कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मुम्बईमा सार्कको ओचित्यबारे छलफल

नयां दिल्ली — दक्षिण एशियाली क्षेत्रिय संगठन(सार्क) को भविष्य अनिश्चित बनेका बेला त्यसको औचित्य र आवश्यकता माथि मुम्बईमा छलफलको आयोजना गरिएको छ ।मुम्बई विश्वविधालयको सिभिक तथा राजनीति विभाग र सोमाइया विद्या विहारले सार्कको औचित्य र उपदेयताबारे बहस गराएको हो।   

मुम्बईमा सार्कको ओचित्यबारे छलफल

उक्त कार्यक्रममा नेपाल, बगंलादेश, श्रीलंका, मालदिभ्स र भारतका विज्ञहरु सहभागी थिए । कार्यक्रममा सहभागी नेपाली प्रतिनिधि काठमाडौं विश्वविधालयका एसोसिएट प्राध्यापक उद्धव प्याकुरेलले सार्कलाई सक्रिय पार्न पर्ने कोणबाट छलफल भएको बताए ।

भारत र पाकिस्तानबीचको द्विपक्षीय तनावका कारण सार्क निष्क्रिय हुन पुगेको छ। भारत सरकारले सार्क भन्दा अन्य क्षेत्रीय संगठनहरूलाई महत्व दिएको छ। यस परिस्थितिमा सार्कको अझै आवश्यकता रहेको कोणबाट भारतमा छलफल हुनु सार्कको भविष्यको लागि सकारात्मक रहेको उनले बताए।

शुक्रबार र शनिबार दूई दिन चलेको अन्तरक्रियामा वक्ताहरूले क्षेत्रीय सहकार्यका लागि सार्कलाई सक्रिय पार्नु पर्नेमा जोड दिएका थिए । भारतीय नेभिका पुर्व कप्तान कपिलदेब नाथले दक्षिण एशिया क्षेत्रमा देखिने पर्यावरणीय समस्याका कारण पनि यस क्षेत्रमा सार्क जस्ता संगठनको आवश्यकता रहेको बताए।

उनले यस्ता संगठनलाई भारत लगायत देशले भरपुर उपयोग गरेर पर्याबरणीय चुनौताको संगठिक सामना गर्नपर्ने बताएका थिए । जवाहरलाल नेहरु विश्वविद्यालय, मध्य एशिया अध्ययन केन्द्रका अध्यक्ष सकेत रहेका प्राध्यापक सरद के सोनीले अफगान समस्या, नेपाल र भारतबीच देखिएको सिमा समस्या लगायतका सन्दर्भमा सार्कको भुमिका हुनसक्ने भन्दै त्यसको आवश्यकता औंल्याए।

जेएनयूकै पुर्व प्राध्यापक अफ्ताब कमल पासाले सार्कको औचित्य अझै सान्दर्भिक भए पनि यसको निकट भविष्य मै सक्रियति सम्भब देखिएको बताए । नेपालको तर्फवाट आफ्नो प्रस्तुती राख्ने क्रममा काठमाडौं विश्व विद्यालयका एसोसिएट प्राध्यापक प्याकुरेलले सार्कको उदेश्य भनेको क्षेत्रिय एकता भएको र त्यसका लागि सबै सदस्यले खुल्ला छाति राखेर काम गर्न पर्नेमामे जोड दिए।

जामिया मिया इस्लामिया विश्वविधालयका प्राध्यापक अजय बेहरियाले सार्क का सदस्यहरुले नै एक आपासमा छलफल गर्दै सिकेर अघि बढ्न पर्ने बताएका थिए ।

प्रकाशित : फाल्गुन २०, २०८० २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?