कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सन् १९७२ मा आजकै दिन : निक्सनको चीन भ्रमण

काठमाडौँ — सन् १९७२ मा आजकै दिन (फेब्रुअरी २१) मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले चीन भ्रमण गरेका थिए । कम्युनिस्ट देश चीन र अमेरिकाबीच दुई दशकदेखिको मतभेद अन्त्य गर्दै निक्सन एक साता लामो राजकीय भ्रमणमा निस्किएका थिए ।

सन् १९७२ मा आजकै दिन : निक्सनको चीन भ्रमण

भ्रमणका दौरान राष्ट्रपति निक्सन र कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्से तुङबीचको वार्ताले दुई देशबीचको लामो गतिरोध अन्त्य गर्दै नयाँ भूराजनीतिक युगको सुरुवात गरेको थियो । त्यसक्रममा दुवै नेताहरू विश्वमा स्थायी शान्ति कायम गर्नका लागि अमेरिका र चीन मिलेर अघि बढ्नुपर्नेमा सहमत भएका थिए ।

यद्यपि, अमेरिकी राष्ट्रपति निक्सन र उनका सुरक्षा सल्लाहकार हेनरी किसिन्जरले तत्कालीन सोभियत संघको विश्वव्यापी प्रभाव निस्तेज पार्ने उपायका रूपमा माओसँग हात मिलाएका बताइन्छ । भ्रमणका बेला चिनियाँ प्रधानमन्त्री चाउ एनलाईले निक्सनलाई ‘आँधी आएका बेला पानीजहाजलाई कसरी नियन्त्रणमा लिने भन्ने ज्ञान भएको दूरदर्शी नेता’ को संज्ञा दिएका थिए ।

अमेरिकी राष्ट्रपति निक्सनले ‘वाटरगेट काण्ड’ मा महाभियोग लाग्ने निश्चित भएपछि १९७४ अगस्ट ९ मा राजीनामा दिएका थिए । त्यसको दुई वर्षपछि माओ र चाउको मृत्यु भएको थियो । त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व लिएका देङ सियाओ पिङले चीनको अर्थतन्त्रलाई बाह्य विश्वका लागि खुला गरेका थिए ।

प्रकाशित : फाल्गुन ९, २०८० ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?