कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट र एनआरएनएबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ — हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद्हरुबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट र एनआरएनएबीच समझदारीपत्रमा हस्ताक्षर

रेमिट्यान्सको रकम नेपालको जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकासमा उपयोग गर्ने सम्भावनाको खोजी गर्ने उद्देश्यसहित हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरूबीच समझदारीपत्रमा हस्ताक्षार भएको हो।

कम्पनीले रेसमट हाईड्रोको अवधारणा अनुरुप अघि बढाएका ताप्लेजुङ जिल्लामा रहेका ७०.३ मेगावाट क्षमताको सिम्वुवा खोला जलविद्युत आयोजना र ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनाको शेयर लगानीमा कम्पनीको प्रतिबद्दता अनुरुप बैदेशिक रोजगारीमा संलग्न व्यक्तिहरूलाई सहभागी गराउने समझदारी भएकाे हाे ।

निर्माणको चरणमा जान लागेका यी दुई आयोजनाको कुल सेयर पुँजीको २९ प्रतिशत वैदेशिक रोजगारीमा रहेकाहरूको लागि छुट्याउने भएको छ।

प्रकाशित : वैशाख १७, २०८१ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?