कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

आगरा-लखनऊ एक्सप्रेस वेमा बस दुर्घटना : कम्तीमा १८ जनाको मृत्यु

काठमाडौँ — भारत उत्तर प्रदेशको उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बुधबार बिहान आगरा-लखनऊ एक्सप्रेसमा यात्रुवाहक बस दुर्घटना भएको हो । बिहारको सीतामढीबाट दिल्ली गइरहेको बस दुध बोकेको ट्यांकरसँग ठोक्किएको हो ।

आगरा-लखनऊ एक्सप्रेस वेमा बस दुर्घटना : कम्तीमा १८ जनाको मृत्यु

दुर्घटनामा मृत्यु हुनेहरूमा १४ पुरुष, ३ महिला र एक बालक रहेका छन् । दुर्घटनामा ३० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा मारिएका प्रति समवेदना प्रकट गर्दै सहयोगको घोषणा गरेका छन् । प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ सहयोग र घाइतेहरूलाई प्रतिव्यक्ति ५० हजार दिइने उनको घोषणा छ ।

प्रकाशित : असार २६, २०८१ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×