कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

विमान दुर्घटनामा मलावीका उपराष्ट्रपति साउलोस चिलिमासहित नौ जनाको मृत्यु

रासस

लिलोङवे, मलावी — मलावीको हिमाली क्षेत्र चिकांगावा हिमालय श्रृंखलामा भएको विमान दुर्घटनामा उपराष्ट्रपति साउलोस चिलिमा र उनकी श्रीमतीसहित नौ जनाको मृत्यु भएको छ । 

राष्ट्रपति तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी विज्ञप्तिमा मलावीका राष्ट्रपति लाजरस चकवेराले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

सोमबार बिहान मलावीको राजधानी लिलोङ्वेबाट उडेको उक्त सैन्य विमानमा सवार सबैको दुर्घटनामा मृत्यु भएको हो ।

साउलोस चिलिमा र विमानमा सवार अन्य अधिकारी मलावीका पूर्वमहान्यायाधिवक्ताको अन्त्येष्टिमा भाग लिन जाँदै थिए । विमानलाई विमानस्थलबाट दिइएको संकेतबारे एयर ट्राफिक अधिकारीले भने, 'विमान लिलोङवेबाट करिब २०० माईल उत्तरमा रहेको एमजुजु विमानस्थलमा कमजोर दृश्यताका कारण अवतरण गर्न नसकेपछि चालकलाई राजधानी जान सल्लाह दिइएको थियो ।'

स्थानीय समयअनुसार सोमबार राति टेलिभिजनमा सम्बोधन गर्दै चावेराले चिलिमाको विमान फेला नपरेसम्म खोजी तथा उद्धार कार्य जारी रहने बताए ।

पाँच वसन्त पार गरिसक्नुभएका चिलिमालाई मलावीमा सन् २०२५ मा हुने राष्ट्रपतिको निर्वाचनको सम्भावित दावेदारको रूपमा हेरिएको थियो ।

प्रकाशित : जेष्ठ २९, २०८१ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x