कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

इजिप्ट र जोर्डनबीच गाजा युद्धविरामबारे छलफल

काठमाडौँ — इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र जोर्डनका समकक्षी अयमान सफादीले बुधबार कायरोमा भेटवार्ता गरेका छन् । भेटका क्रममा गाजापट्टीमा तत्काल युद्धविरामको आह्वान गरेका छन् । दुवै विदेशमन्त्रीले दुई मुख्य लक्ष्यहरू हासिल गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम जारी राख्न आग्रह गरे ।

इजिप्ट र जोर्डनबीच गाजा युद्धविरामबारे छलफल

गाजामा तत्काल युद्धविराम र एन्क्लेभमा मानवीय सहायता आपूर्तिको पर्याप्त प्रवेश दिनुपर्ने उनीहरूको भनाइ छ । उनीहरूले इजिप्ट र गाजाबीचको राफाह सीमा नाकाबाट सहायता प्रवाह रोकिनुमा इजरायल जिम्मेवार रहेको बताएका छन् ।

इजरायलले हालै क्रसिङको प्यालेस्टिनी पक्षलाई नियन्त्रण गरेको थियो । इजिप्टका विदेशमन्त्रीले प्यालेस्टिनीहरूलाई आफ्नो भूमिबाट विस्थापित गर्न खोज्ने इजरायलको व्यवस्थित नीतिहरूलाई आफूहरूले अस्वीकार गरेको बताएका छन् ।


प्रकाशित : असार २७, २०८१ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×