१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

जलवायु न्यायलाई ध्यान दिँदै सहमति गर्नुपर्छ : महासचिव गुटेरेस 

न्युज एजेन्सी नेपाल

यूएई — संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरसले विश्व जलवायु सम्मेलन कोप २८ समापन नजिक पुगेकाले यस सम्मेलनमा भाग लिन आएका विभिन्न देशका उच्च पदस्थ अधिकारीहरूले जलवायु न्यायलाई नबिर्सी हरित गृह ग्यासको उत्सर्जन कम गर्न लचकताका सहमति गर्नु पर्ने बेला भएको बताएका छन् ।

जलवायु न्यायलाई ध्यान दिँदै सहमति गर्नुपर्छ : महासचिव गुटेरेस 

संयुक्त अरब इमिरेट्सको दुबईमा जारी विश्व जलवायु सम्मेलन कोप २८ सकिनै लाग्दा सोमबार पत्रकार सम्मेलन गर्दे उनले जलवायु न्यायलाई उच्च प्राथमिकतामा राखिनुपर्ने बताएका हुन् । सम्मेलनले आफ्ना यसअघिका निर्णय कार्यान्वयनको समीक्षा र आगामी कार्यदिशा निर्धारण गर्दा जलवायु विज्ञान, विकासोन्मुख र अल्पविकसित मुलुकको आवश्यकतालाई पनि ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

उनले प्रत्येक देशले एनडीसीमार्फत गरेको जलवायु अनुकुलनको प्रतिबद्धतालाई समय सीमा तोकेर इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिए । यसका साथै उनले हरित गृह ग्यासको उत्सर्जनलाई घटाउने, जैविक उर्जाको प्रयोगलाई घटाउँदै जलवायु न्यायलाई मध्यनजर गरेर प्रत्येक देशले योजना बनाई काम गर्नुपर्ने बताए । ‘जैविक उर्जाको खपत घटाउने कार्यमा यो सम्मेलन सफल भएन भने यो सम्मेलनलाई असफल भन्न मिल्छ ?’ भन्ने पत्रकारको जिज्ञासामा महासचिव गेटेरेसले जैविक उर्जा खपत एकै पटक हटाउन नसकिने टिप्पणी गरे ।

‘एकैपटक सबैले बन्द गर्ने पनि होइन । यसलाई प्रत्येक देशले बिस्तारै कम गर्दै लैजाने भन्ने हो । समय तोकेर कम गर्दै लग्यो भने लक्ष्य हासिल हुन्छ । तर सबै एकैपटक बन्द गर भन्ने होइन,उनले भने, जैविक उर्जाको खपत कम गर्नु भनेको रोजगारी वृद्धि गर्नु पनि हो । यो समय भनेको सम्झौता गर्ने समय हो । यहाँ हामीले सबै विषयमा बिजयको अपेक्षा राख्नुहुँदैन ।’

उनले सम्मेलनमा जैविक उर्जाको खपत घटाउने सम्बन्धमा स्पष्ट दुई ध्रुवमा बाँडिएका मुलुकहरुलाई सामूहिक रुपमा आफ्नो प्रतिवद्धताप्रति इमान्दार रही निर्णय गर्न सुझाव दिए ।

‘वातावरणलाई प्रदुषित बनाउने सबै किसिमका जैविक उर्जालाई घटाउँदै र हटाउँदै लैजाने हो । यो जीएसटीको प्रमुख लक्ष्य पनि हो । तर यसको समय सीमा तोकिनुपर्छ । जैविक उर्जाको खपतलाई कम गर्दै लैजाने क्रममा अल्पविकसित र विकासोन्मुख देशहरुको आवश्यकतालाई पनि जलवायु न्याय र समताको दृष्टिकोणबाट हेरिनुपर्दछ,' उनले भने, 'हामीले अनुकुलनको लक्ष्यलाई वृद्धि गर्दै लैजानुपर्छ । त्यसैले २०२५ सम्ममा अहिलेको अनुकुलनको लगानीलाई दोब्बर पार्दै ४० बिलियन प्रति वर्ष अनुकुलनका काममा लगानी गर्नुपर्दछ । ’

प्रकाशित : मंसिर २५, २०८० १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?