कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सन् २०१० मा आजकै दिन : अफ्रिकामा पहिलो पटक विश्वकप फुटबल

काठमाडौँ — सन् २०१० मा आजकै दिन (जुन ११) मा दक्षिण अफ्रिकामा विश्वकप फुटबल प्रतियोगिता सुरु भएको थियो । १९३० देखि सुरु विश्वकप प्रतियोगिता १९ औं संस्करणसम्म आइपुग्दा पहिलो पटक कुनै पनि अफ्रिकी मुलुकले आयोजना गर्न पाएको हो । 

सन् २०१० मा आजकै दिन : अफ्रिकामा पहिलो पटक विश्वकप फुटबल

दक्षिण अफ्रिकाको जोहानसबर्गमा उद्घाटन गरिएको प्रतियोगिता एक महिनासम्म चलेको थियो । विभिन्न ९ सहरका १० वटा रंगशालामा आयोजित प्रतियोगिताको फाइनल खेल जुलाई ११ मा भएको थियो । फाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै स्पेनले उपाधि जितेको थियो । जर्मनीले तेस्रो र उरुग्वे चौथो स्थान हासिल गरेका थिए ।

प्रतियोगितामा ३२ देश सहभागी भएका थिए । ती देशबीच भएका ६४ खेलमा खेलाडीले १४५ गोल गरेका थिए । उक्त विश्वकपमा डिएगो फोर्लान उत्कृष्ट खेलाडी घोषित भएका थिए । थोमस मुलरले उत्कृष्ट युवा खेलाडी र इकर कासिलासले उत्कृष्ट गोलरक्षकको उपाधि जितेका थिए । विजेता टिम स्पेनले ‘फेयर प्ले अवार्ड’ पाएको थियो ।

प्रकाशित : जेष्ठ २९, २०८१ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x