कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी रिहा

काठमाडौँ — पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी रिहा भएका छन् । २५ वर्षको जेल सजाय भोगिरहेका फुजिमोरी १५ वर्षभन्दा बढी जेल बसेपछि रिहा भएका हुन् । त्यहाँको अदालतले उनलाई मानवीय आधारमा क्षमादान दिएको हो ।

पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी रिहा

जेलबाट रिहा हुँदै गर्दा बुढ्यौलीले गलिसकेका ८५ वर्षीय फुजिमोरीले मास्क लगाएका थिए । उनी उनका छोराछोरी केन्जी र केइको फुजिमोरी पनि सँगै थिए ।

फुजिमोरी पेरुलाई आतंकवादसँग लड्ने र अर्थतन्त्र बलियो बनाउने नेताका रूपमा चिनिन्छन् । जापानी आप्रवासीका छोरा फुजिमोरी सन् १९९० देखि २००० सम्म पेरुका राष्ट्रपति थिए । उनकै कार्यकालमा दुईवटा ठूला हिंसा मच्चिएपछि उनको सरकार ढलेको थियो । ती हिंसामा ६९ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । उनी ७० वर्षको उमेरमा सन् २००९ मा जेल परेका हुन् । उनी मानव अधिकार उल्लंघन तथा हत्या र अपहरण प्रकरणमा दोषी ठहरिएका थिए ।

प्रकाशित : मंसिर २१, २०८० १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?