२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सन् १९१७ मा आजकै दिन : केनेडीको जन्म 

काठमाडौँ — सन् १९१७ मा आजकै दिन (मे २९) मा अमेरिकी पूर्वराष्ट्रपति जोन अफ केनेडीको जन्म भएको थियो । उनी अमेरिकाको ३५ औं राष्ट्रपति हुन् । केनेडी अमेरिकाका हालसम्मकै सर्वाधिक लोकप्रिय राष्ट्रपति मानिन्छन् ।

सन् १९१७ मा आजकै दिन : केनेडीको जन्म 

केनेडी १९६० नोभेम्बर ८ मा रिपब्लिकन दलका रिचार्ड निक्सनलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका थिए । १९६१ जनवरी २० देखि राष्ट्रपतीय कार्यकाल सुरु गरेका केनेडी १९६३ नोभेम्बर २२ मा हत्या हुनुअघिम्म पदमा थिए ।

टेक्सास राज्यको डालसमा सार्पसुटर ली हार्भी ओस्वाल्डले गोली प्रहार गरी केनेडीको हत्या गरेका थिए । केनेडीले १९६१ मे २५ मा गरेको घोषणाअनुसार अमेरिकाले १९६९ जुलाई २१ मा अपोलो–११ यानमार्फत पहिलो पटक चन्द्रमामा मानिस पठाइएको थियो । केनेडीसँग पराजित भएका निक्सन भने १९६९ मा राष्ट्रपति भएका थिए ।


प्रकाशित : जेष्ठ १६, २०८१ ०५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x