कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

ग्रीसमा किसानको विरोध प्रदर्शन : ‘खानेकुरा छैन, भविष्य छैन’ 

काठमाडौँ — ग्रीसका हजारौं किसानले एथेन्सको केन्द्रमा उत्पादन लागत बढेकोमा विरोध प्रदर्शन गरेका छन् ।  उनीहरूले राज्यको सहायता आवश्यक भएको बेलामा उत्पादन लागत बढाएको भन्दै विरोध जनाएका हुन् । ‘किसान छैन, खानेकुरा छैन, भविष्य छैन’ भन्ने नारा लगाइएका थिए । किसानले राष्ट्रिय राजमार्ग र सीमा नाकाहरूमा करिब १ सय ५० वटा ट्याक्टर चलाएर संसद् अगाडि प्रदर्शन गरेका हुन् ।

ग्रीसमा किसानको विरोध प्रदर्शन : ‘खानेकुरा छैन, भविष्य छैन’ 

उनीहरूले सरकारले किसानलाई भूमि छोड्न बाध्य पारेको बताए । उनीहरूले किसानको जीविका चलाउन दिन सरकारसँग आग्रह गरे । २०२३ मा, बिजुलीको लागत ८४ प्रतिशतले बढेको छ । मलको मूल्य पनि आकाश छोएको उनीहरुको भनाइ छ । किसान युनियनहरूले ग्रिक सरकारसँग हालै पटकपटक वार्ता गरेका छन् । सरकारले प्राकृतिक प्रकोपबाट हुने क्षतिको तत्काल क्षतिपूर्ति, प्राथमिक क्षेत्रमा प्रयोग हुने बिजुली तथा इन्धनको न्यून मूल्य र करमा छुट लगायतका किसानको बोझ कम गर्ने उद्देश्यले प्याकेज घोषणा गरेको छ ।

तर मंगलबार प्रदर्शनकारीहरूले उनीहरूलाई आफ्नो खेत खेती जारी राख्न मद्धत गर्न उपायहरू अपर्याप्त भएको बताए । तिनीहरू ऊर्जा लागतहरूमा थप उदार छुटका लागि आग्रह गरेका छन् । आपूर्ति, मल र पशु दानामा थप अनुदान, गैर–ग्रीक–निर्मित उत्पादनहरूलाई ग्रीक लेबलिङ बन्द गरेर अनुचित प्रतिस्पर्धाबाट घरेलु उत्पादनको थप सुरक्षा गर्न आग्रह गरेका छन । तर सरकारले अहिले थप रकम दिने कुनै ठाउँ नभएको बताएको छ ।

मंगलबार ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले युरोपेली संसद्‍का अध्यक्ष रोबर्टा मेत्सोलासँग भेट गरेर हालैका हप्ताहरूमा फ्रान्सदेखि पोल्यान्ड र ग्रिकसम्मका किसानहरूको प्रदर्शनलगायतका विभिन्न मुद्दाहरूमा छलफल गरेका थिए ।

प्रकाशित : फाल्गुन ९, २०८० ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?