सूर्यतारा सिमेन्टको १४ अर्ब लगानी र तल्लो अरुणको डीपीआर स्वीकृत
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — बिहीबार बसेको लगानी बोर्डको ५० औं बैठकले सूर्यतारा सिमेन्ट उद्योगको १४ अर्ब २७ करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ । बैठकले तल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि स्वीकृत गरेको बोर्ड कार्यालयका सहप्रवक्ता रमेश अधिकारीले जानकारी दिए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![सूर्यतारा सिमेन्टको १४ अर्ब लगानी र तल्लो अरुणको डीपीआर स्वीकृत](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/third-party/lagani-board-3132022032550-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापना गर्नका लागि अध्ययन अनुमति दिन जर्मनीको कम्पनी डीआईएजीसँग सम्झौता गर्ने प्रस्ताव तयार गरेर बोर्डको अर्को बैठकमा पेश गर्ने निर्णय पनि भएको छ । त्यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटीका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको पनि अधिकारीले जानकारी दिए । आजको बैठकले लगानी बोर्डको कोष स्थापनासम्बन्धी अवधारणापत्र समेत स्वीकृत गरेको छ । बोर्डअन्तर्गतका आयोजनामा लगानी गर्नका लागि कोष बनाउने प्रक्रिया अघि बढाइसकेको छ ।