्चारसम्बन्धी विधेयकले संविधान, राष्ट्रिय प्रसारण ऐन २०४९ को संशोधित व्यवस्था र प्रादेशिक संरचनाको मूल मर्म तथा प्रादेशिक तहले प्राप्त गरेका अधिकारलाई निषेध गरेको छ ।

स्यान्टुले बढाएको नेपाली खेलकुदको सान 

जेष्ठ ४, २०८१ ०७:२२

नेपाली खेलकुदमा टेबल टेनिसको इतिहास निकै लामो र समृद्ध छ । नेपालमा खेलिँदै आएका खेलमध्ये सबैभन्दा पुरानोमा टेबल टेनिस पनि पर्छ । यस खेलबाट नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा धेरै सफलता पनि प्राप्त गरेको छ । यसै क्रममा नेपाली टेबल टेनिसले नयाँ ऐतिहासिक उपलब्धि हात पारेको छ, यो हो– पेरिसमा यसै वर्ष हुने ओलम्पिकका लागि नेपाली खेलाडीको सिधा छनोट । स्यान्टु श्रेष्ठले यो कोसेढुंगा उपलब्धि चुमेका हुन् । 

कान्तिपुरकर्मीसहित ४ जनालाई ‘बारबरा खोजी पत्रकारिता पुरस्कार’

जेष्ठ ४, २०८१ ०७:२०

बारबरा फाउन्डेसनले नक्कली भुटानी शरणार्थीको विषय उजागर गरी कान्तिपुरमा शृंखलाबद्ध समाचार लेख्ने पत्रकारद्वय मातृका दाहाल र देवेन्द्र भट्टराईलाई यस वर्षको ‘बारबरा फाउन्डेसन खोजी पत्रकारिता पुरस्कार’ (पहिलो) संयुक्त रूपमा प्रदान गरेको छ ।

चौथो प्रयासमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत 

जेष्ठ ४, २०८१ ०७:१८

चौथो पटकको प्रयासमा सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा बिहीबार भएको मतदानमा मुख्यमन्त्री सोडारीले २८ सांसदको समर्थन पाएका हुन् । पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक स्वतन्त्र सांसद गरी २८ जनाले मतदान गरे । विपक्षी दलले मतदान प्रक्रिया बहिष्कार गरेका थिए ।

प्रदेशपिच्छे सरकार बनाउने र भत्काउने खेल

जेष्ठ ४, २०८१ ०७:१७

संघीय सत्ता गठबन्धनको फेरबदलसँगै त्यसको प्रत्यक्ष असर प्रदेश सरकार गठनमा पनि पर्दै आएको छ । २०७९ मंसिर ४ को आमनिर्वाचनपछिका झन्डै डेढ वर्षमा तीन–तीन पटक संघीय सत्ता गठबन्धनको समीकरण फेरिसकिएको छ । जसले गर्दा प्रदेश सरकार पनि अस्थिर बन्दै आएका छन् । गत बिहीबार मात्रै कोशी प्रदेशमा छैटौं मुख्यमन्त्रीका रूपमा एमाले नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । 

‘अब समिति बन्ने अवस्था छैन’

जेष्ठ ४, २०८१ ०७:०७

प्रमुख प्रतिपक्ष दल कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएकाले संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । कांग्रेसले यसै विषयमा संघीय संसद्का दुवै सदनमा अवरोधसमेत गर्दै आएको छ ।

‘सुनपानी छर्किने समिति स्विकार्दैनौं’

जेष्ठ ४, २०८१ ०७:०२

बिहीबार संसद्‍ बैठक सुरु हुनुभन्दा एक घण्टा अघिसम्म दलहरूबीच सहमति हुँदैछ भन्ने थियो । तर एकाएक एकअर्काका सर्त मान्न तयार नभएपछि प्रतिनिधिसभा बैठकमै उनीहरूले धकेलाधकेलसम्मको अवस्थामा पुगे । 

‘सहमतिको वातावरण कांग्रेसकै कारण भत्कियो’

जेष्ठ ४, २०८१ ०६:५५

सहकारी बचत अपचलनमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको मागमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच बढेको असमझदारी प्रतिनिधिसभा मुठभेडमै परिणत भएको छ । प्रमुख प्रतिपक्ष कांग्रेसले वेल घेरेर नाराबाजी गरिरहेका बेला सभामुख देवराज घिमिरेले लामिछानेलाई बोल्न रोस्ट्रममा बोलाएपछि सांसदहरूबीच धकेलाधकेल भएको छ ।

हैदराबाद प्ले-अफमा

जेष्ठ ४, २०८१ ०६:४९

सनराइजर्स हैदराबादले बिहीबार आईपीएलको प्ले–अफमा आफ्नो स्थान सुरक्षित गरेको छ । गुजरात टाइटन्सविरुद्धको खेल वासआउट भएपछि हैदराबादले अर्को चरण खेल्ने निश्चित भएको हो ।

फोर्ब्सको प्रभावशाली सूचीमा श्रेया र काजोल

जेष्ठ ४, २०८१ ०६:२५

कोभिड महामारीका बेला काठमाडौंकी श्रेया गिरी बेलायतमा अध्ययनरत थिइन् । त्यही क्रममा मानसिक स्वास्थ्यसम्बन्धी समस्यामा परेकी गिरीलाई परामर्शको आवश्यकता थियो । उनले अनलाइन परामर्शको सुविधा खोजिन् । तर त्यो सुविधा नपाएकी श्रेयाले नेपाल फर्केपछि ‘ह्याप्पी माइन्ड्स’ सुरु गरिन् । उनको संस्थाले मानसिक स्वास्थ्य र यसबाट उत्पन्न हुने विभिन्न समस्याबारे परामर्श दिने गर्छ । 

सहकारी बचत अपचलनको मुद्दाले संसद्‍मा तनाव

सहकारी बचत अपचलनमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको मागमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच बढेको असमझदारी प्रतिनिधिसभा मुठभेडमै परिणत भएको छ । प्रमुख प्रतिपक्ष कांग्रेसले वेल घेरेर नाराबाजी गरिरहेका बेला सभामुख देवराज घिमिरेले लामिछानेलाई बोल्न रोस्ट्रममा बोलाएपछि सांसदहरूबीच धकेलाधकेल भएको छ । 

भारतीय कप्तान सुनिलको संन्यास घोषणा

जेष्ठ ४, २०८१ ०६:०७

भारतीय कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने बिहीबार घोषणा गरेका छन् । यससँगै दुई दशक लामो समय चलेको ३९ वर्षीय खेलाडीको कीर्तिमानी खेलजीवनमा पूर्णविराम लाग्नेछ । 

एपीएफको अपराजित यात्रा

जेष्ठ ४, २०८१ ०६:०५

नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ । पहिलो तीन खेल जितेर फाइनल पुगिसकेको एपीएफले बिहीबार राउन्ड रोबिनको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हरायो ।

एनबीएससी सेमिफाइनलमा

जेष्ठ ४, २०८१ ०६:०४

विराटनगरको एनबीएससी क्रिकेट क्लबले बिहीबार भारत जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १ सय ३४ रनले पराजित गर्दै तेस्रो मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

प्रशिक्षक टमाटालाई सम्मान

जेष्ठ ४, २०८१ ०६:०३

रोटरी क्लब अफ हेटौंडाले नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक तथा वर्तमान यू–१९ टिमका प्रशिक्षक जगत टमाटालाई १ लाख राशिसहित सम्मान गरेको छ । वाग्मती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बिहीबार टमाटालाई भोकेसनल एक्सिलेन्स अवार्ड प्रदान गरिन् । 

उद्यम फैलाउन स्टार्टअप नीति

जेष्ठ ४, २०८१ ०५:५९

सरकारले स्टार्टअपलाई बजेटमा सम्बोधन गर्न थालेको एक दशक बित्यो । तर बल्ल राष्ट्रिय स्टार्टअप उद्यम नीति–०८० बनेको छ । गत वैशाख २० मा बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गरेको हो । यसअघि लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८१ मार्फत स्टार्टअप उद्यमलाई समेत कानुनमा समेटिएको हो ।

१०६ मेगावाटको जगदुल्लामा जुट्यो वित्तीय स्रोत

जेष्ठ ४, २०८१ ०५:५६

डोल्पामा निर्माणको चरणमा रहेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनालाई आर्थिक स्रोत सुनिश्चित भएको छ । आयोजनामा नबिल बैंकको नेतृत्वमा अन्य बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । विद्युत् आयोजनाका प्रवर्द्धक जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड र नबिल बैंकले बुधबार ऋण सम्झौता गरे ।

होमस्टेले फेरिएको दैनिकी, आत्मनिर्भर बन्दै मध्यवर्तीका महिला

जेष्ठ ३, २०८१ २२:४७

माडी नगरपालिकाको पूर्वी भेगमा पर्ने शिवद्वारकी सोममाया पुनमगरले आफ्नो जीवनको चार दशकभन्दा बढी समय त्रासैत्रासमा गुजारिन् । म्याग्दीबाट चितवन झरेका बाजे पुस्ताले यहाँको जंगल नजिकको रिउखोला आडैमा बस्ती बसालेका थिए । उनीहरूले भोगचलन गर्दै आएको जंगललाई सरकारले पाँच दशकअघि चितवन राष्ट्रिय निकुञ्ज घोषणा गरिदियो । घर नजिकै जंगली जनावरको डर उनले बाल्यकालमा खुबै भोगिन् ।

राष्ट्रिय कविता प्रतियोगितामा सुनसरीका किरण सिवा प्रथम

जेष्ठ ३, २०८१ २२:२७

हलेसीमा आयोजित राष्ट्रिय कविताको प्रथम पुरस्कार सुनसरीका किरण सिवाले जितेका छन् । नेपाल खेलकुद प्रतिष्ठानको आयोजना तथा रावा–सावा प्राज्ञिक समाज र टेम्के तुवाचुङ प्रतिष्ठानको सहआयोजनामा हलेसीको जाम्बाला होटलमा बिहीबार आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगिताको उपाधि जितेका हुन् ।

छोराको हत्या आरोपमा आमा पक्राउ 

जेष्ठ ३, २०८१ २२:१२

आफ्नै छोराको हत्या गरी फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२७ की २२ वर्षीया आरती कुमारी छिन् । 

रहेनन् पूर्वप्रधानसेनापति थापा

जेष्ठ ३, २०८१ २२:००

नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापति धर्मपालवरसिंह थापाको बिहीबार निधन भएको छ । फोक्सोमा समस्या आएपछि दुई दिनअघि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएका उनको ८५ वर्षको उमेरमा निधन भएको हो । सेनाभित्र व्यावसायिक र अब्बल नेतृत्वकर्ताका रूपमा परिचित थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति थिए ।

मत्स्येन्द्रनाथको रथ दुई दिन रोकेर मर्मत गरिने

जेष्ठ ३, २०८१ २१:४४

रातो मत्स्येन्द्रनाथको रथ शुक्रबार र शनिबार दुई दिन रोकेर मर्मत गरिने ललितपुर गुठी संस्थानले जनाएको छ । 

निगमको सेवालाई थप चुस्त बनाउन पर्यटनमन्त्री तामाङको निर्देशन

जेष्ठ ३, २०८१ २१:३८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायु सेवा निगमको प्रतिफल देखिनेगरी इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।