२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

पाकिस्तानमा ट्रक दुर्घटना : १७ जनाको मृत्यु, ३५ जना घाइते

काठमाडौँ — पाकिस्तानको दक्षिणपश्चिम बलोचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएको स्थानीय उद्धार सेवाले पुष्टि गरेको छ । 

पाकिस्तानमा ट्रक दुर्घटना : १७ जनाको मृत्यु, ३५ जना घाइते

बुधबार राति धार्मिक तीर्थयात्री बोकेको ट्रक जिल्लाको गुलाम हुसेन चट्टा क्षेत्रमा खाल्डोमा खस्दा उक्त दुर्घटना भएको इधी उद्धार संस्थाका स्थानीय प्रतिनिधि अब्दुल हकीमले बताए ।

चालकले गाडीको नियन्त्रण गुमाएका कारण दुर्घटना भएको बताए । सूचना पाएपछि उद्धारकर्मीहरू घटनास्थलमा पुगेर पीडितहरूलाई स्थानीय अस्पतालमा सारिएको थियो । उनीहरूलाई थप उपचारको लागि कराँची लगिएको छ ।

तीर्थयात्रीहरू दक्षिणी सिन्ध प्रान्तको थट्टा जिल्लाबाट बलोचिस्तानको खुजदार जिल्लामा रहेको एउटा तीर्थस्थलमा जान लागेका थिए ।

प्रकाशित : चैत्र ३०, २०८० ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?