कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

नेप्से परिसूचक र कारोबार रकम दुबै घट्यो

काठमाडौँ — साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ७.३१ अंकले घटेर १ हजार ९ सय ९८.९६ अंकमा बन्द भएको छ ।

नेप्से परिसूचक र कारोबार रकम दुबै घट्यो

अघिल्लो दिनको तुलनामा यो ०.३६ प्रतिशतले कम हो । उक्त दिन कारोबारमा आएकामध्ये ७८ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ६१ वटाको घट्यो र बाँकी ५ वटाको स्थिर रह्यो ।

बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । उक्त दिन ६४ हजार १ सय ८१ पटकको कारोबारबाट ९४ लाख ९८ हजार २ सय ९८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ४ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । गत मंगलबार ४ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रकाशित : वैशाख २०, २०८१ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?